उदयपुर, जेठ ४ – एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराले कुनै दल तथा समूह विशेषले रोकेर संविधान सभाको निर्वाचन नरोकिने बताउनुभएको छ ।
कार्यकर्ता प्रशिक्षणका क्रममा उदयपुरको गाईघाट आइपुगेका नेता महराले चुनावको विरोधमा रहेका दलहरु चुनावमा सहभागि हुने बताउनुभयो ।
चुनावको विरोधमा रहेको नेकपा–माओवादी पनि बन्दुक रोजेर जंगल पस्ने अवस्था नरहेकाले उनीहरु पनि चुनावमा सहभागि हुने महराको भनाइ थियो । चुनावी प्रयोजनका लागि नै चुनावी सरकार गठन भएको र सभासद संख्या, थ्रेस होल्ड, लगायतका विषयहरुमा उच्च स्तरीय राजनैतिक संयन्त्रमा सहमति हुने वित्तिकै चुनावको घोषणा हुने महराले बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्ती माओवादी, काग्रेस, एमाले र मधेसी मोर्चाको सहमतिमा भएको भन्दै जनयुद्ध र राजतन्त्रका घटना कोट्याएर कसैप्रती पूर्वाग्रह राख्न नहुने विचार व्यक्त गर्नुभयो ।
0 comments
Post a Comment