Adds

Labels

Blogroll

बलात्कार आरोपी फोरम लोकतान्त्रिकका नेता फरार


मोरङ- एघार वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा उजुरी परेपछि मधेसी जनअधिकार फोरम नेपालका एक स्थानीय नेता पक्राउ पर्ने डरले फरार भएका छन्। फोरम लोकतान्त्रिक पार्टीका रङ्गेली गाउँ कमिटी अध्यक्ष रहेका रङ्गेली– ९ बस्ने ४० वर्षीय राजेश शाहले गाउँमा बिहेबाट फर्कदै गरेकी स्थानीय बालिकालाई वैशाख २८ गते राति १० बजे बलात्कार गर्न खोजेको इलाका प्रहरी कार्यालय रङ्गेलीमा उजुरी परेको छ।

बिहीबार ढिलो गरी प्राप्त उजुरीमाथिको छानबिनमा अध्यक्ष शाहले बलात्कारको प्रयास गरेको बुझिएपछि पक्राउ गर्न जाँदा शाह फरार भएको पाइएको इप्रका रङ्गेलीका निरीक्षक माधव काफ्लेले जानकारी गराए। 


उनले पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि पठाइएको र शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको बताए। यसैगरी आºनै छोरीलाई करणी गरेर फरार रहेका अभियुक्त चेतनारायण श्रेष्ठलाई बिहीबार मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको छ। 

मोरङ पथरी१ बस्दै आएका श्रेष्ठ २०६४ पुसमा आफ्नै छोरीलाई करणी गरेपछि फरार भएका थिए।
 

0 comments

Post a Comment