
सत्रौंं जिल्ला परिषद्का प्रमुख अतिथि, ...................,
पूर्व मन्त्रीज्यू, राज्यमन्त्रीज्यू, सहायक मन्त्रीज्यू, एवं पूर्व सांसदज्यूहरु, विशेष अतिथि माननीय पूर्व सभासदज्यूहरु पूर्व विधायकज्यूहरु तथा पूर्व सांसदज्यूहरु ,
प्रमुख जिल्ला अधिकारीज्यू,
जिल्ला विकास समितिका पूर्व सभापति, उप सभापति एवं पदाधिकारीज्यूहरु,
विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरु,
रोल्पा जिल्लास्थित विभिन्न कार्यालयका कार्यालय प्रमुखज्यूहरु,
नागरिक समाज एवं संघ संस्थाका प्रतिनिधिज्यूहरु,
गाउँ विकास समितिका सचिवज्यूहरु,
पत्रकार मित्रहरु, आमन्त्रित अतिथिज्यूहरु तथा परिषद्मा पाल्नु भएका उपस्थित भद्र, महिला तथा सज्जनवृन्द ।
जिल्ला परिषद्को यस पावन घडीमा नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर प्राण आहुति गर्ने सम्पूर्ण ज्ञात,अज्ञात शहिदहरुप्रति सर्वप्रथम भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै घाइते तथा अपाङगहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।
सत्रौं जिल्ला परिषदको यस शुभ अवसरमा हाम्रो निमन्त्रणालाई स्वीकार गरी प्राकृतिक स्रोत र साधनले भरिपूर्ण, पर्यटकीय एवम् सांस्कृतिक सम्पदाको धरोहर, विकासको संभावनाको आधारभूमि, पौरखी जनताको गतिशीलताका कारण विकासको सोपानमा पाइला चाल्दै गरेको यस जिल्लाको परिषद्लाई सफल बनाउन र परिषद्को गरिमालाई अँझ बढी उचाइमा पुराउन आफ्नो महत्वपूर्ण र व्यस्त समय दिनुभएकोमा प्रमुख अतिथिज्यू एवं सम्पूर्ण अतिथिज्यूहरुमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु । साथै स्थानीय निकायहरु जनप्रतिनिधि विहिन भएको यस अवस्थामा जिविसको कार्य सम्पादनमा सहयोग पु¥याउनुहुने समस्त राजनैतिक दल, नागरिक समाज, सरकारी कार्यालय गैरसरकारी संघ÷संस्थाहरु, दातृ निकाय एवं सचेत रोल्पाली जनतामा म हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । साथै यस अवसरमा यहाँहरुबाट जिल्लाको विकासलाई अग्रता दिने र जिल्लाको विकासको मार्गचित्र कोर्ने यस महान कार्यमा सकारात्मक सुझाव र दिशानिर्देशको अपेक्षा गरेको छु ।
आदरणीय प्रमुख अतिथिज्यू एवं उपस्थित महानुभावहरु
जबसम्म सामाजिक तथा मानवीय विकासलाई अगाडि बढाउन सकिदैन तबसम्म भौतिक र आर्थिक विकासको पूर्णता प्राप्त गर्न नसक्ने यथार्थतालाई स्वीकार गर्दै, जिल्लाको आवश्यकता अनुसार जिल्ला विकासको लागि सडक, यातायात, खानेपानी तथा सरसफाइ, स्वास्थ्य, शिक्षा, विद्युतिकरण, आयआर्जन लगायतका कार्यक्रमहरुलाई विशेष जोड दिने गरिएको छ ।
विकासको बाधकको रुपमा रहेको अन्धविश्वास, अशिक्षा, कुरीति र कुसंस्कार विरुद्ध लड्न हामीले शिक्षा र चेतनाको विस्तार गर्नुपर्छ भन्ने मान्यताका साथ सामाजिक परिचालनका कार्यक्रमहरुलाई पनि प्राथमिकताका साथ अगाडि वढाइएका छौ ।
सर्वांगिण विकासका लागि हरेक क्षेत्रको महत्व अत्यन्त आवश्यक भएकोले विकास प्रशासनमा आज सुशासन, जनसहभागिता, अधिकारमुखी अवधारणा, सशक्तिकरण, समावेशीकरण, साझेदारी,पारदर्शिता, प्रत्यक्ष तथा जनउत्तरदायी जस्ता अवधारणाको विकास र विस्तार हुदै गएको अवस्थामा स्थानीय निकायले पनि यी अवधारणालाई पछ्याउँदै अगाडि बढ्ने कुरालाई हामीले आत्मसात गरेकै छौं ।
आदरणीय प्रमुख अतिथिज्यू एवं विशेष अतिथि तथा उपस्थित महानुभावहरु,
अब म जिल्लामा रहेका अवसर,सम्भावना,चूनौति तथा समस्याहरु प्रस्तुत गर्न गैरहेको छु ः जलविद्युत, जडिवुटी तथा गैर काष्ठ पैदावारको प्रचुरता,चुनढुङ्गा खानी, धार्मिक सास्कृतिक तथा ग्रामीण पर्यटनको संभावना,विकास प्रति राष्ट्रिय तथा अन्तराष्ट्रिय चासो,जनताको प्रतिवद्धता र राजनीतिक समझदारीले अथाह सम्भावना तथा अवसर देखाई रहेका छन्। प्राप्त यी सम्भावना तथा अवसरहरुलाई रोल्पाली जनताकोे उच्च जीवनस्तर र विकासको प्रचुर उपलव्धीहरुको खोजी,कार्यान्वयन र प्राप्तिको लागि विगत वर्षहरु देखिनै भौगोलिक विकटता,न्यून आन्तरिक श्रोत,जनशक्ति एवं प्रविधिक पक्षको न्यूनता र समग्रमा अप्रयाप्त अर्थिक पूँजि नै हाम्रालागि प्रमुख चुनौति रहेका छन्।
आदरणीय प्रमुख अतिथि एवं विशेष अतिथिज्यूहरु
उल्लेखित चुनौती र समस्याका बावजुद पनि हामीले निम्नानुसारका उपलव्धीहरु हासिल गर्न सफल भएका छौ ।
ज्ञ। पूर्वाधार विकासको मेरुदण्डको रुपमा रहेको सडक निर्माण कार्य तिव्ररुपमा भैरहेको छ । जिल्ला विकास समिति, शहिदमार्ग सडक आयोजना, सडक डिभिजन कार्यालय प्युठान लगायतको संयूक्त प्रयासवाट विभिन्न ३० वटा सडकको निर्माण तथा स्त्तरउन्नती भई ३५० किमि सडक विस्तार भएको छ जसवाट ३९ गाउँ विकास समितिहरु सडकवाट लाभान्वित भएका छन ।
द्द। शान्ति तथा पूर्निनर्माण कार्यक्रम लगायत अन्य कार्यक्रमवाट हालसम्म ९ वटा गाविस भवन, ६ सेवा केन्द्र,ु ६ वटा वर्थिङ सेन्टर २ वटा क्याम्पस भवन तथा २७ बाल विकास केन्द्र सम्पन्न भइसकेका छन् भने यसै आ.व.मा थप १५ गाविस भवन निर्माण भैसक्ने छन् ।
घ। चालु आ.व सम्म ३० वटा झो.पु निर्माण कार्य सम्पन्न भई हाल सम्म यस जिल्लामा १२४ नयाँ झो.पुहरु संचालनमा आएका छन् भने २ वटा मोटरेवल पुल यसै आ.व मा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
द्ध। जिल्लामा संचालित खानेपानी कार्यत्रम अन्र्तगतका विभिन्न कार्यक्रमवाट हालसम्म ७५ प्रतिशत जनताले खानेपानी सुविधा प्राप्त गरेका छन् ।
छ। भारतीय दुतावासको सहयोगमा निर्माणधिन जलजला बहुमुखी क्याम्पस भवन निर्माण कार्य करिव करिव सम्पन्न भएको छ ।
ट। होलेरी क्षेत्रको पर्यटकीय संभावना तथा विकास निर्माण कार्यक्रलाई प्रभावकारी वनाउन होलेरी एकिकृत विकास योजना तर्जुमा भई कार्यन्वयन भैरहेको छ ।
ठ। जिल्लामा संचालित विभन्न लघु जलविद्युत योजनावाट हाल सम्म ३०१ किवा विद्युत उत्पादन भइ २७०४ तथा वैकल्पिक उजा(सोलार)वाट २०७४७ घरधुरी लाभान्वित भएकाछन् ।
ड। जिल्लामा संचालित कृषि विकास कार्यक्रम अन्र्तगत कृषिमा आधुनिकीकरण, विविधिकरण र व्यवसायीकरण गर्दै खाद्यान्न बाली,नगदे बाली तरकारी तथा फलफुललाई पकेट क्षेत्रको रुपमा विकास गर्ने प्रयासको थालनी गरीएको छ । यसै गरि पशु विकास कार्यक्रम अन्र्तगत उन्नतजातका पशु विकास,गोठसुधार,नश्लसुधार तथा कृषक समूहहरुको क्षमता विकासवाट व्यवसायीकरुपमा पशु सेवा विकासवाट गरिवी न्यूनीकरण गर्ने प्रयासको थालनी गरिएको छ ।
ढ। जिल्लाको वृहत्तर विकासका लागि “उपलव्धी सहितको विकासलाई समविकास” भन्ने लक्ष्यका साथ एकिकृत रुपमा कार्यक्रमहरुलाई अगाडि वढाइएको छ ।
ज्ञण्। विकास निर्माणको कार्य संचालन गर्दा पारदर्शीता र सुशासनको वढावाको लागि गत आ.व.वाट सडक तर्फका सम्पूर्ण योजनाहरुमा प्रतिष्पर्धात्मक लागत–लाभको आधारमा निर्माण गर्न भ् ( द्यष्ममष्लन को थालनी गरिएको छ ।
ज्ञज्ञ। लोक सेवा आयोगमा यस जिल्लावाट महिला, दलित तथा जनजातीको सहभागिता तथा उत्तीर्ण प्रतिशत अभिवृद्धि गर्न लोक सेवा आयोगको तयारी कक्षा यस वर्ष पनि संचालन गरिएको छ ।
ज्ञद्द। संचालित कार्यक्रमहरुको सहभागितात्मक अनुगमन गर्ने र आवश्यक पृष्ठपोषण लिने दिने प्रणाली कार्यान्वयनमा ल्याइएको छ
ज्ञघ। जिल्ला विकास समितिले संचालन गरेका विभिन्न चेतनामुलक तथा क्षमता विकासका कार्यक्रमवाट २९६७ जना लाभान्वित भएका छन् ।
ज्ञद्ध। लघु उद्यम विकासकार्यक्रम संचालनवाट ९ स्थानमा वजारकेन्द्र स्थापना भएकाछन् भने ६०६ जना उद्यमी सिर्जना गरिएका छन् ।
ज्ञछ। सुशासनको प्रत्याभूतिका लागि जिल्ला विकास समितिमा जनसम्पर्क तथा सहायता कक्ष,जिल्ला विकास समितको वेवसाईट विकास तथा निर्माण ,गाउँ विकास समितिको वेवसाईट निर्माण तथा सामाजिक सुरक्षा भत्ताप्राप्त गर्ने व्यक्तिको नामवली वेवसाईटमा राख्ने कार्यभइरहेको छ ।
ज्ञट। सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई व्यवस्थित गर्न गाविसको भत्ता वितरण बैंक मार्फत गर्ने कार्यको सुरुवात गरिएको छ ।
ज्ञठ।विभिन्न कार्यक्रम तथा आयोजनाहरुवाट यस जिल्लाको ५१ वटै गाविसमा सामाजिक परिचालन कार्यक्रम अन्र्तगत वडा नागरिक मञ्च गठन भई स्थानीय स्त्तरवाटै योजना तथा कार्यक्रम छनोट गर्ने प्रणलीको विकास गरिएको छ ।
विगतमा अख्तियार गरिएका उल्लेखनीय र प्रसंशनीय नीति तथा कार्यक्रमहरुलाई पनि महत्व दिंदै आज शुभारम्भ भैरहेको जिल्ला परिषद्मा म रोल्पा जिल्लाको आ.व. ०६८÷६९ को यथार्थ खर्च, आ.व. ०६९÷७० को संसोधित अनुमान तथा आ.व. ०७०÷७१ को नीति तथा कार्यक्रम प्रस्तुतिका लागि अनुमति माग्दछु ।
जिल्लाको २०६८÷०६९ को आय व्यय
आ.व. २०६८÷०६९ मा जिल्लामा संचालित विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्र लगायत जिविसको गरी कूल रु. १ अरव २५करोड ३० लाख ८० हजार व्यय भएको देखिन्छ । कूल खर्चमध्ये सरकारी क्षेत्रको करीब ९१.५ प्रतिशत र गैरसरकारी क्षेत्रको ८.५ प्रतिशत योगदान रहेको छ । यसरी खर्च भएको बजेट मध्ये चालू तर्फ ५९ दशमलव ९७ प्रतिशत र पूँजीगत तर्फ ४० दशमलव ०३ प्रतिशत रहेको छ ।
जिल्ला विकास समितिको लागि २०६८÷०६९ मा कूल आय रु ३८ करोड ५९लाख ८२ हजार संसोधित अनुमान गरिएकोमा यथार्थमा कूल रु ३६ करोड ९८ लाख ९४ हजार रहेको छ । जसमध्ये चालूतर्फ रु १३ करोड २८ लाख ८३ हजार तथा पूँजीगत तर्फ रु २३ करोड ७० लाख ११ हजार खर्च भएको देखिन्छ । यस क्रममाः चालू तर्फ कूल व्ययको ३५ दशमलव ९३ प्रतिशत र पूँजिगत तर्फ ६४ दशमलव ०७ प्रतिशत खर्च भएको छ ।
यसैगरी, अव म आ.व. ०६९÷७० को संसोधित आय व्यय प्रस्तुत गर्नचाहन्छु ।
आ.व. ०६९÷७० को संशोधित आय व्यय विवरण
आ.व. २०६९।०७० का लागि विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रको स्वीकृत एवं संसोधित बजेट रु. १ अर्व २४ करोड १० लाख ९५ हजार रहेको छ । उक्त बजेटमध्ये चालू तर्फ ४१ करोड ९५ लाख २४ हजार (करीब ३७.३० प्रतिशत) र पूँजीगत तर्फ रु.७० करोड ५२ लाख २१ हजार (६२.७० प्रतिशत) रहेको छ । कूल विनियोजन रकमको सरकारी क्षेत्रका ९०.६२ प्रतिशत र गैरसरकारी क्षेत्रको ९.३८ प्रतिशत योगदान रहने देखिन्छ ।
यस अन्र्तगत जिविस कार्यालयल तर्फ हेर्दा चालू आ.व. २०६९।७० को लागि गत परिषद्मा कूल आय रु. ४२ करोड १४ लाख ७५ हजार रुपैयाँ अनुमान गरिएकोमा संसोधित अनुमान रु ३४.करोड ७७ लाख ६९ हजार रहेको छ । उक्त आय कूल संसोधित आयको १७ दशमलव ५५ प्रतिशत कम देखिन आउँछ ।
योजना तथा कार्यक्रम तर्जुमा गर्दा लक्षित वर्ग र विकासको मूल प्रवाहमा पछाडि परेका जनताको भावनालाई समेट्न सकियोस भनी योजना तर्जुमाका सबै चरणहरु पूरा गर्दै बस्तीस्तरबाटै योजना तथा कार्यक्रम तर्र्जुुमा गर्ने प्रकृयालाई आत्मसात गर्र्दै देहाय वमोजिमको मार्गदर्शक , सिद्धान्त तथा नीतिहरु लाई अवलम्वन गरिएको व्यहोरा म यहाँहरु सामु राख्ने राख्दछु ।
ज्ञ। नेपालको अन्तरिम संविधानमा उल्लेखित राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरु,
द्द। राष्ट्रिय योजना आयोग र विषयगत मन्त्रालयवाट प्राप्त मार्गदर्शन र वजेट सिलिङ्ग,
घ। तीन वर्षिय योजनामा निर्दिष्ट गरिएका उदेश्य, लक्ष्य र प्राथमिकताका विषयहरु ,
द्ध।सहस्राव्दी विकासका लक्ष्यहरु,
छ।स्थानीय स्वायत्त शासन ऐन २०५५ र तत्सम्बन्धी नियमावली २०५६ मा व्यवस्था भएको सहभागितात्मक योजना तर्जुमा पद्धतिका आधारहरु,
ट। जिल्ला विकास समिति अनुदान संचालन निर्देशिका ,२०६७ र अन्य कार्यविधि तथा निर्देशिकाहरु,
ठ। विषयगत कार्यालयहरु र जिविसको कार्यालयद्वारा संचालित क्रमागत÷सालवसाली कार्यक्रमहरु,
ड।विगत परिषद्का निर्णय, नीति, योजना तथा कार्यक्रमहरु
उपरोक्त मार्गदर्शनलाई अधार मान्दै १४औ जिल्ला परिषद्वाट पारित दृष्टिकोण सुन्दर रोल्पा,समृद्ध रोल्पा, पौरखी जनताको गतिशील रोल्पाको यथार्थ नजिक पुग्नको लाागि आर्थिक,सामाजिक विकास तथा मानवीय क्षमतामा अभिबृद्धि गरी आर्थिक समृद्धि हासिल गर्ने उद्देश्य लाई यस जिल्ला परिषद्ले पनि निरन्तरता दिएको छ ।
उक्त उद्देश्यलाई कार्यान्वयन गर्नकोे लागि देहाय वमोजिमका नीतिहरु तय गरिएका छन् ः
ज्ञ। यसै आ.वमा जिल्ला सडक गुरुयोजना निर्माण गरी जिल्ला सदरमुकाम रोल्पालाई केन्द्र मानेर जिल्लासंग जोडिएका अन्य छिमेकी जिल्लाको सिमानासम्म तथा जिल्लाको ऐतिहासिक र महत्व वोकेका स्थान सम्म सडकको पहुच पुर्याउने र सडकको पहुच नपुगेको स्थानहरुमा अवश्यकता अनुसार झोलुङ्गे पुल निर्माण कार्यलाई प्राथमिकता दिइने छ ।
द्द। द्वन्द्वका कारणले बिग्रे भत्केका भौतिक संरचना पुनःर्निर्माण र द्वन्द्वका कारणले विस्थापित व्यक्ति तथा कार्यालयहरुलाई(सेवा केन्द्र तथा वैंक) पुनस्र्थापनाका लागि भौतिक पूर्वाधारको साथै सामाजिक सद्भावना कायम गर्ने कुरालाई विशेष ध्यान दिई योजना तथा कार्यक्रम तर्जुमा गर्ने नीति लिइने छ ।
घ। जिल्लामा विभिन्न कार्यक्रमहरुवाट संचालनहुने सिंचाई सुविधाका कार्यक्रमहरुलाई समन्वयात्मकरुपमा संचालन गर्दै आगामी आ.व देखि सामुदायीक सिंचाई परियोजना अन्र्तगतका आयोजनाहरुको कार्यान्वय गरिनेछ ।
द्ध। सन् २०१७ सम्ममा खुला दिसामुक्त राष्ट्र घोषण गर्ने नेपाल सरकारको नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न ,स्वच्छ खानेपानी सुिवधाको विकास र विस्तार गरिने छ भने आधारभुत सरसफाईमा विशेष जोड दिई रोल्पा जिल्लालाई सन् २०१५ सम्म खुला दिशामुक्त र स्वच्छताको जिल्ला घोषणा गर्ने नीति लिईने छ ।
छ। जिल्लामा वाल शिक्षा र आधारभुत शिक्षा देखि उच्च शिक्षाको विकासको लागि आवश्यक पूर्वाधार र संस्थागत विकासमा जोड दिइने र नेपाल सरकारद्धारा घोषित साक्षरता अभियानलाई अझ प्रभावकारी वनाईने छ साथै जिल्ला शिक्षा योजना तर्जूृमा गरी शिक्षाको विकासलाई योजनावद्ध ढंगले अघि वढाईने छ ।
ट। मानव जिवनसंग प्रत्यक्ष सरोकार रहेको स्वस्थ्य सेवालाई गुणस्तरीय,भरपर्दाे र सवैको पहँुचयोग्य वनाउनको लागि स्वास्थ्य चौकी,उपस्वास्थ्य चौकी तथा अस्पतालहरु र आयुर्वेद स्वास्थ्य एवं अन्य वैकल्पिक स्वस्थ्य सेवा प्रदायकहरुको आवश्यक पूर्वाधार, संस्थागत र क्षमता विकासमा जोड दिईने छ ।
ठ। बाल मृत्यू दर र मातृ मृत्यूदरलाई घटाउन आवश्यकता अनुरुप वर्थिङ सेन्टरहरुको निर्माण, महिला स्वास्थ्य स्वंमसेवीका र अन्य स्वास्थ्य कर्मीहरुको क्षमता विकास एवं एचआइभी र एड्स पीडितहरुको लागि आवश्यक राहत तथा पुर्न स्थापना एवं क्षमता विकास तथा अन्य सरुवा रोगहरुको प्रकोप नियन्त्रण र न्यूनीकरणका लागि समन्वयात्मक रुपले कार्य गर्ने नीतिलाई जोड दिईने छ ।
ड। महिला,वालवालीका,जेष्ठ नागरिक,अपाङग,दलित,आदिवासी जनजाती र द्धन्दवाट प्रभावित एंव पीडित तथा विकासको मुल प्रवाहवाट वंचितिमा परेका लक्षित वर्गहरुको लागि आय आर्जन, सीप विकास,चेतनामूलक,क्षमता विकास,संस्थागत विकास र लक्षितवर्ग मैत्रि पूर्वाधार विकासमा जोड दिइने छ ।
ढ। वन तथा वातावरण क्षेत्रको दिगो÷वैज्ञानिक ब्यवस्थापन नीजि तथा गैरसरकारी क्षेत्रको समेत सहभागितामा जलवायु परिवर्तन र वाढी पहिरो, भ–ूक्षयबाट पर्न जाने प्रभावको न्यूनीकरण र अनूकूलनका कार्यक्रमलाई समन्वयात्मक रुपमा अघि बढाउदै प्रकोप नियन्त्रण तथा व्यवस्थापन गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ। साथै जडीवुटीको उत्पादन ,प्रशोधन तथा दिगो व्यवस्थापनको लागी कार्यक्रम संचालन गरिने छ ।
ज्ञण्।लघु तथा साना जलविद्युतहरुको उत्पादन एवं वैकल्पिक तथा नविकरणीय उर्जाको प्रयोगवाट यस जिल्लालाई विद्युतीय सेवा उपलव्ध गराउन उर्जा विकास योजना तर्जुमा गरी आवश्यक कार्यक्रमहरु संचालन गरिने छ।
ज्ञज्ञ। स्थानीय सम्पदा, भाषा, कला, साहित्य तथा संस्कृतिको माध्यमबाट पर्यटनको विकास गर्ने र यसका लागि संभावित स्थानमा होमस्टे संचालन, पर्यटनको नयाँ आयाम युद्ध पर्यटन तथा यसका लागि पूर्वाधारको रुपमा रहेको हवाई यातायातको संचालनको लागि हवाई मैदान निर्माणको लागि आवश्यक पहल गरिने छ ।
ज्ञद्द। सामाजिक परिचालन ,आयमुलक, सीप विकास,चेतनामुलक तथा स– साना पूर्वाधार विकासका कार्यक्रमहरु गैर सरकारी संस्थ र सहकारी र अन्य सामुदायीक संस्थगाहरुसंगको साझेदारी र समन्वयमा संचालन गरिने छ ।
ज्ञघ। पारदर्शिता, जवाफदेहिता, सार्वजनिक उत्तरदायित्व, सहभागितात्मक अनुगमन प्रणाली लगायतका सुशासनका तत्वहरुलाई इ–गभर्नेन्सको माध्यमबाट प्रभावकारी बनाउनुका साथै जिल्ला विकास समितिका अन्तरिक आय वृद्धि गर्न आवश्यक नीति लिइने छ ।
प्रमुख अतिथिज्यू लगायत उपस्थित महानुभावहरु,
म अब उल्लेखित उद्धेश्य, नीति तथा रणनीतिहरुका आधारमा आगामी आव २०७०÷०७१ मा संचालन गरिने कार्यक्रमहरु मध्ये जिल्ला विकास योजनामा समावेश गरिने मूख्य मूख्य कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु ।
संरचना तथा पूर्वाधार विकास
ज्ञ। जिल्ला परिषद्बाट छनोट भएका तथा जिल्ला सडक योजनावाट प्राथमिकतामा परेका र अन्य निकायवाट संचालित विकास समितिले निर्माण गरिरहेका सडक योजना तथा कार्यक्रमलाई क्रमागतरुपमा राख्दै सडक संजाल विस्तार गर्न तथा यथाशीघ्र निर्माण कार्य सम्पन्न गर्न कुल वजेटको १९ प्रतिशत विनियोजन गरिेको छ साथै जिल्ला विकास समितिको कुल पूजिगत विनियोजनको १९.५ प्रतिशत रकम विनियोजन गरिएको छ ।
द्द। जिल्ला सदरमुकाम तथा आसपासका क्षेत्रमा उत्पादन हुने फोहरमैलाको उचित व्यवस्थापनका लागि एक आधुनिक ल्याण्डफिल्ड साइटको सम्भाव्यता अध्ययन कार्य प्रकृया अगाडि बढाइएको छ ।
घ। पर्यटकीय र आर्थिक केन्द्रको रुपमा विकास गर्ने उद्धेश्यले होलेरीको एकिकृत विकास योजना तथा नमुना वस्ती योजना जेल्वाङ तथा थवाङको पूर्वाधार विकास कार्य लाई निरन्तरता दिईएको छ ।
द्ध।जिल्लामा निर्माणाधिन ग्रामिण सडक एवं अन्य सडकहरुको दिगो मर्मत संभार,विकास तथा स्त्तरोन्नतीका लागि सम्वन्धित उपभोक्ता समिति,संघ संस्था तथा यातायात व्यवसायी विचको समन्वयमा आयोजनागत मर्मतसम्भार कोष स्थापना गरि संचालन गरिने छ ।
छ।विगतका वर्षहरुमा निरन्तरता दिदै आएको बर्थिंङ सेन्टर निर्माण कार्यलाई निरन्तरता दिइएको छ यस आ.वमा ३ वटा वर्थिङ सेन्टर निर्माण गरिने छ ।
ट। झोलुङ्गे पुलको लागत अद्यावधिक गरि विभिन्न निकायसंगको सहकार्य तथा समन्वयमा प्राथमिकताक्रम अनुसार ७ वटा झो.पु निर्माण गरिने छ ।
ठ। जिल्ला विकास समिति र जिल्ला प्रविधिक कार्यालय एवं अन्य निकायहरुवाट गाविस भवन विद्यालय भवन ,स्वास्थ्य चौकी,सामुदायिक भवन लगायत अन्य आवश्यक भवनहरुको निर्माण गरिने छ ।
भूमि तथा जलश्रोत विकास
ज्ञ। जिल्लामा लघु जलविद्युतको प्रचर सम्भावना रहेकोले विभिन्न निकायसंगको साझेदारी,समन्वय तथा सहकार्यमा चारवटा लघु जलविद्युत आयेजना निर्माणको सुरुवात गरिने छ। साथै लघु एवं वैकल्पिक उर्जाको विकासका लागि आवश्यक रकम समपुरकको रुपमा विनियोजन गरिएको छ ।
द्द। क्रमागत खानेपानी योजनालाई निरन्तरता दिई खानेपानीको पहुँच अभिवृद्धि गर्न अन्य खानेपानी आयोजनाहरुको अध्ययन र निर्माण गरिने छ ।
घ। योजनावद्ध रुपले जिल्लामा सिंचाई क्षेत्रको विकास निर्माण गर्नको लागि यसै आ.वमा जिल्ला सिंचाई गुरु योजना तर्जुृमा गरिने छ साथै सामुदायीक सिंचाई आयेजनावाट विभिन्न १४ योजनाहरुको सम्भाव्यता अध्ययन पुराभई ५ वटा योजनाको यसै आ.व वाट निर्माण कार्य संचालन हुने छन् यसवाट ६०.८७ हे. जमिन सिंचित भई १४४ घुरी लाभान्वित हुनेछन् ।
द्ध। जिल्लामा जलविद्युतको प्रचुर संभावना रहेकोले विभिन्न निकायसंगको साझेदारी ,समन्व्य तथा सहकार्यमा जिल्लाभित्र विद्युत उत्पादन गर्न आवश्यक पहल गरिने छ यसको लागि आवश्यक रकमको व्यवस्था गरिने छ ।
कृषि वन तथा वातावरण
ज्ञ। कृषि क्षेत्रको विकास,विस्तार तथा अधुनिकिकरणलाई टेवा पु¥याउन जिल्ला विकास समिति र गाउँ विकास समितिबाट केन्द्रिय निशर्त अनुदानवाट प्रप्तहुने प्रवद्र्धनात्मक तर्फको वजेटको न्यूनतम् १५ प्रतिशत रकम कृषि क्षेत्रमा विनियोजना गरि खर्च गर्ने व्यवस्था गरिएको छ ।
द्द। आर्थिक क्रियाकलापहरु संचालन हुने प्रमुख व्यापारिक नाकाको रुपमा परिचित सुलिचौर,घर्तिगाउँ,होलेरी,फुलिबन,वुढागाउँ, वजारमा जडिवुटीको तथा तरकारी प्रशोधन तथा वजारीकरण गर्ने उद्धेश्यलाई मध्यनजर गरी जडिवुटी तथा तरकारी संकलन केन्द्रको स्थापना गर्ने कार्य अगाडि बढाइएको छ ।
घ। जिल्लाको प्रमुख तरकारी उत्पादन हुने माडिचौर,बुढागाउँ,जुगार,गैरिगाउँ क्षेत्रलाई कृषि तथा पशुजन्य उत्पादन तथा संकलन केन्द्रको रुपमा विकास गर्ने कार्यलाई निरन्तरता दिइएकोे छ ।
द्ध।पूर्वाधार विकास अन्र्तरगत विशेषगरी सडक निर्माण र स्त्तरोन्नति कार्य गर्दा जिल्ला वन कार्यालय र भू.संरक्षण कार्यालयसंग समन्वय गरी वन तथा वातावरण को संरक्षण ,सम्वर्धन र विकासकालागि आवश्यक वजेट विनियोजन गरिएको छ ।
जनसंख्या तथा सामाजिक विकास
ज्ञ। सन् २०१५ सम्ममा रोल्पा जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गर्न कार्य योजनाका साथ अभियान अगाडि वढाईने छ यसका लागि खानेपानी तथा सरसफाई कार्यक्रम अन्र्तगत २० प्रतिशत रकम विनियोजन गरिने छ । साथै प्रोत्साहन स्वरुप आफ्नै श्रोत र साधनले खुला दिशामुक्त घोषणा गर्ने गाउँ विकास समितिलाई १ लाख अनुदान दिईने व्यवस्था गरिएको छ ।
द्द। बाल स्वास्थ्य,शिक्षा,सुरक्षा र अधिकारको क्षेत्रमा प्रवर्धन गर्न तीनवटा गाउँ विकास समितिमा वाल मैत्री स्थानीय शासन कार्यक्रम संचालन गर्नको लागि आवश्यक रकम विनियोजन गरिएको छ ।
घ। सामुदायीक विद्यालयवाट जिल्लामा प्रत्येक वर्ष एस.एल.सी.मा प्रथम हुने छात्र र छात्रालाई क्रमश १०।१०हजार पुरस्कार स्वरुप दिने व्यवस्था गरिएको छ ।
द्ध।लोक सेवा आयोगको तयारी कक्षा संचालन गरी निजामति क्षेत्रमा प्रवेश गराउनका लागि महिल, दलित, जनजाति र अपांगहरुको क्षमता विकासको लागि आवश्यक रकम विनियोजनागरिएको छ ।
छ।यस अघि जिल्लाका प्रसुति केन्द्रहरुमा सुत्केरी गराउन सहयोग पु¥याउने महिला स्वयंसेविकाहरुलाई प्रतिवच्चा जन्माउन सहयोग गरे वापत प्रदान गरिंदै आएको रु. १००। लाई आगामी आ.व मा पनि निरन्तरता दिईएको छ ।
ट। ज्येष्ठ नागरिक,असाहय,अपाङ्ग,एकल महिला आदि लक्षित वर्गकालागि जीवन निर्वाह स्वरुप आवश्यक सामाजिक सुरक्षा भत्ता उपलव्ध गराईने छ साथै सम्मानको लागि आवश्यक रकम विनियोजन गरिएको छ ।
सुशासन तथा क्षमता अभिवृद्धि
ज्ञ। जिल्ला विकास समिति र यस अन्र्तगतका निकायहरुलाई सक्षम, सुदृढ, सेवामुलक, उत्तरदायी तथा परिवर्तनमुखी वनाउन संगठन विकासको अध्ययन कार्य तत्काल सम्पन्न गरी गाविस तथा शाखा तथा उपशाखाहरुको सुदृढिकरण गर्दै ई गर्भनेन्सको मान्यता अनुरुप क्षमता विकासका कृयाकलापहरु संचालन गरिने छ ।
द्द। जिल्ला विकास समितिमा स्थापित जिल्ला सूचना तथा अभिलेख केन्द्रलाई व्यवस्थित गराई सूचना व्यवस्थित गर्न आवश्यक पर्ने पूर्वाधारको विकास गर्दै जानकारी एवं सूचनामुलक गतिविधिहरुको पुस्तक,पम्प्लेट तथा वुलेटिनहरु प्रकाशन गरिने छ ।
घ। जिल्ला विकास समितिवाट प्रकाशन तथा प्रशारण हुने सूचना तथा जानकारीमूलक गतिविधिहरुको स्थानीय संचार माध्ययमवाट प्रकाशन तथा प्रशारणका लागि स्थानीय सचार माध्ययमलाई प्राथमिकता दिइनुका साथै स्थानीय संचारकर्मीहरु को संस्थागत क्षमता विकासमा जोड दिईने छ ।
द्ध।स्थानीय स्वायत्त शासन नियमावली अनुसार स्थापना गरिएका विभिन्न विशेष कोषहरु लगायत अन्य कोषहरुको प्रभावकारी व्यवस्थापन तथा जिल्ला विकास समितिवाट संचालित हुने विभिन्न कृयाकलापहरुको व्यवस्थापनको लागि आवश्यक निर्देशिका÷ कार्यविधि बनाई संचालन गरिने छ ।
छ।जिल्ला विकास समितिको कर,दस्तुर तथा भाडा (आन्तरिक आय ) न्यून रहेकोले जिल्लाको आन्तरिक आय अभिवृद्धिको लागि यसै आ.व.मा राजश्व प्रक्षेपण गरीे कार्यान्वय गरिने छ ।
ट।जिल्लामा भएका विकास निर्माणका कार्यहरुलाई गुणस्त्तररुपमा संचालन र कार्यान्वयन गर्न कार्ययोजनाका साथ सुपरिवेक्षण र अुगमन कार्यलार्य प्रभावकारी वनाईने छ ।
आदरणीय प्रमुख अतिथिज्यू एवं उपस्थित महानुभावहरु,
अब म माथि उल्लेखित नीति तथा कार्यक्रमहरु प्राप्तिका लागि आगामी आ.व. २०७०÷०७१ को आय व्यय अनुमान पेश गर्ने अनुमति माग्दछु ।
आ.व. २०७०÷०७१ को आय–व्यय अनुमान
आ.व. २०७०÷०७१ का लागि जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्र एवं जिविसको समेत गरी जिल्लाको कूल वजेट रु. १ अर्व ९६ करोड ३७ लाख १ हजार अनुमान गरिएको छ । चालू आ.व.को संशोधित बजेट भन्दा यो वजेट ३६ दशमलव ९८ प्रतिशतले वढी प्रस्ताव गरिएको छ । जिल्ला विकास समिति र अन्य निकायहरुसंगको सहकार्य, सम्वाद र ती निकायबाट यस आ.व.मा यस जिल्लामा गरिने क्रियाकलापहरुबारे जिविसलाई प्राप्त जानकारीका आधारमा उक्त अनुमान गरिएको छ । आगामी आ.व.का लागि गरिएको बजेट अनुमान मध्ये चालूतर्फ रु. ६९ करोड ११ लाख ९ हजार (करीब ३५.०९ प्रतिशत) र पूँजीगततर्फ रु. १ अरव २७ करोड ८२ लाख ६१ हजार (६४.९१ प्रतिशत) प्रस्ताव गरिएको छ ।
यसैगरी, जिविसको खूद आय तर्फ रु. ४० करोड ६४ लाख ३३ हजार रुपैयाँ अनुमान गरिएको छ । जसमध्ये जिविसको आफ्नो आन्तरिक श्रोतबाट मात्र प्राप्त हुने आय जम्मा रु. २ करोड ७५ लाख तथा केन्द्रबाट प्राप्त हुने तथा अन्य श्रोत गरी रु.३७ करोड ९८ लाख ३३ हजार अनुमान प्रस्ताव गर्दछु । आगामी आ.व. २०७०।०७१ का लागि प्रस्ताव गरिएको अनुमानित आय रकम चालू आ.व. २०६९।०७० मा गरिएको संसोधित अनुमान भन्दा १६ दशमलव ८६ प्रतिशतले बढी रहेको छ ।
व्यय तर्फ चालू आ.व. २०६९।०७० को संसोधित अनुमानको तुलनामा १४ दशमलव४३ प्रतिशतले बृद्धि गरी कूल रु ४० करोड ६४ लाख ३३ हजार रुपैयाँ अनुमान प्रस्ताव गरिएको छ । जसमध्ये कार्यक्रम (पूँजीगत) तर्फ रु २४ करोड ३ लाख ६० हजार रुपैयाँ (व्यय अनुमानको करीव ५९ दशमलव १४ प्रतिशत रकम) अनुमान गरिएको छ । यसैगरी प्रशासनिक (चालू) तर्फ रु. १६ करोड ६० लाख ७३ हजार (कुल व्यय अनुमानको ३९ दशमलव ८६ प्रतिशत) प्रस्ताव गरिएको छ । चालूतर्फको खर्च चालू आ.व.को संसोधित आयको ७ दशमलव ८ प्रतिशतले बृद्धि हुने गरी खर्च प्रस्ताव गरिएको छ । त्यसै गरि पूजिगत खर्च तर्फ चालु आ.व.को १९ प्रतिशतले वृद्धि हुने गरि खर्च प्रस्ताव गरिएको छ ।
प्रस्तुत बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि प्रमुख अतिथिज्यू,एवं मञ्चमा आसिन अतिथिज्यूहरु र उपस्थित सम्पूर्ण महमनुभावहरुको महत्वपूर्ण सल्लाह र सुझावको खाँचो रहेको छ । साथै यस जिल्लाको बहुआयामिक विकास गरी शैक्षिक,पर्यटकीय,औद्योगीक,व्यापारिक,साँस्कृतिक रुपमा सवल,सक्षम,आत्मनिर्भर र समृद्ध वनाउनका लागि सामूहीक प्रयास जरुरी छ । यसको पूर्ण कार्यान्वयका लागि राजनैतिक दल नीजि क्षेत्र,नागरिक समाज, सेवाग्राही जनता लगायत सवै पक्षवाट पूर्ण सहयोग हुने छ भन्ने कुरामा म विश्वस्त छु ।
जिल्ला विकास समितिको प्रस्तुत नीति,वजेट तथा कार्यक्रम तर्जुमा गर्नको लागि अमूल्य सुझाव,सहयोग र समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने, राजनैतिक दलका प्रमुख तथा प्रतिनिज्यूहरु,विषयगत कार्यालयका प्रमुखज्यूहरु,राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय लगयत विभिन्न आयोजना, कार्यक्रमका प्रमुख तथा प्रतिनिधिज्यूहरु र दाता निकायहरु लगायत कार्यालयका सम्पूर्ण कर्मचारी र गाउँ विकास समितिका सचिव साथीहरु लाई विशेष आभार व्यक्त गर्न चाहन्छु ।
आफ्नो व्यस्त समयका बावजुद् आजको यस परिषद्को उद्घाटन कार्यक्रममा पाल्नु भै यसको गरिमा बढाई दिनु भएकोमा प्रमुख अतिथि,विशेष अतिथि एवं अन्य अतिथि लगाउत सम्पूर्ण उपस्थित आदरणीय महानुभावहरुमा जिल्ला विकास समिति रोल्पाको तर्फवाट हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
अन्तमा परिषद् सम्पन्न गर्न अहोरात्र खटी रहने मेरा सहकर्मी कर्मचारी मित्रहरुलाई विशेष धन्यावाद दिन्छु ।
धन्यावाद !
हिरालाल रेग्मी
जि.वि.स प्रमुख एवं
स्थानीय विकास अधिकारी
०६९ माघ २७ गते शनिवार
0 comments
Post a Comment