सर्प एक घस्रने प्रजातीको मांसाहारी सरिसृप जीव हो।
प्रकृतिको खाद्य श्रृंखलामा यो द्वितीय वा तृतीय उपभोक्ताका रूपमा रहेको हुन्छ।
वैज्ञानिक अध्ययन–अनुसन्धान अनुसार सर्पका सबै प्रजातिहरू
मांसहारी हुन्छन्। कोही कीरा–फट्याङ्ग्रा
खान्छन् भने कोही भ्यागुता, मुसा जस्ता साना जनावरहरूको शिकार गर्दछन्। अजिंगरले त स–साना बनेल, हरिणका पाठा लगायत
मान्छेकै केटाकेटी पनि निलिदिन्छ। त्यसैले सर्प, साँप, नाग भन्नासाथ हामी डर, भय, त्रास, कौतुहल, रहस्ययुक्त मनस्थितिमा पुग्दछौँ, भ्रम र भ्रान्तिबोधका शिकार बन्दछौँ।
सर्प संबन्धि भ्रमहरु
सर्पको बाहिरी कान हुँदैन। जमीनको कम्पनका
आधारमा त्यसले आफ्नो बाटो पहिल्याउँछ। सपेराहरूको बिन पनि सर्पले सुन्दैन। बिनको
नचाइमा सर्प झुल्ने मात्र हो। सपेराले बिन नघुमाउने हो भने गोमनले टाउको
झुलाउँदैन। बिन सुनेर सर्प झुल्छ भन्ने पनि अर्को भ्रम हो। सर्पको जिब्रो देखेर
हामी तर्सन्छौँ। हामीलाई विषवमन गर्ने, डस्ने अवयव नै त्यो फाटेको जिब्रो हो कि जस्तो लाग्छ तर त्यो अर्को भ्रम हो।
सर्पको जिब्रो अति संवेदनशील ज्ञानेन्द्रीय हो। यसले आफ्नो शिकारको गन्ध पछ्याउन
मद्दत गर्दछ। हाम्रो जिब्रो जस्तो खाद्य पदार्थको स्वादानन्द दिने अवयव पनि यो
होइन।
सर्पले आँखा बन्द गर्न, झिम्क्याउन सक्दैन। सर्पको आँखाले क्यामराले
जस्तो चित्र छायाङ्कन गर्ने र शत्रुको चित्र आफ्नो जोडी वा मित्रलाई उपलब्ध गराउने
कुरा पनि मिथ्या हो। बरु कुनै कुनै सर्पले अँध्यारोमा देख्न सक्छन्। हिमाली क्षेत्रमा
पाइने भाइपर सर्पको थुतुनोनिर केही थोप्लाहरू हुन्छन्। ती थोप्लाका सहायताले उसले
न्यायो बस्तु ठम्याउन सक्छ। अँध्यारोमा तस्बिर खिच्ने इन्फ्रारेड क्यामरा यही
सिद्धान्तमा निर्माण भएको हो।
कहिलेकाहीँ दुई सर्पले आपसमा बेरिएर टाउको
उठाउँछन् र हेर्नेलाई अनौठो द्विविधामा पारिदिन्छन्। कसै कसैले यसलाई सर्पको
सम्भोगका रूपमा अर्थ्याउँछन्। वास्तवमा यो दुई भालेको चाहिँ झगडा हो। निर्धो हारेर
फर्केपछि बलियोले त्यस क्षेत्रको पोथीलाई आफ्नो बनाउँछ।
सबै सर्प विषालु हुँदैनन
विश्वमा हालसम्म पन्ध्र परिवारअन्तर्गत करीब २
हजार ९ सय प्रजातिका सर्प पाइएका छन्। त्यसमध्ये नेपालमा करिब ८० देखि ८९ प्रजातिका
सर्प पाइन्छ भन्ने जीवशास्त्री हरूको अनुमान छ। संसारमा पाइने करिब २ हजार ९ सय
प्रजातिका सर्पमध्ये केवल ७ सय ५० मात्र विषालु छन्। अझ त्यसमा पनि केवल २ सय ५०
प्रजातिका सर्प मानिसका लागि खतरनाक मानिन्छन्।नेपालमा पाईने सर्प मध्ये २०
प्रजाति मात्र विषालु हुन्छन्। अझ त्यसमा पनि कोब्रा, करेत र दुई प्रजातिका भाइपर गरी केवल चार
प्रजातिका सर्प मात्र मानिसका लागि खतरनाक मानिन्छन्। त्यसैले सर्प देख्नासाथ
त्रसित हुनु आवश्यक छैन तर सतर्क भने हुनैपर्छ।


सर्पको
बानीबेहोरा
सर्पको आँखा उतिसारो विकसित हुँदैन, न त यसको कान नै हुन्छ, तर पनि सर्पको घ्राणशक्ति र चिसो तातो थाहा
पाउने क्षमता अति नै विकसित हुन्छ। जसका कारण उनीहरू आफ्नो सिकार पत्ता लगाउने, जाडो र गर्मीका बारेमा जानकारी पाउने, शत्रुबाट जोगिनेजस्ता क्रियाकलाप गर्न समर्थ
हुन्छन्। सर्पको वातावरणमा भएको तापक्रम उतारचढाव थाहा पाउने क्षमता यति धेरै
विकसित भएको हुन्छ कि उनीहरू केबल शून्य दशमलव ००३ डिग्री सेल्सियस तापक्रमको
उतारचढावसमेत सहजै थाहा पाउन सक्छन्।
सर्पले खासगरी छेपारो, भ्यागुता, मुसा तथा साना स्तनधारी, अन्य सर्प तथा माछा, चरा, कीटपतंग आदिको सिकार गर्छन्। अजिंगर सर्पले ठूला मृगहरूको समेत सिकार गर्छ। सर्पले
आफ्नो सिकारलाई नचपाई पूर्ण रूपमा निल्छ। सर्पले आफ्नो सिकारलाई डस्दैन, बल्कि प्रतिरक्षाका लागि मात्र शत्रुलाई डस्छ, तर केही सर्पले भने आफ्नो सिकारलाई बेहोस बनाउन
वा मार्नसमेत डस्ने काम गर्छ। सामान्यतः सर्पले मानिसलाई डस्दैन। उसलाई घाइते
बनाउने, चलाउने वा प्रत्यक्ष सम्पर्कमा आएपछि मात्र
प्रतिरक्षाका लागि आक्रमण गर्छ।

धर्म-संस्कृतिमा सर्प
हिन्दँ धर्म चराचर जगत्लाई साक्षात् ईश्वर
मान्ने सनातन धर्मका रूपमा रहिआएको छ। त्यसैले पनि हिन्दँ धर्मग्रन्थहरूमा
प्रकृतिका अनेक जीव वनस्पतिलाई ईश्वरको प्रतीकका रूपमा व्याख्या गरिएको पाइन्छ।
हिन्दू धर्ममा सर्पलाई नाग देवताका रूपमा पूजा गर्ने चलन छ। नागपञ्चमीमा अष्टनागको
पूजा गर्ने, शिवको मुकुटका रूपमा नागको पूजा गर्ने चलन छ।
शेषनागले सम्पूर्ण विश्व ब्रह्माण्ड थामेको धार्मिक मान्यता छ, तर इसाई धर्ममा सर्पलाई सैतानका रूपमा व्याख्या
गरिएको पाइन्छ। चिनियाँ पात्रो अनुसार विभिन्न प्राणीको नाममा वर्षको नामकरण गर्ने
क्रममा सर्प वर्षसमेत रहेको पाइन्छ। मिश्रको सभ्यताअन्तर्गत प्राचीन मिश्रवासीले
समेत सर्पलाई ईश्वरका रूपमा पूजा गर्थे। प्राचीन ग्रीकवासीहरूले पनि सर्पको
सामथ्र्यलाई लिएर धेरै किंवदन्ती तयार पारेका छन्।
सर्पको
संरक्षण
सर्पहरूको प्रजाती अनुसार यीनीहरूको लम्बाई, मोटाई, आदि आकारमा पनि भिन्नता पाइएको छ। हाल सम्मको अनुशन्धान् अनुसार अजिंगर सबै भन्दा ठूलो सर्प हो।संसारको सर्वाधिक
विषालु सर्प राजगोमन अनि ठूला सर्पमध्ये एक मानिने अजिंगर पनि हामीकहाँ पाइन्छन्। अजिङ्गर ६–७ मिटरसम्म लामो हुन्छ र यसको तौल झण्डै १००
किलोग्राम हुन्छ। हाम्रो तेलिया साँप पनि संसारको सबैभन्दा सानो सापको श्रेणीमा
पर्छ। १५ सेन्टीमिटर जति लामो यो सर्प गड्यौला जस्तो देखिन्छ। विश्वमा १०
सेन्टिमिटर लामो फित्ते सर्पदेखि लिएर २५ फिट लामो अजिंगरसम्म पाइन्छ। यसैगरी ४३ फिट लामो सर्पको
जीवावशेष फेला परेको छ।
एकातिर अज्ञानतावश, डरका कारण र यसको टोकाइबाट जोगिन सर्पलाई
देख्नासाथ मारिहाल्ने चलन छ भने अर्कातर्फ व्यापारिक प्रयोजनका लागि पनि सर्प
मारिन्छ। खासगरी सर्पको छालाबाट धेरै प्रकारका उपयोगी सामाग्री निर्माण गरिने
भएकाले पनि यसको चोरी-सिकारी हुने गरेको छ। सर्पको विषबाट एन्टिभेनोम औषधी बनाउन
सकिन्छ, जुन सर्पलगायतका विषालु जीवको डसाइमा उपचारका
लागि प्रयोग गरिन्छ। विश्वका केही भागमा मासुका लागि समेत सर्प मारिएको पाइन्छ।
सर्पलाई मनोरञ्जनको साधनका रूपमा समेत उपयोग गरिन्छ।
उडने सर्प
उड्ने सर्पहरू पनि हुन्छभन्दा अचम्म लाग्न
सक्दछ। दक्षिण अफ्रिकाको घना
जङ्गलमा पाइने युरोपेलटाइडी नामको सर्प ज्यादै प्रसिद्ध छ। यो सर्प झण्डै तीन फिट
लामो हुन्छ। यो सर्प 'गोमन' सर्पभन्दा दसौँ गुणा विषालु पनि हुन्छ। जब यो
सर्प भोकाउँछ, त्यतिखेर एकदम आक्रामक हुन्छ। त्यसपछि शिकार
खोज्ने क्रममा ग्लाइण्डर उडेझैं आकाशमा उड्न थाल्दछ। आकाशमा यसरी उड्दा पनि यो
सर्पमा आफ्नो मुखमा आहार च्याप्न सक्ने बलियो क्षमता हुन्छ। हावामा उड्न सक्ने यस
प्रकारको सर्पको पखेटा नभए पनि चरा उडेझैं उड्न सक्दछ।
अष्ट्रेलियाको जङ्गलमा पाइने ब्ल्याक डाइमण्ड जातिको सर्प
चराले जस्तै रूखमा गुँड बनाएर बस्छ। यो जातिको सर्पहरू प्रतिघण्टा चालीस
किलोमिटरसम्मको गतिमा उड्न सक्दछ। जङ्गलमा पाइने जुनसुकै प्रकारका चराहरू पनि
यस्ता सर्पको आहार बन्न सक्छन्। झण्डै १० वर्ष अगाडि स्थानीय अमेरिकी शिकारीले
वासिङ्टन पोस्ट पत्रिकाको रबिवारीय परिशिष्टमा प्रकाशित भएअनुसार "मिश्रको
घना जङ्गलमा उड्नसक्ने अनौठो जातिका सर्प पाइन्छन्। त्यस प्रकारका सर्पहरू
तीन/चारवटाको सङ्ख्या भएपछि जतिसुकै ठूलो जनावरलाई पनि आक्रमण गर्न तयार हुन्छन्।
जबकि उनीहरूको जमात ठूलो भएमा कहिलेकाहीँ हात्तीलाई पनि आक्रमण गर्न सक्दछन् र
आफ्नो शिकार बनाउँछन्।" त्यसैगरी साइवेरियाको जङ्गलमा रातो, हरियो, खैरो र पहेँलो रङका यी सर्पहरू एउटा रूखबाट अर्को रूखमा उडेर जाने आउने
गर्दछन्। यस प्रकारका सर्पहरू जमीनबाट झण्डै तीन सय फिट उचाइसम्म उड्न सक्दछन्।
यस्तो खेलेको बेलामा अन्य जनावरले जिस्काएमा डसेर पनि आक्रमण गर्दछन्।
एसियाका केही राष्ट्रमा पनि उड्ने सर्पहरू
पाइन्छन्। एक प्रकारको उड्ने सर्प केबल एक फिट लामो हुन्छ। यो जातिको सर्प एकदम विस्तारै उड्छ। श्रीलंकामा पाइने यस्तो सर्प विषालु भने हुँदैन। यस
कारण यस्तो सर्प घरमा नै पालेर मासुसमेत खाने गर्दछन्। स्पेनको घना जङ्गलमा पाइने
उड्ने सर्प एकदम डरलाग्दो हुन्छ। १५ देखि २० फिटसम्म लम्बाई भएको यो सर्पको
लम्बाईअनुसारको मोटाई हुनुका साथै दुवैतिर मुख पनि हुन्छ। यो सर्प जमीनमा
घस्रँदाघस्रँदै कुनै पनि बेला कुनै पनि दिशामा सजिलै उड्नसक्छ। यस्तो सर्पदेखि
जङ्गलमा पाइने ठूलो जनावर सिंहसमेत डराउने र आतङ्कति हुने गर्दछ किनभने यस्तो
सर्पले सिंहलाई नजीक देखेमा सिंहलाई डसेर रगत पिउन मन पराउँछ।
त्यसैगरी दक्षिण एसियामा पनि प्रशस्त उड्ने
सर्पहरू पाइन्छ तर यहाँका उड्ने सर्पहरू दिउँसो प्रायः लाटो कोसेरोझैँ सुत्ने
गर्दछन्। जब राति हुन्छ, अनि आकाशमा उड्न थाल्दछन्। यसरी राति उड्दा यी
सर्पहरूसँग चमेरो, लाटोकोसेरो, गौथलीसँग भिडन्त हुने गर्दछ। साथै यस प्रकारका सर्पहरूले लाटो कोसेरो, चमेरो आदिलाई आफ्नो आहार बनाउँछन्। नेपालमा पनि
थुप्रै जातिको सर्पहरू पाइए पनि उड्ने सर्प भने छैन तर पनि कोब्रा र गोमन जातिका
सर्पहरू उड्न नसके पनि झण्ठै ११/२ फिटसम्म ठाडो भएर घस्रन भने सक्दछन्।