पत्थरी Stone कसरि हुन्छ र यसबाट कसरि बच्ने ? पुरा पढ्नुहोस
रगतमा विभिन्न
किसिमका खनिज पदार्थहरु हुन्छन ! उधारणको लागि रगतमा क्याल्सियमको मात्रा बढी भएमा
मुत्रप्रणालीबाट पिसाबको माध्यमबाट बाहिर त्यागिन्छ ! त्यसरी बढी भएको क्याल्सियम
तथा अन्य खनिज पदार्थहरु फोस्केट, युरेस्ट, युरिक एसिड आदि जम्मा भएर बाहिर उत्सर्जित
नभएमा मृगौला, मुत्रबाहक नाली, मुत्राशय आदिमा पत्थर बन्छ साथै धेरै बर्षसम्म धेरै मात्रामा बोसोयुक्त खान
खाने गरेमा र पित्ताशाय सङ्क्रमण भएमा पित्ताशयमा पत्थर बन्छ !
पित्ताशयाको
पत्थरी (gallstone)
पित्ताशय कलेजोको
पिँधमा पाइने एउटा सानो थैली हो ! यसमा भएको पित्त कलेजोमा पाइने भन्दा कडा (Concentration) हुन्छ ! पित्ताशयको प्रमुख कार्यहरु पित्तलाई कडा बनाउने, पित्तको भण्डार गर्ने र ड्युडेममा आएका चिल्लो
पर्दाथ मिसिएका खानको झोल पदार्थमा पित्त पठाउनु हो ! यसले हामीले खाएको
चिल्लो पदार्थलाइ पचाउन सहयोग गर्दाछ ! पित्तमा लवन, कोलेस्टेरोल, राता रक्तकोष नासिएर बनेका कणहरु (bilirubin) आदि पाइन्छन् जुन कलेजोमा बनेका हुन्छन !
पित्ताशयमा ति तत्वहरु बिस्तारै जम्मा हुदै गएर पछी साह्रो वस्तु बन्न जान्छ जसलाई
पित्ताशयको पत्थरी भनिन्छ ! सामान्यतया यो रोग ४०-५० बर्ष उमेरका मानिसहरुमा
लागेको पाइन्छ ! यसका कारणहरु पुरा मात्रामा पहिचान गर्न सकेको छैन तर पित्तको
संरचानामा परिवतन, खानामा बढी कोलेस्टेरोलको प्रयोग, मधुमेह रोग, राता रक्तकोष नास्त हुने रोग (haemolytic disease) आदिले पित्ताशयमा पत्थरी हुनम सहयोग गर्दछ !
एदी पित्त नली (common
bile-duct) मा पत्थर आएर
बस्यो भने त्यस्मनिस्लाई कमलपित्त हुन सक्छ !
लक्षणहरु(Symptoms)
यो रोग भएमा निम्नलिखीत लक्षणहरु देखा पर्छन:
- पत्थरी बिस्तारै बन्दै जाने भएकाले बर्षौसम्म पनि कुनै लक्षण देखा नपर्न सक्छ !
- रोगीले बोसो भएको खना पचौना सक्दैन र अपच हुन्छ किनभने यो रोग लागेमा पित्त उत्पादन र यसको प्रयोगमा बाधा पर्छ !
- पित्तनलिमा पत्थर भएको कारणले गर्दा पेटको दायाँपट्टि पथिल्लो भागमा अप्ठ्यारो दुख्छ !
- यस रोगीलाई वायुले दुख दिन्छ !
- पत्थर भएमा अस्पताल गएर अपरेसन गरेर निकाल्ने वा फुटाएर निष्कासन गर्नुपर्छ !

मृगौलामा पत्थर बन्दा निम्नलिखीत लक्षणहरु देखा पर्छन:
- मृगौला नजिक ढाडमा दुख्छ !
- पिसाबमा रगत देखिन्छ !
- अनियमित रुपले ज्वरो आउँछ !
- अरुची हुन्छ, बान्ता आउँछ !
यो रोगबाट बाच्न र यसको रोकथाम गर्न निम्नलिखित उपय अपनाउनुपर्छ:
- प्रशस्तमात्रामा पनि तथा झोल पदार्थ पिउनुपर्छ !
- आराम गर्नु पर्छ !
- बोसो धेरै भएको खान खानु हुदैन !
- पत्थर भएमा अस्पताल गएर अपरेसन गरेर निकाल्नुपर्छ वा फुटाएर निष्कासन गर्नुपर्छ !
0 comments
Post a Comment