Adds

Labels

Blogroll

सङ्कटमा परम्परागत गन्धर्व संस्कृति

सङ्कटमा परम्परागत गन्धर्व संस्कृति


                गन्धर्व पौराणिक कालमा वर्णित एक जाति हो । हाल नेपालको विभिन्न भागमा बसोवास गरी सारङ्गी रेटेर गीत गाउँदै हिड्ने गाइनेहरूलाई पनि गन्धर्व जाति भनिन्छ ।
 बढ्दो आधुनिकताको प्रभावसँगै परम्परागत गन्धर्व पेसा सङ्कटमा परेको छ । 
परम्परागत सांस्कृतिक शैलीमा विभिन्न घटना र सूचनालाई गीतसङ्गीतका माध्यमबाट समुदायमा पु¥याउने गन्धर्व गायकहरू आफ्नो पुख्र्यौली गायन पेसाबाट पलायन हुँदै गएका छन् । 
 आधुनिक सूचना प्रविधिको विकास र नयाँ पुस्ताको चासो कम हुँदै गएपछि पेसा सङ्कटमा परेको स्वयम् गन्धर्वहरू बताउँछन् । घरघरमा रेडियो, टेलिभिजनजस्ता सूचना प्रविधिका सामानको बढ्दो प्रयोग र आधुनिक संस्कृतिको चेपुवामा परेका कारण गन्धर्व संस्कृति लोप हुने अवस्थामा पुगेको बागलुङ, हटियाका चिन्तामणि गन्धर्वले बताउनुभयो । 
 देशविदेशमा घटेका घटनालाई गीतको भाका हालेर घरदैलोमा सुनाउँदै हिँड्ने गन्र्धवहरू अहिले गाउँ घरतिर देखिन छोडेका छन् भने सारङ्गीको धुन सुन्न पनि नौलो हुन थालिसकेको छ । ‘लोकलयमा आधारित गन्र्धव सङ्गीत नेपाली समाजको सांस्कृतिक गहना होचिन्तामणिले भन्नुभयो बाबुबाजेको पालामा राम्रो जगेर्ना भइरहेकै थियो तर अहिले यसतिर कसैको चासो छैन ।चिन्तामणि जस्तै केही गन्र्धवले भने अहिले पनि गन्धर्व पेसालाई जोगाइरहेका छन् । 
 एकातिर मौलिक संस्कृतिको संरक्षण र अर्कोतिर हाम्रो जीविकोपार्जनको राम्रो आधार पनि यही पेसा थियोचिन्तामणिले भन्नुभयो अहिले जिविका चलाउन पनि धौधौ भइरहेको छ, जानेबुझेको पेसा छोड्नुपर्ने अवस्था आउँदैछ ।गन्धर्व जातिको पहिचान नै गुम्ने हो की भन्ने चिन्ता उहाँमा छ । सारङ्गीको तारमा मानिसका सुखदुखका कथा रेट्ने र गाउँगाउँमा सुनाउँदै हिँड्ने गन्धर्वहरू अहिले बिरानो बन्दै गएका छन् । 

0 comments

Post a Comment