Adds

Labels

Blogroll

झण्डै दुई तिहाइ नेपाली संवेदनाहीन


१२ पुस, काठमाडौं । विश्वमा संवेदना नभएका मान्छेहरुको तेश्रो स्थानमा नेपालीहरु पर्छन् । हरेक सय जनामा ६२ जना नेपालीहरु संवेदनाहीन भएको एक अध्ययनले देखाएको छ । अमेरिकी अनुसन्धान संस्था ग्यालपले गरेको अध्ययनले यस्तो देखाएको हो ।
दुई वर्ष लगाएर गरिएको अध्ययनअनुसार विश्वमा सबैभन्दा संवेदनाहीन जनता सिंगापूरका छन् । संवेदना नभएका जनताको दोश्रो स्थानमा जर्जिया र लिथुआनियाका जनता संयुक्त रुपमा परेका छन् । तेश्रो स्थानमा नेपालसँगै रुस, मडागास्कार, युक्रेन, बेलारुस, काजखस्तान र किर्गिस्तानका जनता परेका छन् ।
सन् २००९ देखि २०११ सम्मको अबधिमा विश्वका १५० देशका जनतामाझ अध्ययन गरी निकालिएको निष्कर्ष अनुसार केवल ३८ प्रतिशत नेपालीमा मात्र आफ्ना दैनिक क्रियाकलाप तथा अन्य विषयका बारेमा संवेदना अर्थात इमोसन छ ।
अध्ययनको क्रममा विश्वका जनतालाई विभिन्न प्रश्न सोधिएको थियो । के तपाईले हिजो राम्रोसँग आराम गर्नुभयो ? तपाईले हिजो आफुलाई सम्मानित महसुस गर्न सक्नुभयो ? के तपाई हिजो खुबै हाँस्नुभयो ? के तपाईले हिजो कुनै रोचक काम गर्नुभयो ? के तपाइले हिजो सुख, दुःख, पीडा, निरासा तथा क्रोध मध्ये कुनै संवेदना अनुभुति गर्नुभयो ? लगायतका प्रश्न सोधिएका थियो ।
यी प्रश्नबाट प्राप्त उत्तरको आधारमा ३६ प्रतिशत सिंगापुरेले मात्र यी सोधिएका प्रश्नमा सक्रियता पूर्वक हो वा होइन भन्ने जवाफ दिए । सयमा ६६ जना सिंगापुरेहरुलाई अनुभुति तथा संवेदनाका यी सवालमा कुनै चासो थिएन । अर्थात् ६६ प्रतिशत सिंगापुरेले आफुलाई सोधिएका प्रश्नहरुमा कुनै प्रतिक्रिया जनाएनन् ।
यस्तै जर्जिया तथा लिथुआनियाका जनतामध्ये पनि सयमा केवल ३७ जनाले मात्र संवेदनाको अनुभुति प्रकट गरे ।
अध्ययन अनुसार विश्वमा सबैभन्दा बढि संवेदना भएका जनता फिलिपिन्सका हुन् । ६० प्रतिशत फिलिपिनोहरु संवेदनायुक्त भएको अध्ययनको निष्कर्ष छ । बढि संवेदना भएका जनतामध्ये दोश्रो स्थानमा साल्भाडोर, तेश्रो स्थानमा बहराइन, चौथो स्थानमा ओमान र कोलम्बिया तथा पाँचौ स्थानमा क्यानडा तथा अमेरिका लगायतका देशहरु परेका छन् ।
संवेदनाको हकमा कुरा गर्दा दक्षिण अमेरिकी जनताहरुमा सकारात्मक संवेदना बढि भयो र नकारात्मक संवेदना इराक तथा प्यालेस्टाइन लगायतका देश र उत्तरी अफ्रिकी देशहरुका जनतामा अत्यधिक रहेको पाइएको छ ।
केही समय पहिलेको अध्ययनले पनि दक्षिण अमेरिकी जनता सबैभन्दा सुखी तथा खुशी रहेको देखाएको थियो ।

0 comments

Post a Comment