यार्सा गुम्बा
|
|
Ophiocordyceps sinensis (left) growing out of the
head of a dead caterpillar
|
|
जगत:
|
|
संघ:
|
|
वर्ग:
|
|
गण:
|
|
कुल:
|
|
वंश:
|
|
प्रजाति:
|
O. sinensis
|
यार्सा गुम्बा एक बहुमुल्य जडिबुटि हो । विश्वमा अहिले सम्म Cordyceps वर्गमा पर्ने ढुसीहरू (sac fungus)का ६८० भन्दा बढी प्रजातीहरू पत्तालागेका छन् ।
यी मध्ये सबैभन्दा परिचित ढुसी यार्चागुम्बालाई अंग्रेजीमा Caterpillar fungus भनिन्छ । यसको बैज्ञानिक नाम Cordyceps Sinensis हो । ल्याटीन शब्दहरू cord "club", ceps
"head" र चिनीयाँ
भन्ने अर्थमा sinensisबाट यसको वैज्ञानिक नाम Cordyceps Sinensis राखिएको हो । यार्सागुम्बा नेपाल र तिब्बतको हिमाली भागमा पाईने एक प्रकारको बहुमुल्य जडीबुटी हो । यो समुन्द्र सतहबाट ३,००० मीटर देखी ६,००० मीटरको उचाईमा पाइन्छ । यसलाई तिब्बती भाषामा यार्साकुन्भु तथा
यार्सागुन्बु भनिन्छ । जसमा 'यार'को अर्थ बर्षा,'सा'को अर्थ घाँस र 'कुन्भु'को अर्थ हिउँदे किरा अर्थात बर्षामा घाँस र
हिउँदमा किरा भन्ने बुझिन्छ । यार्सागुम्बा एक प्रकारको झुसिलकिराको टाउकोबाट ढुसी
उम्रिएर बन्दछ । हिमाली भेगमा हिउँद सकिएपछि बैशाख तिर हिउँ पग्लन्छ र बिरुवाहरू
उम्रिएर फूल फूल्न शुरु गर्छ, त्यही समयमा पुतलीहरूले फुल पार्न थाल्छन । सोहि पुतलिको लार्भा अवस्थामा
रहेको झुसिलकिरा जमीन मुनि पुग्छ र उक्त झुसिलकिराको टाउकोमा ढुसी उम्रन्छ । यसको
जमीन माथिको ढुसी च्याउ खैरो रंगको र जमीन मुनिको भाग पंहेलो रंगको हुन्छ । जमीन
मुनिको भाग ४ मि. मि. मोटो र ४ से. मि. जति लामो तथा माथीको भाग मसिनो ५-६ से. मि.
जति लामो हुन्छ
नेपाली यार्सागुम्बा
विश्वमा १००, चीनमा २१, भारतमा ७ र नेपालमा २ प्रजातिका यार्सागुम्बा
पाइन्छन् । यसलाई यौनशक्तिबर्धक र सर्वगुण सम्पन्न टनिकको रूपमा लिइएको छ । पुरुष
नपुंसकता र अजीर्ण अपचमा स्थानीय कुखराको मासुमा र मृगौलाको रोगमा सुँगुरको मासुमा
यसलाई पकाएर खाइन्छ । खोकी, दम, क्षयरोग, अनिद्रामा यसलाई चिनिया औषधी विधि अनुसार सेवन
गरिन्छ । बीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ्य राख्न अण्ड र
डिम्बाशयको खराबी कमलपित्त जन्डिसमा यो उपयोगी देखिएको छ । स्नायु सम्बन्धी रोग
अनिद्रा मांशपेसीको दुखाई श्वासप्रश्वास सम्बन्धी रोगमा कोलेष्ट्रोल घटाउन रोग
प्रतिरोधक क्षमता बढाउन यो उपयोगी छ । हाल यार्सागुम्बालाई चामल, चिया आदिमा मिसाएर बजारमा बिक्री वितरण भइरहेको
छ ।
0 comments
Post a Comment