Adds

Labels

Blogroll

झण्डै दुई तिहाइ नेपाली संवेदनाहीन


१२ पुस, काठमाडौं । विश्वमा संवेदना नभएका मान्छेहरुको तेश्रो स्थानमा नेपालीहरु पर्छन् । हरेक सय जनामा ६२ जना नेपालीहरु संवेदनाहीन भएको एक अध्ययनले देखाएको छ । अमेरिकी अनुसन्धान संस्था ग्यालपले गरेको अध्ययनले यस्तो देखाएको हो ।
दुई वर्ष लगाएर गरिएको अध्ययनअनुसार विश्वमा सबैभन्दा संवेदनाहीन जनता सिंगापूरका छन् । संवेदना नभएका जनताको दोश्रो स्थानमा जर्जिया र लिथुआनियाका जनता संयुक्त रुपमा परेका छन् । तेश्रो स्थानमा नेपालसँगै रुस, मडागास्कार, युक्रेन, बेलारुस, काजखस्तान र किर्गिस्तानका जनता परेका छन् ।
सन् २००९ देखि २०११ सम्मको अबधिमा विश्वका १५० देशका जनतामाझ अध्ययन गरी निकालिएको निष्कर्ष अनुसार केवल ३८ प्रतिशत नेपालीमा मात्र आफ्ना दैनिक क्रियाकलाप तथा अन्य विषयका बारेमा संवेदना अर्थात इमोसन छ ।
अध्ययनको क्रममा विश्वका जनतालाई विभिन्न प्रश्न सोधिएको थियो । के तपाईले हिजो राम्रोसँग आराम गर्नुभयो ? तपाईले हिजो आफुलाई सम्मानित महसुस गर्न सक्नुभयो ? के तपाई हिजो खुबै हाँस्नुभयो ? के तपाईले हिजो कुनै रोचक काम गर्नुभयो ? के तपाइले हिजो सुख, दुःख, पीडा, निरासा तथा क्रोध मध्ये कुनै संवेदना अनुभुति गर्नुभयो ? लगायतका प्रश्न सोधिएका थियो ।
यी प्रश्नबाट प्राप्त उत्तरको आधारमा ३६ प्रतिशत सिंगापुरेले मात्र यी सोधिएका प्रश्नमा सक्रियता पूर्वक हो वा होइन भन्ने जवाफ दिए । सयमा ६६ जना सिंगापुरेहरुलाई अनुभुति तथा संवेदनाका यी सवालमा कुनै चासो थिएन । अर्थात् ६६ प्रतिशत सिंगापुरेले आफुलाई सोधिएका प्रश्नहरुमा कुनै प्रतिक्रिया जनाएनन् ।
यस्तै जर्जिया तथा लिथुआनियाका जनतामध्ये पनि सयमा केवल ३७ जनाले मात्र संवेदनाको अनुभुति प्रकट गरे ।
अध्ययन अनुसार विश्वमा सबैभन्दा बढि संवेदना भएका जनता फिलिपिन्सका हुन् । ६० प्रतिशत फिलिपिनोहरु संवेदनायुक्त भएको अध्ययनको निष्कर्ष छ । बढि संवेदना भएका जनतामध्ये दोश्रो स्थानमा साल्भाडोर, तेश्रो स्थानमा बहराइन, चौथो स्थानमा ओमान र कोलम्बिया तथा पाँचौ स्थानमा क्यानडा तथा अमेरिका लगायतका देशहरु परेका छन् ।
संवेदनाको हकमा कुरा गर्दा दक्षिण अमेरिकी जनताहरुमा सकारात्मक संवेदना बढि भयो र नकारात्मक संवेदना इराक तथा प्यालेस्टाइन लगायतका देश र उत्तरी अफ्रिकी देशहरुका जनतामा अत्यधिक रहेको पाइएको छ ।
केही समय पहिलेको अध्ययनले पनि दक्षिण अमेरिकी जनता सबैभन्दा सुखी तथा खुशी रहेको देखाएको थियो ।

आईबिएम भन्दा पहिले नेपालमा माइक्रो कम्प्युटर


झट्ट सुन्दा पत्याउन गाह्रो पर्ने कुरा, र खासै चर्चा, परिचर्चा गरेको पनि सुनिँदैन । तर नेपाल पनि कम्प्युटर प्रविधि विषयमा धेरै पहिले देखि काम हुँदै आएको रहेछ । अमेरिकामा एप्पल, आइबिएम, माइक्रोसफ्ट आदि कम्पनीहरु आफ्नो पहिलो माइक्रो कम्प्युटर बनाउने प्रयास गरिरहँदा, नेपालमा पनि यस्तै प्रयास भइरहेको थियो । परिणामस्वरुप आइबिएम भन्दा २-३ वर्ष पहिले नै, नेपालमै माइक्रोचिप्स प्रयोग गरेर माइक्रो कम्प्युटर निर्माण भएको थियो । हिजोलोकस २०१२ मा नेपालमा पहिलो कम्प्युटर बनाउने व्यक्ति भनेर परिचित ईन्जिनियर मुनिबहादुर शाक्यको कुरा सुनिरहँदा, एकमनले रमाइलो र अर्को मनले नरमाइलो लाग्यो ।muni-bahadur-shakyaआइबिएम, एप्पल, माइक्रोसफ्ट लगायतका कम्पनीहरुकै हाराहारीमा तत्कालिन समयमा ईन्जिनयर मुनिबहादुर शाक्यले नेपालमै कम्प्युटर बनाउनु भएको थियो । रमाइलो र गौरव यसअर्थमा लाग्छ कि, त्यो समय देखि नै नेपालमा पनि कम्प्युटरको विकास भएको रहेछ, जुन समयमा भारतमा यही किसिमको काम भएको थिएन । तर नरमाइलो यस अर्थमा लाग्यो कि, आइबिएम, एप्पल जस्ता कम्पनीहरु कहाँ पुगे, तर हामी जहिँको तहिँ । हामी सँधै बुद्ध र सगरमाथा भन्दै नाक फुलाएर बसेका छौँ, यदि एप्पल वा आइबिएम जसरी शाक्यको कम्प्युटर विश्वभरि फैलिएको हुँदो हो त, हामी नेपाल र नेपाली भनेर संसारसामु चिनिने थियौँ होला, कसैले गौतमबुद्ध र सगरमाथा मेरो भन्ने साहस पनि गर्दैन थियो होला । नेपाल पश्चिमी मुलुक जत्तिकै सुविधा सम्पन्न पनि हुनेथियो होला । शाक्यको कुरा सुन्दै जाँदा यस्तै यस्तै कुराहरु मनमा खेल्दै रहे ।
हार्डवेयर निर्माणबाट प्रसिद्दि कमाएको आइबिएमले सन् १९८१ मा माइक्रोचिप्सयुक्त माइक्रोकम्प्युटर निर्माण गरेको थियो । तर त्यस भन्दा २-३ वर्ष पहिले नै मुनिबहादुर शाक्यले त्यस्ता कम्प्युटरहरु नेपालमै बनाउनु भएकोथियो । सन् ७०-८० को दशकमै विश्वमा कम्प्युटरको विकासक्रमले गति पाएकोथियो ! मुनिबहादुर शाक्यको कुरा यतिमै सिमित छैन, केही न केही नयाँ गर्न रुचाउनुहुने शाक्यले कम्प्युटरको लागि सन् १९८३ मा ‘देवनागिरी लिपी’को पनि निर्माण गर्नु भएकोथियो । 
शाक्यको रुचि रोबोटिक्समा पनि थियो, त्यसै समयमा उहाँले आफ्नो घरलाई यान्त्रिक बनाउनुभएको थियो । उहाँले आफ्नो आवाजबाट नियन्त्रण गर्न सकिने प्रविधि विकास गर्नुभएको थियो । पानी खोल्न, बत्ति बाल्न निभाउन, रेडियो बजाउन, बन्द गर्न छुनै नपर्ने, शाक्यले यी सबैकुरा आफ्नो आवाजबाटै गर्नुहुन्थ्यो । पानी भन्नेबित्तिकै पानी आउने, रेडियो भन्ने बित्तिकै रेडियो बज्ने । कुरा सुनिरहँदा कुनै एकादेशको कथा सुनिरहेजस्तो लाग्यो ।
muni-shakya-nepali-computer-scientistउहाँ ७० वर्ष टेक्दा पनि उत्तिकै फुर्तिलो हुनुहुन्छ भन्ने कुरा अहिले गरिरहेका कुराहरुले पनि पुष्टि गर्छ । उहाँले माइक्रोकम्प्युटर देखि, ग्रिन कम्प्युटर, सुपर कम्प्युटर, नेपाली रोबट्सहरु बनाउनु भएकोछ र अहिले ग्रिन कम्प्युटरलाई नै अघि सार्नुभएकोछ । २० वाट भन्दा कम पावर खपत गर्ने ग्रिन कम्प्युटरको निर्माण गर्नुभएका शाक्यले यही ग्रिन कम्प्युटर मार्फत देशको पश्चिमि भागमा टेलिमेडिसिन समेत सञ्चालन गरिरहनु भएकोछ ।
सन् १९४२ मा जन्मनु भएका शाक्यले सन् १९६५ मा भारतबाट रेडियो इलेक्ट्रोनिक्सको कोर्स गर्नुभएको थियो भने, १९७२ मा बेलायतबाट कम्प्युटर इन्जिनियरिङ गर्नुभएको थियो । शाक्यको कम्प्युटर पहिलोपटक नेपाल कृषि बैंकले प्रयोग गरेको थियो भने अन्य केही देशहरुमा पनि कम्प्युटर निर्यात गर्नुभएको थियो ।
(नोट: यो जानकारी ब्लगको एडमिनले आफैले तयार परेको हैन हामीले aakarpost.com बाट कपि गरेर लिएका हौ ताकी यो खबर सबैसामु पुगोस भनेर ! धन्यवाद ))

पत्थरी (Stone)

पत्थरी Stone कसरि हुन्छ र  यसबाट कसरि बच्ने ? पुरा पढ्नुहोस 


रगतमा विभिन्न किसिमका खनिज पदार्थहरु हुन्छन ! उधारणको लागि रगतमा क्याल्सियमको मात्रा बढी भएमा मुत्रप्रणालीबाट पिसाबको माध्यमबाट बाहिर त्यागिन्छ ! त्यसरी बढी भएको क्याल्सियम तथा अन्य खनिज पदार्थहरु फोस्केट, युरेस्ट, युरिक एसिड आदि जम्मा भएर बाहिर उत्सर्जित नभएमा मृगौला, मुत्रबाहक नाली, मुत्राशय आदिमा पत्थर बन्छ साथै धेरै बर्षसम्म धेरै मात्रामा बोसोयुक्त खान खाने गरेमा र पित्ताशाय सङ्क्रमण भएमा पित्ताशयमा पत्थर बन्छ ! 

पित्ताशयाको पत्थरी (gallstone)
पित्ताशय कलेजोको पिँधमा पाइने एउटा सानो थैली हो ! यसमा भएको पित्त कलेजोमा पाइने भन्दा कडा (Concentration) हुन्छ ! पित्ताशयको प्रमुख कार्यहरु पित्तलाई कडा बनाउने, पित्तको भण्डार गर्ने र ड्युडेममा आएका चिल्लो पर्दाथ मिसिएका खानको झोल पदार्थमा पित्त पठाउनु हो !  यसले हामीले खाएको चिल्लो पदार्थलाइ पचाउन सहयोग गर्दाछ ! पित्तमा लवन, कोलेस्टेरोल, राता रक्तकोष नासिएर बनेका कणहरु (bilirubin) आदि पाइन्छन् जुन कलेजोमा बनेका हुन्छन ! पित्ताशयमा ति तत्वहरु बिस्तारै जम्मा हुदै गएर पछी साह्रो वस्तु बन्न जान्छ जसलाई पित्ताशयको पत्थरी भनिन्छ ! सामान्यतया यो रोग ४०-५० बर्ष उमेरका मानिसहरुमा लागेको पाइन्छ ! यसका कारणहरु पुरा मात्रामा पहिचान गर्न सकेको छैन तर पित्तको संरचानामा परिवतन, खानामा बढी कोलेस्टेरोलको प्रयोग, मधुमेह रोग, राता रक्तकोष नास्त हुने रोग (haemolytic disease) आदिले पित्ताशयमा पत्थरी हुनम सहयोग गर्दछ ! एदी पित्त नली (common bile-duct) मा पत्थर आएर बस्यो भने त्यस्मनिस्लाई कमलपित्त हुन सक्छ !

लक्षणहरु(Symptoms)
यो रोग भएमा निम्नलिखीत लक्षणहरु देखा पर्छन:
  1. पत्थरी बिस्तारै बन्दै जाने भएकाले बर्षौसम्म पनि कुनै लक्षण देखा नपर्न सक्छ ! 
  2. रोगीले बोसो भएको खना पचौना सक्दैन र अपच हुन्छ किनभने यो रोग लागेमा पित्त उत्पादन र यसको प्रयोगमा बाधा पर्छ ! 
  3. पित्तनलिमा पत्थर भएको कारणले गर्दा पेटको दायाँपट्टि पथिल्लो भागमा अप्ठ्यारो दुख्छ !
  4. यस रोगीलाई वायुले दुख दिन्छ !
  5. पत्थर भएमा अस्पताल गएर अपरेसन गरेर निकाल्ने वा फुटाएर निष्कासन गर्नुपर्छ !
मृगौला पत्थर (Kidney stone)
पित्तथैलीमा जस्तै मृगौलामा पनि ढुङ्गा बन्न सक्छ ! मुत्रमा रहेका विभिन्न तत्वहरु क्याल्सियम, फोस्फेट, युरेटस, युरिक एसिडहरु मुत्रप्रनालिबता राम्रानी निष्काशन नभएमा ति पदार्थहरु बिस्तारैबिस्तारै मृगौलामा जम्मा हुन गइ ठोसरुपमा परिवर्तन भइ ढुङ्गा जस्तो हुन जान्छ ! यसलाई मृगौलाको पठार भनिन्छ ! मृगौलाको कार्यमा बाधा परेमा, मृगौलाको खराबी भएमा र मृगौला ट्युमर भएमा मुत्रप्रणालीले राम्रो काम गर्न सक्दैन ! जसले गर्दा मृगौलामा पत्थर बन्छ ! ढुङ्गा सानो वा ठुलो हुन सक्छ ! मसिना ढुङ्गाहरु मृगौलाबाट निस्किने मुत्रनालिमा र मूत्रथैलीमा पनि आउन सक्छ ! यसले मुत्रप्रणालीमा अवरोध ल्याईदिन्छ ! पत्थरले मृगौलामा समेत क्षति पुर्याउछ !

लक्षणहरु(Symptoms)
मृगौलामा पत्थर बन्दा निम्नलिखीत लक्षणहरु देखा पर्छन:
  1. मृगौला नजिक ढाडमा दुख्छ !
  2. पिसाबमा रगत देखिन्छ !
  3. अनियमित रुपले ज्वरो आउँछ !
  4. अरुची हुन्छ, बान्ता आउँछ !
पत्थरी रोगको रोकथाम तथा नियन्त्रण (Prevention and control)
यो रोगबाट बाच्न र यसको रोकथाम गर्न निम्नलिखित उपय अपनाउनुपर्छ:
  1. प्रशस्तमात्रामा पनि तथा झोल पदार्थ पिउनुपर्छ !
  2. आराम गर्नु पर्छ !
  3. बोसो धेरै भएको खान खानु हुदैन !
  4. पत्थर भएमा अस्पताल गएर अपरेसन गरेर निकाल्नुपर्छ वा फुटाएर निष्कासन गर्नुपर्छ ! 


आलु (Potato)

वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(unranked): Angiosperms (unranked): Eudicots
(unranked): Asterids गण: Solanales
कुल: Solanaceae वंश: Solanum
प्रजाति: S. tuberosum द्विपद नाम
Solanum tuberosum

संस्कृतको बटाटाले आलु जस्तै कन्दमुललाई जनाउने गर्दछ। यहि शव्दबाट स्पेनि भाषाको 'पटाटा' वनेको विश्वाश गरिन्छ। जव स्पेनि नाभिकहरूले दक्षिण अमेरिका(पेरु)मा आलु देखे , त्यसलाई पटाटा भन्न थाले र त्यसैबाट अङ्ग्रेजी शब्द 'पोटाटो' बनेको हो। आलुको वैज्ञानिक नाम 'सोलोनम ट्युवरोसस' हो। हल्याण्डमा 'वेल टेरो' भनिने आलु विश्वकै ठूलो उत्पादक राष्ट्र चीनमा भने 'अर्थ विन' तथा 'ग्राउन्ड नट'ले चिनिन्छ भने फ्रान्समा भने 'पम द तेरे' अर्थात जमीन मुनि फल्ने स्याउको संज्ञा दिने गरिन्छ। गुजराती र मराठी भाषामा संस्कृत कै 'बटाटा' प्रयोग हुन्छ।
समथर मैदानी भूभागदेखि चिसो पहाडसम्म एकछत्र उत्पादन हुन्छ आलु। अफ्रिकादेखि एसिया अनि युरोपदेखि अमेरिकासम्म आलु उत्पादन नहुने कुनै क्षेत्र नै बाँकी छैन। आलुको उत्पत्ति दुई हजार वर्षभन्दा पहिला सर्वप्रथम दक्षिण अमेरिकाको पेरुमा भएको कुरो वैज्ञानिक बताउँछन्। त्यसपछि सत्रौं शताब्दीमा स्पेनका नाविकले पेरु जितेपछि आलुलाई स्पेनमा ल्याएको देखिन्छ भने सन् १५८०मा कोलम्बसले स्पेनबाट युरोप लगिएको पाइन्छ। युरोपको जर्मनी, अष्ट्रिया, फ्रान्स, पोर्चुगल आदि देशमा फैलिन करिब दुई सय वर्ष लागेको आलुलाई पोर्चुगलीले भारतीय उपमहाद्वीपमा प्रवेश गराएको जानकारी इतिहासमा पाइन्छ। तर हिन्दूको प्राचीन ग्रन्थ वेदमा एवं आयुर्वेदिक ग्रन्थ चरकसंहितामा पनि आलुकै र आलु एउटै देखिएकोले हाम्रो यहाँ आलुको उपस्थिति त्यो भन्दा निकै पहिले नै भइसकेको देखिन्छ।
आलु बहूउपयोगि कन्दमूल मानिन्छ। तरकारीको प्रमुख नै मानिने आलु विश्वभरि सबैभन्दा बढी उपयोग गरिन्छ। आलुलाई सदाबहार तरकारीमै मात्र दर्जा प्राप्त छैन। यसमा विलक्षण औषधिय गुणसमेत छ।
आलु पोषक र बलवर्द्धक खाध्य हो। मध्यम खाले एउटा आलुको डल्लामा ११२ क्यालोरी ऊर्जा हुन्छ। आलुमा २० प्रतिशत स्टार्च, २ प्रतिशत प्रोटिन, १ प्रतिशत खनिज र ८० प्रतिशत पानी हुन्छ। सय ग्राम आलुको खानयोग्य भागमा २२.९ प्रतिशत कार्वोहाइड्रेट, १.६ प्रतिशत प्रोटिन, ७४.७ प्रतिशत पानी, ०.०१ ग्राम बोसो, ०.६ ग्राम मिनरल्स, .०१ प्रतिशत क्याल्सियम, ०.०३ प्रतिशत फस्फोरस पाइन्छ। यस्तै प्रतिसय ग्राम आलुमा भिटामिन 'ए' ४० आई.यू. र फलाम ०.७ मिलिग्राम पाइन्छ।
आलुलाई भिटामिन 'सी'को महत्वपूर्ण श्रोत मानिन्छ र आधुनिक पोषण पद्धतिमा भिटामिन 'सी' लाई रोग निरोधक मानिएको छ|।स्पेनका अनुसन्धानकर्ताका अनुसार जो व्यक्तिले दैनिक आलु खान्छन् उनीहरूमा रोगसँग भिड्ने सामथ्र्य बढ्छ। आलुलाई अनाजमा पूरक आहारको स्थान प्राप्त छ। सबै प्रकारको आलु शीतल, मलरोधक, मल तथा मूत्रलाई उत्पन्न गराउने र रक्तपित्त हटाउने मानिन्छ।आलुको बारेमा शोधकर्ता शैला बिंघम, एडिन केसिदी तथा जोन कमिङ्गस नामक तीन पोषणविद्का अनुसार छातीको क्यान्सर रोक्नका लागि आलुको सेवनले फाइदा पुर्यामएको कुरा आफ्नो अनुसन्धानको तथ्यलाई पुष्टि गर्दै हालैको बि्रटिस जर्नल अफ क्यान्सर नामक शोधमूलक पत्रिकामा प्रकाशित गरेका छन्। पोषणविद्का अनुसन्धान अनुसार मानिसले सेवन गर्ने आलुमा हुने स्टार्चको मात्रा र छाती, आन्द्रा तथा मलाशयमा हुने क्यान्सरको गहिरो सम्बन्ध हुन्छ। वैज्ञानिकका अनुसार आलुको छोक्रा हटाएपछि त्योसँगै केही पोषकतìवसमेत बाहिर गइहाल्छ। आलुलाई उमालेपछि बाँकी रहेको पानीमा भिटामिन रहने भएकाले त्यो पानीलाई फ्याँक्नुको सट्टा तरकारी वा दालमा मिसाएर खानुपर्ने सल्लाह दिन्छन्।

सिस्नो भनेको के हो ? यसका फाइदाहरु के कस्ता छन् ?

सिस्नो अङ्ग्नेजीमा नेटल(Nettle) भनेर चिनिने यो वनस्पति नेपालको मध्य पहाडी क्षेत्र तथा उपत्यकामा पाइने अट्रिक्यसी परिवारको पोल्ने झार हो । यसमा औषधिय गुण रहेको हुन्छ र उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्ल(Formic acid)ले पोल्ने(जलन) र हिस्टामाइन(Histamine)ले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् । यसको सोहि दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो ।
यसमा हुने भिटामिन ए,भिटामिन सी, भिटामिन डी लौहतत्व (Iron), पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल (Nettle soup) लामो समय देखि प्रचलित रहेको छ। यसमा २५% सम्म् प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो। यो अति मुल्यवान 'गउडा चीज'(Gouda) र यार्ग(Yarg)मा स्वादको लागि प्रयोग गरिन्छ।
सिस्नोको प्रयोगबाट निम्न फाइदा मिल्छ
सुकाएर धुलो पारिएको सिस्नोले रक्तचाप तथा मधुमेहका बिमारीलाई निकै फाइदा पुर्यौछ
ताजा पात वा मुन्तालाई तरकारीको रुपमा पकाई खानाले रक्त अल्पता पिसाब तथा
पेटसम्बन्धी सम्पूर्ण रोगहरुमा राम्रो फाइदा पुर्याउछ, आखा तथा छालालाई सुन्दर राख्दछ .

भिरिन्गी -Syphilis

भिरिन्गी कसरिलाग्छ र कसरि रोकथाम गर्ने ?


भिरिन्गी रोग संसारभरी पाइने यौन रोग हो ! यसलाई यौन रोग पनि भनिन्छ, किनभने यो रोग प्राय: बेश्यावृत्ति र असुरक्षित यौनसम्पर्कबाट सर्दछ ! युवा अवस्थाका पुरुष महिलाहरु बढी यौन क्रियाकलापमा लाग्ने भएकाले प्रायजसो सो उमेरका युवाहरुलाई यो रोग लाग्ने गरेको पाइन्छ ! यो रोग लागेपछि प्रायले गोप्य राख्छन ! यासरी गोप्य राख्दा रोगको स्तिथि झन्झन् चर्को भएर जान्छ ! यस रोग थाहा नै नभैकन सुरु हुन्छ ! उसले आफु स्वस्थ भएको ठानी यौन क्रियाकलापमा लाग्ने  गर्दा थाहा नै नभैकन अरुलाई सर्ने भएकाले  यो रोग अत्यन्तै खतरनाक पनि देखिन्छ ! यो रोग भिरिन्गी सुत्लो (Treponema pallidum) भन्ने जीवाणुको कारणद्वारा लाग्छ ! यी जीवाणु बिरामीको यौनिरसको साथै विर्य, रगत थुक आदिमा पनि पाइन्छन ! यो रोगको संक्रमणकाल १० दिनदेखि ९० दिन सम्म हुन्छ ! यो रोगको उपचार नभएको खण्डमा यो रोग विभिन्न अवास्थाबता गुज्रने गर्दछ !

रोग सर्ने तरिका:  
  • यो रोग लागेको व्यक्तिबाट रक्तदान लिएमा रगतको माध्यमबाट सर्दछ.
  • यौनसम्पर्क, चुम्बन, स्तनपान प्रतक्ष्य सम्पर्क आदिबाट पनि यो रोग सर्दछ.
  • विरामीले पर्योग गरेका सामग्री तथा लुगाफाटाहरुमा जीवाणु हुने भएकाले त्यसबाट पनि सर्दछ.
  • गर्वती महिलालाई भिरिन्गी भएमा, उनको पेट भित्रको बच्चालाई पनि सर्न सक्छ.     
यस रोगका लक्षणहरु निम्नलिखित छन्: 
  • भिरिन्गीको प्रारम्भिक अवस्थामा बिरामीका शरीरमा कडा खालको नदुख्ने दाना हरु निस्कनछन् पछी ति दानाहरु फुट्छन् र घाउ हुन्छ ! यस्तो घाउ पिप नभएको हुन्छ ! निकोभएपछी यो खटिराको खत रहदैन 
  • बाहिरी जननेद्रियको कुनैपनि ठाउँ, मलद्वार आदिमा प्रारम्भिक भिरिन्गिका लक्षणहरु देखा पर्न सक्छन ! 
  • भिरिन्गिको दोस्रो अवस्थामा गिर्खाहरू ठुला भएर आउने तर नदुख्ने हुन्छ ! छालामा गुलाबी रंगको डाबर वा फोका देखा पर्ने हुन्छ ! ति दानाहरु नदुख्ने वा नाचिलाउने भएकाले बिरामीले थाहा नपाउन पनि सक्छन !
  • एक दुई महिना पछी फोकाहरू शरीरको सबै भागमा देखा पर्दछन ! 
  • टाउकामा पनि यस्ता फोका हरु आउने भएकाले केश झर्न सक्छ !
  • त्यसपछी लिंगमुन्ड, मलद्वार, योनी, कास, काखी स्तनको भित्रि भाग जस्तो न्यानो ठाउमा भिरिन्गिका फोका हरु फैलदै जान्छन ! यो अवस्थामा सबैभन्दा सरुवा अवस्था भनिन्छ !
  • भिरिन्गिले हाडमा समेत असर पर्ने भएकाले सानो चोट लाग्दा हाड भाचिन पनि सक्छ !
  •  भिरिन्गी महिलाले जन्माएको नवजात सिशुलाई पनि २ देखि १० भित्रमा देखा पर्छ !
Source:-Health Book

Tihar Program (तिहार कर्यक्रम)




  • अयोध्यावासीहरुले आफ्ना परम प्रिय राजाको आगमनमा खुशियाली मनाएका थिए। श्री रामको स्वागतमा अयोध्यावासीहरुले घिउका दियाहरु बालेका थिए कार्तिक
    मासको बाक्लो कालो अमावस्याको त्यो रात्रि दियाहरुको उज्यालोले जगमगाएको थियो। मानिसहरुले घर-घरमा, गल्ली-गल्लीमा देव श्री राम (जसको अर्थ हुन्छ: हाम्रा राम देउता हुन्) को नारा लाउँदै घुमेकाथिए, देव श्री रामबाट विकृत हुँदैदेउसिरी राम, देउसिरे, देउसी भएको अनुम
    ान गरिन्छ सोही परम्परालाई मान्दै आजपनि नेपालीहरु देउसी खेल्दै हिंड्ने चलन छ। देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ उनीहरुमा एउटा भट्याउने अरु भट्याउनेको पछि-पछि देउसिरे भन्ने हुन्छन्।
    देउसीको पछि एउटा अर्को कथा पनि जोडिएकोछ, जो यस प्रकार छः
    बताइन्छ एक जना बलि भन्ने राजा पृथ्वीमा राज्य गर्थे, उनी अति नैं दानी थिए, प्रत्येक दिन दान नगरी उनी केही खादैंनथे। यस पुण्यको प्रतापले स्वर्गादि लोकहरु
    हल्लिन थाले देवताहरुले भगवान् विष्णुको प्रार्थना गरे जसमा विष्णुले बलिलाई दमन गरी पाताल पुर्या उने आश्वासन दिए। त्यसपछि वामन (बाहुन्ने)को रुप लिएर बलिलाई छल्न विष्णु त्यहाँ गए तीन पाउ जमिन दानको याचना गरे, यसमा बलिले सोचे ' यो ब्राह्मण त्यसै सानो यसका पाउहरु पनि अति साना छन् यसले अति थोरै जमिन माग्यो भन्ने भ्रान्तिमा परे तर बलिले दान संकल्प के सकेकाथिए वामनको रुप विराट भयो एउटै पाउले समस्त पृथ्वी ढाकिदियो अर्को पाउले आकाश त्यस पछि तेस्रो पाउ भरिको जमिन कहाँबाट दिने भनी बलि अन्योलमा परे उनले आफ्नो थाप्लो थापे, थाप्लोमा विष्णुको पाउ पर्ना साथ बलि भासिएर पाताल पुगे, अन्त्यमा विष्णुसित उनले प्रार्थना गरे कि उनलाई वर्षमा एक पल्ट तिहारको बेला पृथ्वी घुम्ने अवसर दिइयोस्, यस प्रार्थना
      स्वीकारेर बलिलाई वर्षमा एकपल्ट आउने अनुमति दिए बलि यहि तिहारको मौकामा घुम्न आउँछन् भन्ने विश्वास गरि बलिको स्वागतमा दीप जलाइएको भन्ने पनि भनाई छ। देउसेहरु बलि राजा आउन नभ्याएको उनीहरुलाई बलिले पठाएको भनी देउसी भट्याउनेले भन्छन् स्त्रीजातिहरुले पनि बलिको स्वागतमा बलि गीत विकृतरुप भैली गीत गाउँछन्, औंसीको रातभरि भैली खेल्छन्।धर्मशास्त्र पौराणिक कथा अनुसार यसो भन्छन .
    समाज सेवा हाम्रो चाहना,
    २०६९ सालको दिपावली वा तिहारको उपलक्ष्यमा
    हार्दिक मंगलमय शुभ कामना” . देउसी भैलो कार्यक्रम २०६९
    मुख्य मूल नारा बनाइ सिद्धपुजे परोपकारी समाज सेवा भाबाङ रोल्पाका कार्यसमिति सदस्यहरु मान्यजन दाजुभाई दिदीबहिनीहरु एकत्व भइ एकता नै बल होभन्ने यथार्थलाई आत्म साथ गर्दै २०६९ सालको तिहारमा देउसी भैलो कार्यक्रममा अपेक्षाकृत दान दक्षिणा पाउदा हाम्रो संस्था हर्षित ,गोवर्धनपुजाको दिन वा कार्तिक २९ गते झ्याप्खोला राङसी आकास रोका ज्यूले हामीहरु भैलारू समुदायलाई खानपिन भोजनको व्यबस्था गर्नु भयो त्यस्तै भाइटिका पछिल्नो दिन वा मङ्सिर गते दुर्गा प्रसाद पुन ज्यूले हामी देउसी भैलो टिम इष्ट मित्र पाहुना गरि झन्डै ५० जनालाई बाख्रा काटी खानपिन भोजनको व्यस्था गर्नु भयो धेरै धेरै धन्यवाद दिदै आगामी दिनमा यस्तै आर्थिक नैतिक भौतिक सहयोग समर्थनको आशा राख्दै समस्त दान दक्षिणाले आर्थिक सहयोग गर्ने घरभेटीहरुलाई सिद्धपुजे संस्था बाट शान्ति समृद्धि अभ्युदयको हार्दिक मंगलमय शुभ कामना , २०६९ सालको तिहारमा दान दक्षिणा दिने माहानुभावहरुको नामावली यस प्रकार जसमा एक हजार देखि माथि दिनेहरुको .
    ) भागी रथ डाँगी रु . १०२००.
    ) खगेन्द्र रोका रु . ७१५५.
    ) गणेश पुन रु . ५११६.
    ) रण बहादुर खत्री रु . ५०००. 
    ) दुर्गा पुन रु . ३२२०. 
    ) रुप बहादुर डाँगी रु . ३२२०.
    ) मोतिलाल डाँगी रु . ३१२१.
    ) कुमार के सी रु . ३१०५.
    ) भागी रथ खत्री रु . ३०५०.
    १०) सुक लाल डाँगी रु . २६१०.
    ११) लक्ष्मण पुन रु . २५४०.
    १२) रण बहादुर डाँगी रु . २२००.
    १३) सालिक राम पुन रु . २१६०. झिबाङधारा राङसी
    १४) खड्क बहादुर के सी रु . २१०५.
    १५) आसी राम डाँगी रु . २०२५.
    १६) नन्द कलि डाँगी रु . २०१५.
    १७) देउचन ओली रु . २००५.
    १८) रुप बहादुर ओली रु . २००५.
    १९) बल बिर डाँगी रु . २०००. हमधरा राङसी
    २०) हरि डाँगी रु . २०००.
    २१) दुर्गा प्रसाद डाँगी रु . १६५०.
    २२) देब बहादुर पुन रु . १६००.
    २३) टिका राम खत्री रु . १६००.
    २४) सुन्दर ओली रु . ११५१.
    २५) खड्क बहादुर डाँगी रु . १११०.
    २६) राम बहादुर के सी रु . ११०६.
    २७) मन बहादुर डाँगी रु . १०५०.
    २८) बिर बहादुर छिनाल रु . १०१५.
    २९) पूर्ण राम खत्री रु . १०१०.
    ३०) लाल बहादुर डाँगी रु . १००५.
    ३१) अति राम ओली रु . १००५.
    ३२) सन्तोष डाँगी रु . १०००.
    ३३) कृपन ओली रु . १०००. राङसी
    ३४) हेम सिङ ओली रु . १०००.
    ३५) हरिबान डाँगी रु . १०००.
    जम्मा रु. ८४१५४. अन्य घरभेटी महानुभावहरु बाट रु. २३७६३. सबै रकम रु. १०७९१७. एक लाख सात हजार नौ सय सत्र. धनधान्य बन्नु यहि कामना सहित धन्यवाद . सिद्धपुजे परिवारहरु.