भिरिन्गी कसरिलाग्छ र कसरि रोकथाम गर्ने ?
भिरिन्गी रोग संसारभरी पाइने यौन रोग हो ! यसलाई यौन रोग पनि भनिन्छ, किनभने यो रोग प्राय: बेश्यावृत्ति र असुरक्षित यौनसम्पर्कबाट सर्दछ ! युवा अवस्थाका पुरुष महिलाहरु बढी यौन क्रियाकलापमा लाग्ने भएकाले प्रायजसो सो उमेरका युवाहरुलाई यो रोग लाग्ने गरेको पाइन्छ ! यो रोग लागेपछि प्रायले गोप्य राख्छन ! यासरी गोप्य राख्दा रोगको स्तिथि झन्झन् चर्को भएर जान्छ ! यस रोग थाहा नै नभैकन सुरु हुन्छ ! उसले आफु स्वस्थ भएको ठानी यौन क्रियाकलापमा लाग्ने गर्दा थाहा नै नभैकन अरुलाई सर्ने भएकाले यो रोग अत्यन्तै खतरनाक पनि देखिन्छ ! यो रोग भिरिन्गी सुत्लो (Treponema pallidum) भन्ने जीवाणुको कारणद्वारा लाग्छ ! यी जीवाणु बिरामीको यौनिरसको साथै विर्य, रगत थुक आदिमा पनि पाइन्छन ! यो रोगको संक्रमणकाल १० दिनदेखि ९० दिन सम्म हुन्छ ! यो रोगको उपचार नभएको खण्डमा यो रोग विभिन्न अवास्थाबता गुज्रने गर्दछ !
रोग सर्ने तरिका:
- यो रोग लागेको व्यक्तिबाट रक्तदान लिएमा रगतको माध्यमबाट सर्दछ.
- यौनसम्पर्क, चुम्बन, स्तनपान प्रतक्ष्य सम्पर्क आदिबाट पनि यो रोग सर्दछ.
- विरामीले पर्योग गरेका सामग्री तथा लुगाफाटाहरुमा जीवाणु हुने भएकाले त्यसबाट पनि सर्दछ.
- गर्वती महिलालाई भिरिन्गी भएमा, उनको पेट भित्रको बच्चालाई पनि सर्न सक्छ.
यस रोगका लक्षणहरु निम्नलिखित छन्:
- भिरिन्गीको प्रारम्भिक अवस्थामा बिरामीका शरीरमा कडा खालको नदुख्ने दाना हरु निस्कनछन् पछी ति दानाहरु फुट्छन् र घाउ हुन्छ ! यस्तो घाउ पिप नभएको हुन्छ ! निकोभएपछी यो खटिराको खत रहदैन
- बाहिरी जननेद्रियको कुनैपनि ठाउँ, मलद्वार आदिमा प्रारम्भिक भिरिन्गिका लक्षणहरु देखा पर्न सक्छन !
- भिरिन्गिको दोस्रो अवस्थामा गिर्खाहरू ठुला भएर आउने तर नदुख्ने हुन्छ ! छालामा गुलाबी रंगको डाबर वा फोका देखा पर्ने हुन्छ ! ति दानाहरु नदुख्ने वा नाचिलाउने भएकाले बिरामीले थाहा नपाउन पनि सक्छन !
- एक दुई महिना पछी फोकाहरू शरीरको सबै भागमा देखा पर्दछन !
- टाउकामा पनि यस्ता फोका हरु आउने भएकाले केश झर्न सक्छ !
- त्यसपछी लिंगमुन्ड, मलद्वार, योनी, कास, काखी स्तनको भित्रि भाग जस्तो न्यानो ठाउमा भिरिन्गिका फोका हरु फैलदै जान्छन ! यो अवस्थामा सबैभन्दा सरुवा अवस्था भनिन्छ !
- भिरिन्गिले हाडमा समेत असर पर्ने भएकाले सानो चोट लाग्दा हाड भाचिन पनि सक्छ !
- भिरिन्गी महिलाले जन्माएको नवजात सिशुलाई पनि २ देखि १० भित्रमा देखा पर्छ !
Source:-Health Book
0 comments
Post a Comment