Adds

Labels

Blogroll

परिक्षामा असफल हुदैमा निराश हुनु पर्दैन...

यस वर्षको प्रवेशिका परीक्षा ( एसएलसी) मा विगत सात वर्षमै सबैभन्दा कम विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमी भक्तपुरले मंगलबार सार्वजनिक गरेको २०६९ सालको एसएलसी परीक्षाको नतिजामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका हुन् ।
पनिकाले सार्वजनिक गरेको नतिजाअनुसार यस वर्ष ४१ दशमलव ५७ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । यो प्रतिशत गत वर्षको भन्दा ५ दशमलव ५९ प्रतिशतले कम हो । गत वर्ष ४७ दशमलव १६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । परीक्षामा नियमित र एक्जाम्टेडतर्फ गरी ५ लाख ४७ हजार १ सय ६५ ले आवेदन फाराम भरेकोमा ५ लाख ११ हजार १ सय ६५ परीक्षार्थी सहभागी भएका थिए । दुवै गरी १ लाख ७६ हजार २ सय ५३ परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ १ लाख ६७ हजार ९ सय ३५ र एक्जाम्टेडतर्फ ८ हजार ३ सय १८ परीक्षार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण प्रतिशत छात्रको ४६ दशमलव ७८ र छात्राको ३६ दशमलव १५ रहेको छ । परीक्षाको नतिजाअनुसार नियमिततर्फ १६ हजार ९ सय २४ ले विशिष्ट श्रेणी हासिल गरेका छन् ।


जसमध्ये छात्रको संख्या १० हजार २ सय ६३ र छात्राको ६ हजार ६ सय ६१ रहेको छ । यसैगरी, प्रथम श्रेणीमा ७६ हजार १ सय ६५, द्वितीयमा ६९ हजार ८ सय ३०, तृतीयमा ५ हजार १६ परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार प्रथम श्रेणीमा ४४ हजार ६ सय २३ छात्र र ३१ हजार ५ सय ४२ छात्रा, द्वितीयमा ३८ हजार ७ सय ३२ छात्र र ३१ हजार ९८ छात्रा र तृतीयमा २ हजार ८ सय ३६ छात्र र २ हजार १ सय ८० छात्रा उत्तीर्ण भएका छन् । नियमिततर्फ ६० जना निष्कासित, २ सय ३० को परीक्षा रद्द, ८ सय १८ को स्थगित र परीक्षा त्याग्ने ६ हजार ६७ जना छन् । एक्जाम्टेडतर्फ एकजना पनि विशिष्ट श्रेणीमा उत्तीर्ण भएनन् भने १ सय १७ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । यसैगरी, द्वितीय श्रेणीमा ५ हजार ८ सय ४८ र तृतीयमा २ हजार ३ सय ५३ उत्तीर्ण भएका छन् ।
एक्जाम्टेडतर्फ २ सय ८० को परीक्षा रद्द र ५३ जना परीक्षाबाट निष्कासित भएका छन् । यस पटकको परीक्षामा परीक्षार्थीलाई दुई विषयमा ५ नम्बर ग्रेसमार्क दिइएको परीक्षा नियन्त्रक खगराज बरालले बताए । परीक्षा नियन्त्रक बरालका अनुसार ग्रेसमार्क दिँदा करिब १५ हजार परीक्षार्थी उत्तीर्ण भएका छन् । पनिकाले १ देखि ५ नम्बरसम्म ग्रेस दिएको थियो । जसमध्ये ५ नम्बर ग्रेस दिएर उत्तीर्ण हुनेमा १२ हजार, ४ नम्बर ग्रेस दिएर उत्तीर्ण हुनेमा ३ हजार २ सय ९९, ३ नम्बर ग्रेस दिएर उत्तीर्ण हुनेमा ८ सय ६५, २ नम्बर ग्रेस दिएर उत्तीर्ण हुनेमा २ सय ७५ र १ नम्बर ग्रेस दिएर उत्तीर्ण हुनेमा १९ जना रहेका छन् । पनिकाका अनुसार अनुत्तीर्ण हुने विद्यार्थी अधिकांश विज्ञान र गणित विषयका छन् । यसैगरी, दुर्गम भेगका सामुदायिक विद्यालयको उत्तीर्ण दर गत वर्षभन्दा पनि खस्केको छ । परीक्षालाई अमर्यादित बनाउने २ सय ५ निरीक्षक र ४ सय २८ जना परीक्षार्थी कारबाहीमा परेका छन् । कारबाहीमा परेका परीक्षार्थीमध्ये ३ सय १ जना परीक्षार्थीको १ विषय रद्द, ४ जना परीक्षार्थीको २ विषय रद्द, १ सय २३ परीक्षार्थीको सबै विषय रद्द र ७ परीक्षार्थीले २०७० सालको परीक्षामा समेत सहभागी हुन नपाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । विद्यालय तहको फलामे ढोका मानिने एसएलसी परीक्षा गत वर्षको १ देखि ९ चैतसम्म सञ्चालन भएको थियो । एसएलसी परीक्षा बोर्डका अध्यक्ष तथा शिक्षा सचिव डा. सोमलाल सुवेदीले यस पटकको परीक्षा मर्यादित र व्यवस्थित भएका कारण उत्तीर्ण प्रतिशत कम भएको बताए ।

रोल्पा जिल्लाको सन्दर्भमा पनि यसवर्षको slc नतिजा सन्तोषजनक रहेको छैन । जिल्लाका एक खुल्ला सहित विभिन्न ५९ माध्यमिक विधालयहरुबाट परीक्षामा सहभागी ३ हजार ६३ जना परीक्षार्थीहरु मध्ये २ सय ४० जना मात्र उत्तीर्ण हुन सफल भएका छन् । विगत दिनहरुमा उत्तीर्ण हुनेहरुको भन्दा यो अत्यन्त न्यून संख्या हो । जिल्लाका १ खुल्ला सहित ५९ माविहरुबाट नियमिततर्फ २ हजार ३ सय ३७ जना परीक्षार्थीहरु मध्ये २ सय ३५ जना उत्तीर्ण हुन सफल भएका छन् भने इक्जाम्टेडतर्फ ७ सय २६ जना सहभागी भएका परीक्षार्थीहरु मध्ये ५ जना मात्र उत्तीर्ण भएका छन् ।
उत्तीर्ण हुने विद्यार्थीहरु मध्ये ३ जना विशिष्ट श्रेणीमा, ५७ जना प्रथम श्रेणीमा, १ सय ६३ जना  द्वितीय श्रेणीमा र १२ जना तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् । लिबाङस्थित तुलसी आवासीय माध्यमिक विद्यालय जिल्लाबाटै विशिष्ट श्रेणीमा ३ जना विद्यार्थीहरु उत्तीर्ण बनाउन सफल भएको छ भने जिल्लामै सबैभन्दा बढी २३ जना विद्यार्थीहरु उत्तीर्ण बनाउन सफल भएको छ लिबाङस्थित बालकल्याण उच्च माध्यमिक विद्यालयले   जिल्लाका ५९ विद्यालयमध्ये एक खुल्ला सहित ११ विद्यालयले भने कुनै पनि विद्यार्थी उत्तीर्ण बनाउन सफल भएका छैनन् । शून्य नतिजा ल्याउने विद्यालयहरुमा नेपाल मावि कोटगाउँ, बालकल्याण मावि उपाबाङ, कुरेली, बागेश्वरी मावि भाबाङ, हिमालय फुलबारी मावि टुटु, मिरुल, रामावि मेलडाँरी, ओत, इन्द्रेश्वरी मावि खेवासे, खुमेल, श्री खुला विद्यालय, नेरामावि रिठाबोट, जेदबाङ, सिद्धरत्नमावि हान्जाबाङ, शिव मावि द्वारपानी, र जनज्योति मावि पाछाबाङ रहेका छन् ।

परिक्षामा असफल हुदैमा निराश हुनु पर्दैन...


-
संसारमा सबैभन्दा धेरै आविष्कार गरेर नाम कमाउन सफल थोमस एल्भा एडिसनलाई १२ वर्षको उमेरमा स्कूलबाट निकाला गरिएको थियो ।   तर १३०० भन्दा बढी वस्तुका आविष्कारक, बिजुली बल्बका आविष्कार विश्वले चिने, थोमसको भनाई “तपाई एकदुई पटक असफल हुनुहोला तर तपाइले बारम्बार प्रयास गरिरहनुपर्दछ, सफलता प्राप्त भैरहन्छ”

-
अल्बर्ट आइन्स्टाइनलाई मन्दबुद्धिको केटो भनी स्कुलमा हेला गरिएको थियो । उनी कलेजको प्रवेश परिक्षामा असफल भएका थिए ।    तर सापेक्षतावाद सिद्धान्तका प्रतिपादक उनले प्रतिपादन गरेको E=m भन्ने सुत्रले विश्वमै तहल्का
मच्चायो, विशेष सापेक्षताको सिद्धान्त प्रतिपादन भएपछि यसले पारमाणविकशक्तिको स्रोत खुलायो त्यति खेर सम्मको धारणामा उनको सापेक्षताको सिद्धान्तले विश्व ब्रह्माण्ड सम्बन्धमा नँया क्रान्ति ल्यायो, यसले न्युटनको २ सय वर्ष पुरानो भौतिक शास्त्रसम्बन्धि सारा नियमहरुलाई अपर्याप्त र संकीर्ण ठहरायो एकपटक एकजना विधार्थीले आइन्स्टाइनलाई उनको उन्नतिको रहस्य बताइदिन आग्रह गरे, सो आग्रहमा आइन्स्टाइनले जवाफ दिए, ‘मेरो उन्नतिको रहस्य एउतै सुत्रमा छ – हिम्मत कहिल्यै नहार्नु”   

-
विलियम शेक्सपीयर कक्षा ५ मा दुई पटक फेल भएका थिए ।  तर महान नाटककार एंव महाकवि सन्
१६०९ मा प्रकाशित उनको कविता संग्रहमा १५० भन्दा बढी सोनेट संकलित थिए, उनले ओथेलो,राजा लियर, म्याक्वेथ, एन्टोनी र किलोयोपाट्रा, हिउँदका कथा, हेम्लेट, बाह्रौ रात, जुलियस सिजर, रोमियो र जुलियत, भेनिसका व्यापारी, जस्ता धेरै कृतिहरु जन्माए सेक्सपियर एक महान नाटककार एंव महाकविहुन्, उनी विश्व साहित्यका गौरवका रुपमा प्रतिष्ठित छन त्यसैले विश्वसाहित्यमा उनको उच्च स्थान पनि रहेको छ, उनको मृत्युपश्चात विश्वसहित्यिक जगतले सेक्सपियर जस्ता दोस्रो नाटककार अहिले सम्म पाउन सकेको छैन “ठाडो पहाड चढ्न सुरुको पाइला बिस्तारै चाल्नुपर्छ” सेक्सपियर

-
रविन्द्रनाथ ठाकुर म्याट्रिकुलेसन (SLC) मा सात पटक फेल भएका थिए । तर एसियाका प्रथम नोबेल पुरस्कार विजेता बंगाली भाषाका ठुला कवि, उनले काबुलीवाला, नस्टनिड जस्ता कथा करुणा, नौकदुवी, राजर्षी, चोखेरवाली, योगायोग, गोरा उपन्यास, विसर्जन, मुक्तधारा, राजारानी, नरकवाल, चित्रान्गद जस्ता प्रसिद्ध नाटकहरु पनि लेखे रवीन्द्रनाथ एक थिए तर उनी एकभित्र अनेक थिए उनी कथाकार, अनुवादक, समालोचक, संगीतकार, चित्रकार, उपन्यासकार, निबन्धकार, नाटककार, शिक्षाविद् आदि बहुमुखी प्रतिभासम्पन्न थिए  

-
महात्मा गान्धी म्याट्रिकुलेसनमा तेश्रो डिभिजनमा पास भएका थिए । तर अहिंसात्मक आन्दोलनका प्रणेता, लुइ फिसरले उनका बारेमा भने, “गान्धी एउटै टुक्राले बनेका मुर्ति हुन् भारतलाई विदेशीको चंगुलबाट मुक्त गर्न मात्र यी जन्मेका हुन्” सावारमती आश्रममा उनले जोगीको जस्तो कठोर जीवनधारण गरे, उनले लुगा आफै धुने, भाँडा आफै माझ्ने जस्ता काम गरे, उनको दर्शन सुन्न मान्छे ओइरिन्थे, उनी व्यक्ति पुजाका घोर विरोधी थिए, भन्थे ‘म महात्मा होइन, मेरो खुट्टा होइन, सिद्धान्त समात’

-
विन्स्टन चर्चिल कक्षा ६ मा फेल भएका थिए । तर राजनीति, लेखन नोबेल पुरस्कार विजेता र सफल रणनीतिज्ञ दोस्रो विश्वयुद्ध वेलामा वेलायतको प्रधानमन्त्री सम्हाले उनले ६ खण्डमा दोस्रो विश्वयुद्धको इतिहास लेखे चित्र बनाई प्रदर्शन गरे धेरै पुरस्कार र सम्मान पाए ५ भागको वर्ल्ड क्राइसिस ले गर्दा उनले साहित्य तर्फको नोबेल पुरस्कार पाए उनले रिभरवार, अट्स एन एड्भेन्चर्स, माई अर्ली लाइफ जस्ता प्रसिद्ध कृति लेखे कुशल लडाकु पनि थिए त्यसैले पटक पटकको हारलाई उनेर उनले जितको माला पहिरे  “never never never give up” विन्स्टन चर्चिल

-
लियो टाल्सटाय कलेजबाट भागेका थिए ।   तर साहित्य, विश्वका सर्वश्रेष्ठ उपन्यासकार सन् १८६३-६९ मा उनले युद्ध र शान्ति तथा १८७३-७६ मा अन्ना करिना लेखे ती कृतिहरुले उनलाई सफलता र प्रसिद्धको चरमचुलीमा पुर्याइदियो उनका अनेक आत्मकथा, कथा, उपन्यास र लेख प्रकाशित भए, तीमध्ये कजाखहरु, पारिवारिक सुख, इभान इलिय चर्को मृत्यु, मालिक र नोकर, पुनर्जन्म आदि प्रमुख छन त्यसैले मृत्युको मुखमा पुग्दा पनि उनी भन्थे “ज्ञान प्राप्तिको कार्यलाई निरन्तर जारी राख्नुपर्दछ

-
ब्रुस लीले पनि पढाइलाई चटक्कै छोडेका थिए ।   तर अभिनय मार्सल आर्ट, कुङ्गफुका विश्वविख्यात खेलाडी सन् १९६४ मा उनले कुङ्गफु प्रशिक्षण केन्द्र खोले, त्यसको प्रचारप्रसार गर्न ठाउँ ठाउमा प्रदर्शन गरे एकपटक लुकेर टेलिभिजनले उनको फिलिम उतार्यो, उक्त टि.भि कार्यक्रमबाट हलिउडमा उनको व्यापक प्रचार भयो फिलिमका अभिनेताहरु कङ्गफु सिक्न उनी कहाँ धाउन थाले, उनी द्वन्द्व निर्देशक बने रातारात उनको ख्याति बढ्यो सम्मान र सम्पति प्राप्त भयो उनले पूर्वीय मार्सल आर्टस कला, कङ्गफु र करातेमा पाश्चात्य मल्लयुद्धको कलालाई समिश्रण गरेर नया आर्टस “जिन कुन दो” को प्रतिपादन गरे, ‘जिन कुन दो” बक्सिङ, कुस्ती, जुडो, थाई किक्को उपज थियो उनी भन्थे म कुनै शैली होइन तर जम्मै शैली हु म के गर्छु तिमीहरुलाई थाहा हुदैन, तिमीहरुको चाल हेरेर मेरो चाल निस्कन्छ तिमीहरुको तरिका हेरेर मेरो तरिका जन्मिन्छ’

-
म्याक्सिम गोर्की कहिल्यै विद्यालय गएनन् ।   तर साहित्य रुसी साहित्यका अग्रदुत सन् १८३२ मा उनको ‘मकार चुद्रा’ भन्ने प्रथम रचना एउटा पत्रिकामा छापियो त्यहीबाट उनको साहित्यिक जीवन शुरु भयो, सन् १९९५ मा चेल्कास कथा प्रकाशित भए पछि उनको प्रसिद्ध झनै बढ्यो सन् १९०८ मा उनको प्रसिद्ध उपन्यास ‘आमा’ प्रकाशित भयो त्यसको सर्वत्र स्वागत भयो, आमा, येगोर, बुलिचोभ, मेरो बाल्यकाल, मेरो विश्वविधालय जस्ता अनगिन्ति प्रसिद्ध कृतिहरु लेखेर उनले जनताका गीत गाए, जनताकै कथा लेखे

-
माइकल फराडे, विल गेट्स, स्टेफन स्पेल बर्ग, पिटर जेनिग्स, स्टिभ जब्स, हेरी एस ट्रुमन आदि कलेज नै गएका थिएनन् ।

0 comments

Post a Comment