Adds

Labels

Blogroll

यस्तो जागिर पाए के गर्नु हुन्थ्यो तपाई ?


लन्डन (एजेन्सी), जेष्ठ १ - आरामदायक ओछ्यानमा सुतेबापत बेलायतकी एक भाग्यमानी युवतीले मासिक लाखौं रुपैयाँ कमाउँछिन् । बर्घिंग्म सिटी युनिभर्सिटीका छात्रा रोसिन मेडिगन 'लक्जरी बेड टेस्टर' को जागिर खान्छिन् ।

यसअनुरूप हरेक राति उनले नयाँनयाँ लक्जरी बेडमा सुतेर बिहानीपख यसको विशेषता र कमजोरीको विवरण दिनुपर्छ । डिजाइनर बेड निर्माण कम्पनी सिमोन हार्न लिमिटेडले रोसिमलाई यसबापत दैनिक १ हजार डलर तलब दिन्छ ।

उनले यसका लागि एगबेट्सनस्थित कम्पनीको शो रुमको डिजाइनर बेडमा राति दस बजेदेखि बिहान ६ बजेसम्म सुत्नुपर्छ । संसारभरिका पाँचतारे होटललाई वितरण गर्नुअघि बेडको नरमपना र सहजताको अनिवार्य परीक्षण गर्नुपर्ने उक्त कम्पनीले जनाएको छ ।

रोसिमले बेडको गुणस्तर, डिजाइन र कम्र्फटनेसको परीक्षण गर्नुपर्छ । उनले यसका लागि कम्पनीद्वारा गराइएको 'स्लिप सर्भे' को सहयोग लिन्छिन् ।

0 comments

Post a Comment