दुई मनसुन प्रणाली एकसाथ नेपालमा
बंगालको खाडी र 'अरेबियन सी'मा विकासित मनसुन प्रणाली एकैपटक नेपाल
भित्रिएकाले मध्य र सुदूर पश्चिममा अत्यधिक वर्षा भएको मौसमविदले बताएका छन्।'सामान्यतया मनसुनको थालनी पूर्वबाट हुन्छ, तर अहिले पश्चिमबाट पनि भएकाले भारी वर्षा
भएको हो,'
मौसम
पूर्वानुमान महाशाखाका मौसमविद शिव नेपालले भने, 'दुईवटा मौसम प्रणाली एकैचोटी नेपाल भित्रिएको छ।' उनले सुदूर र
मध्य पश्चिमका धनगढी,
डडेलधुरा र
आसपासका जिल्ला,
नेपालगन्जमा
सोमबार राति र मंगलबार दिनभर भारी वर्षा हुने बताए। 'पश्चिमी मनसुन प्रणाली धेरै बलियो देखिन्छ, अझै मध्य र सुदूरमा भारी वर्षा हुन्छ', नेपालले भने, 'पूर्वलगायत अन्य क्षेत्रमा त्यति वर्षा भएको देखिँदैन।'
उनका अनुसार अरेबियन सीमा विकास भएको मनसुन भारत महाराष्ट्रको वेस्टर्न घाट, मध्य भारत हँुदै पश्चिमबाट नेपाल भित्रिएको हो। त्यो पश्चिमका पहाडी क्षेत्रमा गएर ठोक्किएकाले त्यहाँ भारी वर्षा भएको हो। मध्य र सुदूरबाहेक गत २४ घन्टामा भारी वर्षा हुने स्थानमा भैरहवा पर्छ। त्यहाँ १४२ दशमलव ७ मिलिमिटर वर्षा भएको छ। मौसमविदका अनुसार पूर्वको मनसुन प्रणाली बंगाल खाडीमा विकास हुन्छ। त्यहाँको समुद्र सतह तातेर निस्किने पानीयुक्त वाफ वायुमण्डलको माथिल्लो भागमा पुग्छ। त्यो चिसिएर पानी बन्छ र त्यसलाई न्यूनचापीय क्षेत्रले आफूतिर तान्छ। त्यो क्षेत्र मनसुन रहने समय १२० दिन कहिले भारत तर्फ (दक्षिण) र कहिले नेपालतर्फ (उत्तर) सरिरहन्छ। यता आयो भने यता राम्रो वर्षा हुन्छ, उता गयो भने उतै। 'न्यूनचापीय क्षेत्र जति सक्रिय भयो त्यति राम्रो मनसुन हुन्छ,' अर्यालले भने।

बाग्लुङ- वर्षाको समयमा कम पानी पर्ने
मुस्ताङमा भिषण वर्षापछि धनजनको क्षति भएको छ। वर्षासँगै आएको भेलले बगाएर धादिङ
घर भइ मुस्ताङमा ज्यालादारी गर्ने नाम नखुलेका एक जना बेपत्ता भएका छन्। कागवेनी-९ तिरी खोलामा आएको भेलले
दुई घर र २६ गोठ बगाएको मुस्ताङका प्रहरी निरीक्षक चुरा बहादुर कार्कीले बताए। गोठ
बगाउँदा २४ गाई र ८ गधा मरेको प्रारम्भिक विवरण आएको आएको उनले बताए। 'दुई घर बगाएको भएपनि
मानवीय क्षति भएको छैन,' उनले भने, ' आठ घरमा बाढीले असर
पुगेकोछ।'
वैतडीमा पाँच वेपत्ता
बैतडीको सिद्धेश्वर गाविस-९ स्थित एक घरमा सोमबार राति पहिरो जाँदा एकै घरका
पाँच जना पुरीएका छन् । रामसिंह ऐरको घरमा पहिरो जाँदा उनी सहित पुरै पाँज जनाको
परिवार पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव निरीक्षक
मदनसिंह धामीले जानकारी दिनुभयो । पुरिएका मध्ये २ जनाको शव निकालि सकिएको र
बाँकीको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
अछाममा पहिरोले बगाउँदा दुईको मृत्य
अछामको कुन्तीबण्डाली गाविस ३ मिस्तुर भन्ने गाउँमा पहिरोले बगाउँदा २ जनाको
मृत्यु भएको छ । पहिरोले घर पुर्दा स्थानीय अनिशा बोगटी र उनकी छोरीको मृत्यु भएको
हो । पहिरोमा परेर स्थानीय मिनबहादुर बोगटी सहित छोराहरु मुकेश र रोहित घाइते भएका
छन् । यसैबीच, घटनाको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय
अछामका इनिस्पेक्टर सुर्य थापाको नेतृत्वमा २० जनाको उद्धार टोलि घटना स्थल तर्फ
गईसकेको अछाम प्रहरीले जनाएको छ ।
डोटीमा एक बेपत्ता
अविरल वर्षाका कारण डोटीको गगुडा गाविस को रौवा खोलामा आएको बाढीले बगाउदा एक
जना बेपत्ता भएका छन् भने दुइ जना बाँच्न सफल भएका छन् । रोपाई गर्न गएका बेला
खोला तर्ने क्रममा सोमबार साँझ ५ बजे गगुडा गाबिस वडानं ३ पलाडी बस्ने ४१ बषिर्य
देबि बोगटीलाई खोलाले बगाएको हो । बोगटी को खोजि कार्य जारी रहेको स्थानिय गणेश
बोगटीले जानकारी दिनु भयो । यसैगरी लगातार बर्षका कारण ग्रामीण सडकखण्डहरु अवरुद्ध
भएका छन् । चार दिन देखि लगातार पानी परेपछि ग्रामीण सडकहरु हिलाम्य हुँदा यातायात
अवरुद्ध भएको छ ।
गण्डक क्षेत्रमा त्रास बढ्दो
यसैबीच लगातारको बर्षाले नारायणी नदीको सतह बढ्दा नवलपरासी गण्डक क्षेत्रका
बासिन्दा त्रसित बनेका छन् । गएको असोजमा १२ नम्बर ठोकरको धेरैजसो भाग बगाएपछि
नदीको पानी वस्तीमा आउने संभावना बढेको भन्दै स्थानीय वासिन्दा डराएका हुन् ।
नदीमा आएको बाढीले हिउँदमा बाँध बगाएपछि डर थपिएको स्थानीय प्रेमचन्द्र गुप्ताले
बताउनुभयो । एक सय ६३ मिटर लामो ठोकरको एक सय १० मिटर गएको वर्ष नै बगाएको थियो ।
दुई दिनदेखि परेको बर्षाका कारण नदीको बहाव हृवात्तै बढेर दुई लाख २५ हजार क्यूसेक
पानी पुगेको छ । बाढीको अनुपात बढ्दै जाँदा १२ नम्बर ठोकरको करिब १२ मिटर भाग
बगाइसकेको गुप्ताले बताउनुभयो ।
बुटबलका विद्यालय बन्द
निरन्तर वर्षा भएपछि रुपन्देहीका निजी तथा आवासीय विद्यालयहरुमा बिदा दिइएको छ । निरन्तरको वर्षाले विद्यार्थीहरुको आवतजावत र पढाइमा समेत प्रत्यक्ष प्रभाव पारेको जनाउदै निजी तथा आवासिय विद्यालय अर्गनाजेशन नेपाल (प्याब्ससन) रुपन्देहीले आजदेखि चार दिन विद्यालयमा बिदा दिने निर्णय गरेको हो । वर्षे बिदामा समायोजन गर्नेगरी आजदेखि शुक्रबारसम्म मातहतका विद्यालयमा बिदा दिने निर्णय गरिएको प्याब्सन रुपन्देहीका अध्यक्ष कृष्ण खनालले जानकारी दिए । रुपन्देहीमा प्याब्सन अन्र्तगत झण्डै दुई सय विद्यालय बन्द छन् । निरन्तरको वर्षाका कारण रुपन्देहीका विभिन्न स्थानहरु डुबानमा परेका छन् ।
निरन्तर वर्षा भएपछि रुपन्देहीका निजी तथा आवासीय विद्यालयहरुमा बिदा दिइएको छ । निरन्तरको वर्षाले विद्यार्थीहरुको आवतजावत र पढाइमा समेत प्रत्यक्ष प्रभाव पारेको जनाउदै निजी तथा आवासिय विद्यालय अर्गनाजेशन नेपाल (प्याब्ससन) रुपन्देहीले आजदेखि चार दिन विद्यालयमा बिदा दिने निर्णय गरेको हो । वर्षे बिदामा समायोजन गर्नेगरी आजदेखि शुक्रबारसम्म मातहतका विद्यालयमा बिदा दिने निर्णय गरिएको प्याब्सन रुपन्देहीका अध्यक्ष कृष्ण खनालले जानकारी दिए । रुपन्देहीमा प्याब्सन अन्र्तगत झण्डै दुई सय विद्यालय बन्द छन् । निरन्तरको वर्षाका कारण रुपन्देहीका विभिन्न स्थानहरु डुबानमा परेका छन् ।
लगातार परेको वर्षाको कारण देश भरिको जनजीवन प्रभावित बनेको छ । बाढीरपहिरोको कारण देशभर २० जनाको ३० मृत्यु
छ । मंगलबारमात्रै लगातारको वर्षापछि पहिरो जाँदा कालिकोटमा १९
जना बेपत्ता भएका छन् भने बैतडीमा एकै परिवारका ५ र दैलेखमा एकै परिवारका ७ जनाको
ज्यान गुमेको छ। त्यस्तै, मुस्ताङ, रौतहट र डोटीमा एक–एक जनाको ज्यान गुमेको छ। सोमबार पनि महाकालीको
बाढीले दार्चुला, कञ्चनपुर र रुपन्देहीमा चारजनाको मृत्यु भएको
थियो।
बाढी पहिरोले कहाँ के भयो त
?
बाढीपहिरोले धौलागिरीमा ५१
घरगोठमा क्षति
आषाढ ४, अबिरल बर्षाका कारण आएको बाढी पहिरोले धौलागिरी अञ्चलमा ५१ घर गोठमा क्षति पुगेको छ । हिमालपारीको जिल्ला मुस्ताङ्गमा ३४ घरगोठ, म्याग्दीमा १३, बागलुङमा ३ र पर्वतमा १ घर बाढी र पहिरोले क्षति पुर्याएको छ ।
मुस्ताङको कागबेनी गाविस ९ तिरीमा खहरेमा आएको बाढीले ८ वटा घर र २६ वटा गोठ, मार्फामा २ वटा घर बगाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । बाढीमा परी १४ वटा गाई, ८ खच्चड, ३ कुखुरा मरेका छन् । त्यस्तै १५ लाख पर्ने सिञ्चाई मेसिन, ३ वटा मोटरसाइकल, ३ सय मुरी अन्नपात पनि बगाएको प्रहरी निरिक्षक चुराबहादुर कार्कीले जानकारी दिनुभयो ।
यस्तै म्याग्दीको भकिम्ली ९ तोराखेतमा मंगलबार पहिरोका कारण १३ घर भत्किएको प्रहरीले जनाएको छ । यस्तै बागलुङको दुधिलाभाटीमा पहिरोले ३ वटा घर पुरेको छ । वडा नंबर २ चाउकेका तुलबहादुर श्रीस, फमबहादुर श्रीस र तोमबहादुर श्रीसको घर पुरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पर्वतको भोर्ले – ७ की औमाया गुरुङ्गको घर पुरेको छ ।
मालढुङ्गा–बेनी सडक अवरुद्ध
चारदिनदेखिको वर्षाले म्याग्दीको सदरमुकाम बेनी
जाने मालढुङ्गा–बेनी सडक अबरुद्ध पारेको छ । पाङ गाविसको डमुवा
खोलामा आएको बाढीका कारण विहानैदेखि पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने
मालढुङ्गा–बेनी सडक अबरुद्ध बनेको हो ।
सडक अबरुद्ध हुदा म्याग्दीबाट छुटेका लामो तथा छोटो दुरीका सवारी साधनहरु खनियाँघाटमा अलपत्र परेका छन् भने अन्यत्रबाट म्याग्दीका लागि आएका सवारीका साधनहरु मालढुङ्गामा अलपत्र परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । वर्षा रोकिएलगत्तै डोजर लगाएर सडक खुलाउन पहल गरिने प्रहरीको भनाई छ ।
सडक अबरुद्ध हुदा म्याग्दीबाट छुटेका लामो तथा छोटो दुरीका सवारी साधनहरु खनियाँघाटमा अलपत्र परेका छन् भने अन्यत्रबाट म्याग्दीका लागि आएका सवारीका साधनहरु मालढुङ्गामा अलपत्र परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । वर्षा रोकिएलगत्तै डोजर लगाएर सडक खुलाउन पहल गरिने प्रहरीको भनाई छ ।
स्टिमर सेवा अनिश्चितकालका
लागि बन्द
कालीगण्डकी नदीमा पानीको
बहाव बढेपछि कालीगण्डकीको जलासयमा सञ्चालित स्टिमर सेवा अनिश्चितकालका लागि बन्द
भएको छ । पर्वतको सेतीबेणीदेखि कालीगण्डकी ए जलविद्युत केन्द्रको मिर्मीसम्म करिब
७ किलोमिटरमा सञ्चालित स्टिमर सेवा बन्द गरिएको हो । स्टिमर सेवा बन्द हुँदा पर्वत, स्याङ्गजा, गुल्मी र बाग्लुङका बासिन्दाहरु प्रभाबित भएका
छन ।
नदीमा पानीको बहाव धेरै भएकाले कालीगण्डकी ए जलविद्युत् गृहको बाँधका सबै ढोकाहरु खोलिएका छन । बाँधका ढोका खोलिएपछि स्टिमरको सुरक्षाका लागि सेवा नै बन्द गरिएको शिला शालीग्राम कालीगण्डकी जल यातायात व्यवसायी समितिका अध्यक्ष चन्द्रबहादुर रानाले बताउनुभयो ।
बन्द भएको जल यातायात सेवा पानीको बहाब घटेपछि भदौको अन्यपछि मात्रै सञ्चालनमा ल्याउन सकिने अध्यक्ष रानाले बताउनुभयो । स्टिमर बन्द भएपछि स्याङजा, पर्वत, बागलुङ र गुल्मीका दुई दर्जनभन्दा बढी गाविसका स्थानीयबासिन्दा प्रभावित भएका छन् । कालीगण्डकीको मिर्मीदेखि सेतीवेणीसम्मका लागि सानाठूला गरी १० वटा स्टिमर सञ्चालनमा आएका थिए ।
नदीमा पानीको बहाव धेरै भएकाले कालीगण्डकी ए जलविद्युत् गृहको बाँधका सबै ढोकाहरु खोलिएका छन । बाँधका ढोका खोलिएपछि स्टिमरको सुरक्षाका लागि सेवा नै बन्द गरिएको शिला शालीग्राम कालीगण्डकी जल यातायात व्यवसायी समितिका अध्यक्ष चन्द्रबहादुर रानाले बताउनुभयो ।
बन्द भएको जल यातायात सेवा पानीको बहाब घटेपछि भदौको अन्यपछि मात्रै सञ्चालनमा ल्याउन सकिने अध्यक्ष रानाले बताउनुभयो । स्टिमर बन्द भएपछि स्याङजा, पर्वत, बागलुङ र गुल्मीका दुई दर्जनभन्दा बढी गाविसका स्थानीयबासिन्दा प्रभावित भएका छन् । कालीगण्डकीको मिर्मीदेखि सेतीवेणीसम्मका लागि सानाठूला गरी १० वटा स्टिमर सञ्चालनमा आएका थिए ।
बाढीले बर्दियाका ६ सय घर डुबानमा
लगातारको वर्षाले कर्णाली
नदीमा पानीको सतह बढेपछि बर्दियाको राजापुर क्षेत्रका धेरैजसो गाविस डुबानमा परेका
छन् । नदीमा पानीको सतह बढेर राजापुर, भीम्मापुर, दौलतपुर, पाताभार, खैरीचन्दनपुर लगायतका
गाविसका करिब ६ सय घर डुबानमा परेको प्रहरीले जनाएको छ ।
नदीमा पानीको सतह नाप्न राखिएको मापन यन्त्रमा
११ गेज पुगेपछि गाँउबस्तीमा बाढी आउँछ । १२ गेज पुगे लगत्तै राजापुर क्षेत्रका
धेरैजसो गाउँहरु डुबानमा पर्छन् । सोमबार राती कर्णाली नदीमा पानीको सतह १०।८०
रहेको र मंगलबार विहानैदेखि बढ्दै गएर अहिले १४ पुगेपछि खतरा बढेको राजापुर बजारका
सूर्य केसीले जानकारी दिनुभयो । चारैतिर पानी भएकाले उद्दारमा कठिनाइ भएको छ ।
दौलतपुर गाविसको टिउनीबाट नदी गाँउतिर सोझिएपछि गाउँ जलमग्न भएको छ । सदरमुकाम
गुलरीयाबाट प्रमुख जिल्ला अधिकारीसंगै गएको प्रहरी र सशस्त्र प्रहरीको उद्दार टोली
बाटोमा नै रोकिएको छ । कोठीयाघाटमा सञ्चालित स्टीममरको सहायताबाट पारी जान नसकिने
भएकाले हेलिकप्टर मगाइएको छ ।
धादिङको गजुरी–२ मा त्रिशूली नदी अतिक्रमण गरी निर्माण सुरु गरिएका घर–टहराका लागि माटो खसाल्ने क्रममा शनिबार दुर्घटनामा परेको ट्रिपर ।
0 comments
Post a Comment