
कागती उपचारमूलक प्रकृतिको भएकाले धेरै समयअघिदेखि विभिन्न प्रयोजनका लागि मानिसले यसको उपभोग गर्दै आएको पाइन्छ । कागतीको मूल उत्पादनस्थल यकिन नभए पनि भारत, उत्तरी बर्मा र चीनबाट यसको विस्तार भएको अनुमान छ । कागती थुप्रै रोगहरुको घरेलु उपचारको निम्ति प्रयोग गरिन्छ । कागतीमा पेट सफा गर्ने विशेष तत्त्व रहेकोले पेटको समस्या पर्दा प्रायजसो व्यक्तिले यसको सेवन गर्ने गरेको पाइन्छ ।
कागतीमा रोगप्रतिरोधात्मक प्रणालीलाई मजबुत पार्ने क्षमता हुन्छ । यसको जुस पिउनाले रुघा-खोकी लागेको समय शरीरलाई आराम मिल्छ । साथै अन्य संक्रमण हुनबाट यसले शरीरलाई बचाउँछ । यसमा ब्याक्टेरिया एवम् भाइरसविरुद्ध लड्ने क्षमता पनि हुन्छ । दिनहुँ तातो पानीसँग कागती सेवन गरेमा विभिन्न दृष्टिकोणबाट शरीरलाई लाभदायक हुन्छ ।
शारीरिक फाइदा
कागतीको रसले रगत सफा गर्न र शरीरबाट विषाक्त पदार्थ निष्कासन गर्न मद्दत पुर्याउँछ । कुनै पनि संक्रमणबाट हुने रोगहरुसँग लड्ने क्षमता कागतीमा हुन्छ ।
यिसमा अधिक मात्रामा पोटासियम हुने भएकोले मुटुसम्बन्धी समस्या भएकाहरुले यसको जुस पिउनु फाइदाजनक हुन्छ । एक चम्चा कागतीको रस आधा गिलास पानीमा मिलाई पिउनाले सामान्य मुटु पोल्नेमा पनि राहत मिल्छ । कागतीमा पोटासियम पाइने हुनाले यसले मस्तिष्क र नसाका कोषहरुलाई पोषण दिने काम गर्छ ।
कागतीको रसबाट कलेजोले जति पाचन रस (Engymes) निर्माण गर्न सक्छ, अन्य खानाबाट त्यति पाचन रसको निर्माण सम्भव छैन । त्यसैले कलेजोको समस्या हुनेहरुले कागतीको सेवनबाट निकै फाइदा लिन सक्छन् । कलेजो खराब भएको खण्डमा हरेक बिहान खाना खानु एक घण्टाअघि तातो पानीमा कागतीको रस मिसाएर खाने गरेमा फाइदा हुन्छ ।
यिसमा क्याल्सियम भएकोले हड्डी बन्न मद्दत पुग्नुका साथै दाँत स्वस्थ राख्छ ।
किागतीमा क्याल्सियमसँग मिली घोलक तत्त्व बनाउने क्षमता भएकाले मिर्गौलाको पत्थरी भएको खण्डमा समेत यसको सेवन लाभदायक हुन्छ । मिर्गौलामा भएको पत्थरलाई पगाल्न सक्ने घोलक तत्त्व कागतीले निर्माण गर्न सक्छ । प्रायः क्याल्सियम अन्य तत्त्वसँग मिली कडा भएको खण्डमा मिर्गौलाको पत्थरी हुने गर्छ । यसकारण नियमित कागतीको उपभोगले यस्ता समस्याबाट जोगिन सकिन्छ ।
कागतीको रस जैतुनको तेल ( Olive Oil) मा मिलाई पिउनाले केही हदसम्म पित्तको पत्थर पगाल्न मद्दत पुग्छ ।
कागती प्रकृतिले दिएको आफैंमा एउटा प्रतिरक्षात्मक वस्तु हो । यसैले काटिएका सानातिना घाउमा कागती दल्ने चलन छ । घाउबाट रगत बगेमा कागतीको रस लगाएर पनि रगत थाम्ने गरिन्छ ।
घाँटी दुखेको समय पानीमा कागतीको रस केही थोपा राखी कुल्ला ९न्बचनभि० गर्नाले घाँटीलाई सन्चो हुन्छ ।
मिहिनावारीको समयमा अधिक रगत बगेमा एउटा कागतीको रस चिसो पानीमा मिलाएर सेवन गर्नुपर्छ । दिनको ३-४ पटकसम्म यसरी सेवन गर्नाले रगत बढी जाने समस्या नियन्त्रण हुन्छ ।
सकर्भी (Scurvy) लागेको खण्डमा कागती र पानी मिलाएको जुस दुइ आउन्सका दरले ४-४ घण्टाको फरकमा पिउनाले यो समस्या बिस्तारै हराएर जान्छ ।
कागतीले मेटाबोलिजम (Metabolism) लाई
पनि फाइदा पुर्याउँछ । मेटाबोलिजम रेट राम्रो भएमा क्यालोरी अर्न्तर्दहन हुन मद्दत पुग्छ, जसले गर्दा मोटोपनको नियन्त्रणमा फाइदा पुग्छ ।
केही अध्ययनले देखाएअनुसार कागतीको तेलको बास्नाले शारीरिक थकान मेट्ने र उदासीपन, चिडचिडाहटलाई समेत नियन्त्रणमा राख्ने गर्छ ।
किागतीको सेवनले मधुमेह हुन नदिन पनि केही मात्रामा मद्दत गर्छ ।
सौर्न्दर्यका निम्ति लाभदायी
- काटेको कागतीलाई मुखमा दल्ने र दुइ घण्टासम्म सुक्न दिएपछि मुख धुनाले अनुहारको चाउरीपन र काला धब्बाहरु हट्न सक्छ । मुख धोएपछि हल्का जैतुनको तेल (Olive Oil) मुखमा दलेमा अझ राम्रो हुन्छ । कागतीले नयाँ छाला बनाउने प्रविधिमा तीव्रता ल्याउँछ । अनुहारमा कागती दलेपछि घाममा भने बस्नुहुँदैन । यसरी घाममा बस्दा छाला खुइलिन सक्छ ।
- कागतीले कपालको निम्ति राम्रो पोषण (Tonic) दिने काम गर्छ । कपाल धेरै तैलीय भएमा कागतीको रस राखेर मसाज गर्नाले तेल बनाउने ग्रन्थिलाई नियन्त्रणमा राखी कपाल स्वस्थ रहन मद्दत मिल्छ । कपालमा कागती दल्ने गरेमा यसबाट कपाल चाया (Dandruff) रहित भई चम्किलो पनि हुन्छ ।
- कागती प्राकृतिक रुपमा गन्धनाशक वस्तु पनि हो । यसलाई दर्ुगन्धनाशक वस्तुको रुपमा प्रयोग गर्न सकिन्छ । शरीर गन्हाउने छ भने कागतीको रस दल्नाले केही समय गन्धहीन रहन सकिन्छ ।
- बैंक वा अन्य वित्तीय कारोबार हुने ठाउँमा आधी काटेको कागतीमा औंला भिजाउँदै रकम गन्ने गरेमा सजिलो हुन्छ । यसले म्वाइस्चराइजरको काम गर्छ ।
खाद्यपदार्थमा प्रयोग
- माछालाई म्यारिनेट -केही समय मोलेर राख्ने) गर्ने समयमा कागतीको रस प्रयोग गर्नाले माछाको गन्धलाई निराकरण गर्छ ।
- मासु पकाउनु केही समयअघि मासुमा अन्य सामग्रीका साथ कागतीको रस केही बेर म्यारिनेट गर्नाले मासु नरम बनाउँछ । यसले गर्दा मासु चपाउन र पचाउन सरल हुन्छ ।
- काटेको केही समयमै कालो हुने केरा, स्याउ, एभोकाडोजस्ता फलफूल काटेपछि माथिबाट कागतीको रस छरिदिनाले ती फलफूल केही समयसम्म कालो हुन पाउँदैनन् ।
- कागतीको बोक्रालाई धूलो बनाई विभिन्न खानामा स्वादको निम्ति प्रयोग गर्न सकिन्छ ।
- काटेको कागती पकाएको खाना र पेयपदार्थमा सजावट एवम् स्वादको निम्ति प्रयोग गर्न सकिन्छ ।
- कागतीको अचार, तितौरा बनाएर पनि सेवन गर्न सकिन्छ ।
सरसफाइ र कीटाणु नष्ट गर्न उपयोगी
- कागतीको रसले भान्सा सफा गर्दा त्यहाँको फोहोर र चिल्लो दागहरु सजिलै हटाउन सकिन्छ ।
- कागतीको रसमा बेकिङ सोडा मिसाएर प्लास्टिक तथा तामाका भाँडा सफा गर्न र टल्काउन सकिन्छ ।
- कागतीको रसले भाँडावर्तन वा कुनै पनि वस्तु सफा गर्नाले कीटाणु नष्ट हुन्छन् । साथै यसले सुगन्धित पनि बनाउँछ ।
- कागती कीराविरुद्ध प्रयोग गरिने प्रकृतिले दिएको कीटनाशक वस्तु पनि हो, जसले लामखुट्टे र झिँगा भगाउन मद्दत गर्छ ।
- बारुला तथा मौरीको टोकाइमा कागतीको रस दल्नाले दुखाइ कम हुन्छ ।
- दमका रोगीहरुका निम्ति पनि कागती फाइदाजनक छ ।
- दाँत दुखेको र कीराले खाएको अवस्थामा दाँतमा कागतीको रस राख्नाले दुखाइ कम हुन्छ ।
कागतीमा पाइने पोषक तत्त्वहरु
भिटामिन ँबी’, थायमिन, राइबोफ्लाबिन, भिटामिन ँसी’, क्याल्सियम, फोस्फोरस, कार्बोहाइड्रेड, प्रोटिन,क्यालोरी, पोटासियम, म्याग्नेसियम आदि ।
0 comments
Post a Comment