Adds

Labels

Blogroll

गर्भर्वती भएको बेलामा यस्तो योग गरे फाइदा हुन्छ



गर्भावस्था जीवनको एक महत्त्वपर्ूण्ा र अत्यन्त ध्यान दिनुपर्ने अवस्था हो । साधारणतया उमेर पुगेका महिला पुरुषसँगको सहवासबाट शुक्रकीट र डिम्बाणुको उचित सर्म्पर्कपछि गर्भधारण गर्छन् । अन्तिम पटकको महिनावारी भएको पहिलो दिनदेखि करिब २८० दिनसम्म भ्रूण विकसित भई बच्चाको रूपमा पाठेघरभित्र रहन्छ । तर गर्भावस्थाको समयावधि सबैमा एकनासको हुँदैन । घटीमा करिब २४० तथा बढीमा ३१५ दिनसम्म पेटमा बच्चा रहन्छ भने कसैमा असामान्यवस्थामा त्यो भन्दा घटी वा बढी समयसम्म पनि रहने गर्छ ।

यस बेला ध्यान नदिएमा भावी जन्मने बच्चाको स्वास्थ्य र जीवनमा पनि अनेक असरहरू पर्न सक्छन् भने स्वयम् गर्भवती महिलालाई पनि यसबाट समस्या आउँछ । त्यसैले गर्भवती महिलाहरू र उनका सरोकारवालाहरूले बच्चा नहुन्जेल गर्भावस्थाका विभिन्न नियमहरूको पालना गर्नुपर्छ । गर्भावस्थामा खानपान, आराम, काममा सावधानीजस्ता विभिन्न नियमहरूको पालना गर्नुपर्छ । गर्भावस्थामा पालना गर्न सकिने विभिन्न नियमहरूमध्ये योगको अभ्यास पनि एक हो ।

गर्भावस्था र योग

कतिपय कारणले गर्भावस्था पनि धेरै महिलाहरूको लागि तनावग्रस्त बन्न पुग्छ । यसलाई सहज र तनावरहित बनाउनको लागि योगले महत्त्वपर्ूण्ा भूमिका खेल्छ । गर्भावस्थालाई सामान्य अवस्थामा राख्न र पछि बच्चा जन्माउनको लागि शरीरलाई स्वस्थ एवम् तन्दुरुस्त गरेर मनलाई शान्त पारिराख्नका लागि योगको भूमिका महत्त्वपर्ूण्ा हुन्छ । गर्भावस्थाका लागि आवश्यक योगाभ्यासहरूको चर्चा गर्नुअघि गर्भावस्थाकै बारेमा केही जानकारी लिनु उचित हुन्छ । र्

गर्भ रहँदाका लक्षणहरू र जाँच

गर्भ रहेपछि निम्न किसिमका लक्षणहरू देखा पर्छन् ।

महिनावारी रोकिनेः गर्भ रहेपछि महिनावारी हुन छोड्छ तर महिनावारी अन्य कारणले पनि रोकिन सक्छ, जस्तै- रगतको कमी, पाठेघरका विभिन्न रोग, हर्मोनको गडबडी, अस्थायी साधनको प्रयोग आदि ।

स्तन र छालामा परिवर्तनः गर्भधारणको प्रायः दर्ुइ-तीन महिनादेखि स्तन सुन्निने, स्तनका नसाहरू गाढा र ठूलो हुने र स्तन निचोर्दा तरल पदार्थ ९ऋययिकतचum० निस्कने हुन्छ । साथै स्तन, पेट एवम् अनुहारमा पोतो -चाया) देखिन्छ ।

विभिन्न समस्याहरू हुनेः पहिलो वा दोस्रो महिनासम्म बिहानको समयमा वाकवाक लाग्ने, बान्ता हुने, रि·टा लाग्ने, कमजोरी हुने, रगतको कमी तथा रक्तचाप घट्ने जस्ता समस्या प्रायः महिलामा देखिन्छन् । कहिलेकाहीँ योनिबाट श्लेष्मा बग्ने, अलकाई हुने आदि गर्छ । यस बेला बारम्बार पिसाब गर्न मन लाग्छ ।

पेटभित्र बच्चाको विकासः चौथो-पाँचौं महिनासम्ममा पेटभित्र बच्चा चल्न थाल्छ । एक प्रकारको जाँच्ने उपकरण -फिटेस्कोप) ले जाँचेर सुन्दा पेटको तल्लो भागमा बच्चाको मुटुको धड्कन र चाल सुनिन्छ । पेट क्रमिकरूपले बढ्दै आउँछ । तर पेट बढ्दैमा वा ठूलो हुँदैमा मात्र गर्भ रहेको नहुन सक्छ । पेटमा मासु बढ्ने, अर्वुद वा सिस्ट हुने आदि अवस्थामा पनि पेट ठूलो देखिन्छ । त्यसैले अन्य लक्षणहरू छन् वा छैनन् भन्ने कुरा हेरेर मात्र गर्भावस्थाको ठहर गर्नुपर्छ ।

गर्भवती भए/नभएकोबारे जाँचः गर्भावस्थामा पिसाब र रगतमा हर्मोनको जाँच गरेमा गर्भ रहे/नरहेको थाहा पाउन सकिन्छ । सामान्यतया रगतमा युमन कोरियोनिक गोनाडोट्रोपिन -एचसीजी) हर्मोनसम्बन्धी जाँच रगत वा पिसाबबाट गर्न सकिन्छ । गर्भधारण भएको ६ देखि १२ दिन वा त्यसपछि सम्म यो जाँच गर्दा थाहा भइसक्छ । यससम्बन्धी जाँचका लागि आजकल पिसाब जाँचेर तुरुन्तै थाहा पाइने घरेलु किटहरू -होम प्रेग्नेन्सी टेस्ट किट) औषधि पसलमा पाइन्छ । यस्ता जाँचहरू कहिलेकाहीँ गलत पनि हुन सक्छन् । यस्तो अवस्थामा दोहोर्‍याएर वा अर्को विधिबाट जानकारी लिन सकिन्छ । गर्भावस्थामा अल्ट्रासाउन्ड गरी बच्चा भए/नभएको वा बच्चाको अवस्था आदि हर्ेन सकिन्छ । यसका लागि पनि निश्चित अवधि कर्ुर्नु जरुरी छ ।

हुन सक्ने समस्या र यौगिक समाधान गर्भावस्थामा विभिन्न समस्याहरू आउन सक्छन् ।

वाकवाक लाग्ने

समाधान ः वाकवाकी सुरु हुनासाथ खानपान शुद्धीकरण गर्नुपर्छ र केही हल्का यौगिक व्यायाम तथा आसनहरूको अभ्यास गर्नुपर्छ । बिहान पेटमा चिसो रुमाल भिजाई ३०-४० मिनेटसम्म राखिसकेपछि मनतातो पानीको एनिमा दिनर्ुपर्छ । तीन-चार दिनसम्म लगातार यति मात्र गर्दा नै कसै-कसैलाई बमन र अरुचिको समस्या हटिहाल्छ । कब्जियत हटाउनको लागि फलफूल र तरकारीको प्रयोग बढी गर्नुपर्छ, पानी प्रशस्त पिउनर्ुपर्छ । खाना नरुचे जे रुच्छ त्यही खानर्ुपर्छ । एक-दर्ुइ दिन फलफूल तथा यसको रस मात्र खान सकिन्छ ।

केही दिनसम्म पेटमा चिसो रुमाल भिजाई १० मिनेट जति राखेर सावधानीपर्ूवक एनिमा प्रयोग गर्दा वाकवाकी कम हुन्छ र खाना रुच्छ । दैनिक गहुँको च्याँख्ला, फलफूल र सागपातहरू बिहान-बेलुुकाको खानाको मुख्य भाग बनाउनर्ुपर्छ, जसले गर्दा पेट पनि सफा हुन्छ । दिउँसो फलफूल र दूधको खाजा खानु ठीक हुन्छ । त्यसरी नै दैनिक कागती-पानी र मह मिश्रति गरी खाएमा फाइदा हुन्छ । खाना रुच्दै रुचेन भने भातको सट्टा एकदेखि तीन दिनसम्मको फलाहारको साथमा दूध एवम् उसिनेको ताजा तरकारी तथा मुगीको दाल मात्र खाएर बस्नर्ुपर्छ । यस अवधिमा पनि माथि उल्लिखित विभिन्न उपचार विधि अपनाउनर्ुपर्छ । चिल्लो, पीरोजस्ता खानेकुरा खानुहुँदैन ।

योग चिकित्साः सामान्य यौगिक सूक्ष्म व्यायामहरू, मेरुदण्डासन, उत्तानपादासन, वस्तिक्रिया, शीतली प्राणायाम, ध्यान आदि गर्न सकिन्छ ।

गर्भावस्थामा कब्जियत तथा पाइल्स हुने

समाधान ः दैनिक पटक-पटक गरेर ३ देखि ५ लिटर पानी पिउनर्ुपर्छ । आन्द्रालाई सक्रिय बनाउन नियमित केही व्यायाम गर्ने, योगाभ्यास वा प्रातः भ्रमण गर्ने गर्नुपर्छ । खानामा चोकरसहितको -नचालेको) गहुँको पीठोको रोटी, गहुँको च्याँख्ला, रसिला एवम् रेसादार फलहरू जस्तै- स्याउ, सुन्तला, मौसम, मेवा, राम्ररी पाकेको अम्बा आदि प्रशस्त खानर्ुपर्छ । गाजर, काँक्रो, बन्दाकोपी, सलाद पात, चुकन्दरजस्ता काँचो सलादहरू पनि राम्ररी चपाएर खानर्ुपर्छ ।

त्यसरी नै लौका, फर्सर्ीीघिरौंला, परबरजस्ता मौसमअनुसारका तरकारी र सागहरू जस्तै- फर्सर्ीीे साग, रायोको साग, लट्टे, कर्कलो, सिस्नु, तोरीको साग आदि खानर्ुपर्छ । दिसा लगाउने खालका कुनै पनि औषधि खानुहुँदैन । यसले बच्चा र स्वयंलाई पनि नराम्रो असर पर्छ । अत्यधिक कब्जियत भएमा पेटमाथि चिसो पट्टी ३०-४० मिनेट प्रयोग गरेर मनतातो पानीको एनिमा लिनर्ुपर्छ । कसै-कसैलाई कृत्रिम आइरन चक्की खाँदा कब्जियत हुने गर्छ । तर्सथ सकेसम्म प्राकृतिक स्रोतबाट यस्ता तत्त्व प्राप्त गर्नु बेस हुन्छ । काँचो सलाद र टुसा पलाएको काँचो खाना पनि कब्जियतमा उपयोगी हुन्छ । यस्ता खाद्यवस्तु पौष्टिकसमेत हुन्छन् । अलकाइ वा पाइल्स भएमा बिहान, दिउँसो र बेलुका ३-४ पटक मलद्वारमा तातो पानी छ्याप्नर्ुपर्छ । एक दिन बिराएर तातो पानीमा पालैसँग मलद्वार र हिप डुबाएर केही बेर कटिस्नान गर्नु अत्यन्त लाभदायक हुन्छ ।

योग चिकित्सा ः मूलबन्ध, वस्तिक्रिया, मेरुदण्डासन, पादसञ्चालनासन, उत्तानपादासन, तिर्यक ताडासन, नाडीशोधनमा आमाशयिक श्वासप्रश्वास आदि लाभदायक आसनहरू हुन् ।

अम्लपित्त बढेर पेट र छाती पोल्ने

समाधान ः पेट, छाती पोल्ने वा मुटु दुखेको/पोलेकोजस्तो हुने समस्या भएमा अम्लीय खानाको प्रयोग गर्नुहुँदैन । चिन्ता नलिने, उचित काम वा व्यायामहरू गर्ने, समयमा खाना खाने, खाली पेट नबस्नेजस्ता नियमहरूको पालना गर्नुपर्छ । पुरानो ग्यास्टिक रोगले सताएर पनि यस्तो हुन्छ । यी समस्यालाई हटाउन कारणहरूको उपचार गर्नुपर्छ । सादा खानर्ुपर्छ । बिहान लसुन, दूध र बेसार केही दिन खानर्ुपर्छ । दूध र चनाको सातु पनि खान सकिन्छ । साथै खाना खानुभन्दा १५ मिनेट अघि-पछि पारेर १/१ वटा अदुवाको सानो टुक्रा केही दिन खानर्ुपर्छ । साथै कब्जियतमा जस्तै उपचार पनि अपनाउँदा फाइदा हुन्छ ।

योग चिकित्सा ः वस्तिक्रिया, पादसञ्चालनासन, उत्तानपादासन, ताडासन, उष्ट्रासन सामान्य विधि, ध्यान आदि लाभदायक हुन्छन् ।

पखाला लाग्ने समस्या

समाधानः धेरै पखाला लागेमा गर्भवतीलाई तुरुन्त गम्भीर समस्या आउन सक्छ । पानी प्रशस्त पिउने, जीवनजल वा नुन-चिनी-पानी, झोल कुराहरू, फलफूलको जुस, दालको झोल, तरकारीको सूप आदि खानर्ुपर्छ । ताजा दही र भात खाएमा पखाला थामिन मद्दत गर्छ । बढी मात्रामा पखाला भएमा स्वास्थ्य संस्थामा गई सलाइन चढाउने र थप कारणहरूको उपचार गर्नुपर्छ ।

योग चिकित्सा ः मूलबन्ध, शवासन, शिथिलासन, वज्रासन आदि गर्न सकिन्छ ।

कम्मर तथा ढाड दुख्ने समस्या

समाधानः ढाडको विशेषगरी तल्लो भाग दुखेमा तातो कटिस्नान र एनिमा प्रयोग गर्नुपर्छ । तातो पानी पिउनर्ुपर्छ । यसका साथै कम्मरमा तातो मालिस गर्ने वा तातो-चिसो सेक्ने गर्दा तुरुन्तै दुखाइ कम हुन्छ । मालिस गर्दा ढाड सीधा पारी कुर्सी बसेर गर्नुपर्छ । धेरै दुखाइ भएमा ढाडका विशेष व्यायामहरू तथा केही योगासन गर्नुपर्छ । साथै खुट्टाको तातो स्नान र वाष्पस्नानले पनि दुखाइ हटाउँछ ।

योग चिकित्सा ः मेरुदण्डासन, एकपाद उत्तानासन, सेतुबन्धासन, पादसञ्चालनासन, उत्तानपादासन, नाडीशोधनमा आमाशयिक श्वासप्रश्वास आदि लाभदायक आसनहरू हुन् ।

गर्भावस्थामा गर्न सकिने व्यायामहरू

एक पादउत्तानासन

विधिः उत्तानो सुतेर हत्केला भुइँतिर फर्काई दुवै हात शरीरको दायाँ-बायाँ राख्नुस्, दुवै खुट्टा जोड्नुस् । अब श्वास लिँदै देब्रे खुट्टालाई तन्काएर सोझो राखी बिस्तारै श्वास लिँदै माथि उठाउनस् र करिब ६० ड्रि्री जति माथि उर्ठाई रोक्नुस् । ५ सेकेन्डमा खुट्टा रोकिराख्दा श्वास पनि रोक्नुस् । अब श्वास छोड्दै खुट्टा भुइँमा राख्नुस् । यसरी नै यसलाई ६ देखि १० पटकसम्म अभ्यास गर्नुस् र दोस्रो खुट्टाको पनि त्यसरी नै अभ्यास गर्नुस् ।

सहज विधिः यसमा एउटा खुट्टा खुम्च्याई अर्को खुट्टालाई पहिलेझैं उठाएर अभ्यास गरिन्छ । थाकिएको अवस्थामा शवासनमा आराम गर्दै अभ्यास गर्नुस् ।

फाइदाहरूः यसले खुट्टा, कम्मर, मेरुदण्ड र पेटको भागलाई बलियो बनाउँछ । खुट्टा लचिलो एवम् सुडौल पार्छ । आन्द्राहरू र अन्य पाचन अ·हरू बलियो हुने हुँदा अरुचि, कब्जियत, वायुविकार हट्छ । महिलाहरूको प्रजनन अ· बलियो हुन्छ र यससम्बन्धी रोगहरू भएमा कम गर्छ । विशेष गरी महिलाहरूको महिनावारीसम्बन्धी धेरै समस्यालाई फाइदा गर्छ । यसले कम्मर र पेटमा भएको बोसो घटाउँछ । हाड खिइएर वा नसा थिचिएर हल्का कम्मर दुख्नेहरूलाई वा अन्य सामान्य कारणले हुने कम्मर-ढाड दुखाइलाई यी आसनले फाइदा गर्छन् । रक्तचापका बिरामीका लागि पनि यी सरल आसनहरू उपयोगी हुन्छन् ।

अर्ध वा सहज नौकासनः

उत्तानो सुत्नुहोस् । दुवै खुट्टा खुम्च्याउनुस् । -खुट्टा खुम्च्याएर जोड्ने वा केही फैलाएर पनि गर्न सकिन्छ ।) दुवै हातलाई कानसँगै सोझो पारी अथवा मोडेर टाउकाको तल राख्नुहोस् । बिस्तारै स्वास लिँदै टाउको, गर्दन र पिठयूँलाई माथि उठाउनुहोस् र केही बेर श्वास रोक्नुहोस् । खुम्च्याउने भए हातलाई टाउकाको तल र नखुम्च्याउने भए दुवै हात सोझो पारी कानसँगै वा पेट-त्रि्रामाथि राख्नुस् र जीउलाई अडयाउनुस् । अब श्वास छोढ्दै जीउ तल राख्नुस् । यसरी नै ६ देखि १० पटक गरी आराम गर्नुहोस् ।

लाभहरूः यस आसनले अपच घटाउँछ, भोक जगाउँछ, कम्मर तथा पेटको बोसो कम गर्छ । हात, कम्मर क्षेत्रका पेटका अ·हरूलाई बलियो बनाउँछ । महिला-पुरुषका विभिन्न यौनदोषहरू कम गर्छ ।

सावधानीः कम्मर, गर्दन बढी दुख्दा र बढी रिंगटा लागेको बेला तथा पेटमा झट्का लाग्ने गरी गर्नुहुँदैन वा अति ढिलो र सक्ने जति मात्र गर्नुपर्छ ।

केही मेरुदण्डासनहरू

विधि १ः उत्तानो सुत्नुहोस् । दुवै हातलाई शरीरको दायाँ-बायाँ सोझो हुने गरी फैलाएर मुट्ठी कस्नुस् वा खुम्च्याएर टाउकाको तल राख्नुस् । दुवै खुट्टा खुम्च्याएर केही फरक राख्नुस् र श्वास लिनुस् । अब श्वास छोड्दै खुट्टा र टाउको विपरीत दिशातिर मोड्नुस् । यस्तो गर्दा एउटा खुट्टाको कर्ुर्कुच्चाले अर्को खुट्टाको घुँडामा छुने प्रयास गर्नुस्, तर यी दुवै भागहरू भुइँमै हुनर्ुपर्छ । केही बेर श्वास रोकेर अडिने र त्यसपछि श्वास लिँदै बीचमा र श्वास छोड्दै अर्कातिर मोड्ने गर्नुपर्छ । यसरी १०-१५ पटक बिस्तारै अभ्यास गर्नुस् ।

विधि २ः माथि १ नं.मा झैं सुतेर दुवै खुट्टालाई भुइँबाट माथि उचालेर बिस्तारै श्वास लिने, श्वास छोड्दै टाउको र जीउलाई विपरीत दिशामा लैजाने र अडिने गर्नुपर्छ । यो विधि पहिलोभन्दा केही कठिन छ । गर्भावस्थाका अन्तिम महिनाहरूमा भने गर्नुहुँदैन ।

लाभहरूः यसले मेरुदण्डको हाडहरूलाई लचिलो पार्छ र नशा थिचिने पनि कम गर्छ । गर्दनदेखि कम्मरसम्म दुख्ने, साइटिका, पेटको गडबडी, जीउ दुख्ने आदि समस्यामा यसले लाभ दिन्छ । गर्भवतीको जीउ दुख्ने, अलकाई तथा पेटमा पर्ने बोझ पनि कम हुन्छ ।

सावधानीः जति सकिन्छ ढिलो गरी अभ्यास गर्नु जरुरी छ । दोस्रो विधिलाई ८-९ महिनापछि गर्नुहुँदैन ।

गर्भावस्था र योगबारे अन्य महत्त्वपर्ूण्ा जानकारीहरू -जस्तै- गर्भवतीहरूले ध्यान दिनुपर्ने कुरा, गर्भवतीले के गर्न हुन्छ र के हुँदैन – गर्भवतीले कस्तो योग गर्ने, कस्तो नगर्ने – सामान्य अवस्थामा गर्न सकिने थप आसन तथा व्यायामहरू, कति महिनाको गर्भवतीले कस्तो आसन गर्ने – गर्भावस्थामा हानि गर्ने आसनहरू आदि) आगामी अड्ढमा दिइनेछ ।


स्वस्थताका लागि कागती

Lemon




कागती उपचारमूलक प्रकृतिको भएकाले धेरै समयअघिदेखि विभिन्न प्रयोजनका लागि मानिसले यसको उपभोग गर्दै आएको पाइन्छ । कागतीको मूल उत्पादनस्थल यकिन नभए पनि भारत, उत्तरी बर्मा र चीनबाट यसको विस्तार भएको अनुमान छ । कागती थुप्रै रोगहरुको घरेलु उपचारको निम्ति प्रयोग गरिन्छ । कागतीमा पेट सफा गर्ने विशेष तत्त्व रहेकोले पेटको समस्या पर्दा प्रायजसो व्यक्तिले यसको सेवन गर्ने गरेको पाइन्छ ।

कागतीमा रोगप्रतिरोधात्मक प्रणालीलाई मजबुत पार्ने क्षमता हुन्छ । यसको जुस पिउनाले रुघा-खोकी लागेको समय शरीरलाई आराम मिल्छ । साथै अन्य संक्रमण हुनबाट यसले शरीरलाई बचाउँछ । यसमा ब्याक्टेरिया एवम् भाइरसविरुद्ध लड्ने क्षमता पनि हुन्छ । दिनहुँ तातो पानीसँग कागती सेवन गरेमा विभिन्न दृष्टिकोणबाट शरीरलाई लाभदायक हुन्छ ।

शारीरिक फाइदा

कागतीको रसले रगत सफा गर्न र शरीरबाट विषाक्त पदार्थ निष्कासन गर्न मद्दत पुर्‍याउँछ । कुनै पनि संक्रमणबाट हुने रोगहरुसँग लड्ने क्षमता कागतीमा हुन्छ ।

यिसमा अधिक मात्रामा पोटासियम हुने भएकोले मुटुसम्बन्धी समस्या भएकाहरुले यसको जुस पिउनु फाइदाजनक हुन्छ । एक चम्चा कागतीको रस आधा गिलास पानीमा मिलाई पिउनाले सामान्य मुटु पोल्नेमा पनि राहत  मिल्छ ।  कागतीमा पोटासियम पाइने हुनाले यसले मस्तिष्क र नसाका कोषहरुलाई पोषण दिने काम गर्छ ।

कागतीको रसबाट कलेजोले जति पाचन रस (Engymes) निर्माण गर्न सक्छ, अन्य खानाबाट त्यति पाचन रसको निर्माण सम्भव छैन । त्यसैले कलेजोको समस्या हुनेहरुले कागतीको सेवनबाट निकै फाइदा लिन सक्छन् । कलेजो खराब भएको खण्डमा हरेक बिहान खाना खानु एक घण्टाअघि तातो पानीमा कागतीको रस मिसाएर खाने गरेमा फाइदा हुन्छ ।

यिसमा क्याल्सियम भएकोले हड्डी बन्न मद्दत पुग्नुका साथै दाँत स्वस्थ राख्छ ।

किागतीमा क्याल्सियमसँग मिली घोलक तत्त्व बनाउने क्षमता भएकाले मिर्गौलाको पत्थरी भएको खण्डमा समेत यसको सेवन लाभदायक हुन्छ । मिर्गौलामा भएको पत्थरलाई पगाल्न सक्ने घोलक तत्त्व कागतीले निर्माण गर्न सक्छ । प्रायः क्याल्सियम अन्य तत्त्वसँग मिली कडा भएको खण्डमा मिर्गौलाको पत्थरी हुने गर्छ । यसकारण नियमित कागतीको उपभोगले यस्ता समस्याबाट जोगिन सकिन्छ ।

कागतीको रस जैतुनको तेल ( Olive Oil) मा मिलाई पिउनाले केही हदसम्म पित्तको पत्थर पगाल्न मद्दत पुग्छ ।

कागती प्रकृतिले दिएको आफैंमा एउटा प्रतिरक्षात्मक वस्तु हो । यसैले काटिएका सानातिना घाउमा कागती दल्ने चलन छ । घाउबाट रगत बगेमा कागतीको रस लगाएर पनि रगत थाम्ने गरिन्छ ।

घाँटी दुखेको समय पानीमा कागतीको रस केही थोपा राखी कुल्ला ९न्बचनभि० गर्नाले घाँटीलाई सन्चो हुन्छ ।

मिहिनावारीको समयमा अधिक रगत बगेमा एउटा कागतीको रस चिसो पानीमा मिलाएर सेवन गर्नुपर्छ । दिनको ३-४ पटकसम्म यसरी सेवन गर्नाले रगत बढी जाने समस्या नियन्त्रण हुन्छ ।

सकर्भी (Scurvy)  लागेको खण्डमा कागती र पानी मिलाएको जुस दुइ आउन्सका दरले ४-४ घण्टाको फरकमा पिउनाले यो समस्या बिस्तारै हराएर जान्छ ।

कागतीले मेटाबोलिजम (Metabolism) लाई

पनि फाइदा पुर्‍याउँछ । मेटाबोलिजम रेट राम्रो भएमा क्यालोरी अर्न्तर्दहन हुन मद्दत पुग्छ, जसले गर्दा मोटोपनको  नियन्त्रणमा  फाइदा पुग्छ ।

केही अध्ययनले देखाएअनुसार कागतीको तेलको बास्नाले शारीरिक थकान मेट्ने र उदासीपन, चिडचिडाहटलाई समेत नियन्त्रणमा राख्ने गर्छ ।

किागतीको सेवनले मधुमेह हुन नदिन पनि केही मात्रामा मद्दत गर्छ ।

सौर्न्दर्यका निम्ति लाभदायी

-   काटेको कागतीलाई मुखमा दल्ने र दुइ घण्टासम्म सुक्न दिएपछि मुख धुनाले अनुहारको चाउरीपन र काला धब्बाहरु हट्न सक्छ । मुख धोएपछि हल्का जैतुनको तेल (Olive Oil) मुखमा दलेमा अझ राम्रो हुन्छ । कागतीले नयाँ छाला बनाउने प्रविधिमा तीव्रता ल्याउँछ । अनुहारमा कागती दलेपछि घाममा भने बस्नुहुँदैन । यसरी घाममा बस्दा छाला खुइलिन सक्छ ।

-  कागतीले कपालको निम्ति राम्रो पोषण (Tonic) दिने काम गर्छ । कपाल धेरै तैलीय भएमा कागतीको रस राखेर मसाज गर्नाले तेल बनाउने ग्रन्थिलाई नियन्त्रणमा राखी कपाल स्वस्थ रहन मद्दत मिल्छ । कपालमा कागती दल्ने गरेमा यसबाट कपाल चाया (Dandruff) रहित भई चम्किलो पनि हुन्छ ।

-  कागती प्राकृतिक रुपमा गन्धनाशक वस्तु पनि हो । यसलाई दर्ुगन्धनाशक वस्तुको रुपमा प्रयोग गर्न सकिन्छ । शरीर गन्हाउने छ भने कागतीको रस दल्नाले केही समय गन्धहीन रहन सकिन्छ ।

- बैंक वा अन्य वित्तीय कारोबार हुने ठाउँमा आधी काटेको कागतीमा औंला भिजाउँदै रकम गन्ने गरेमा सजिलो हुन्छ । यसले म्वाइस्चराइजरको काम गर्छ ।

खाद्यपदार्थमा प्रयोग

-  माछालाई म्यारिनेट -केही समय मोलेर राख्ने) गर्ने समयमा कागतीको रस प्रयोग गर्नाले माछाको गन्धलाई निराकरण गर्छ ।

-    मासु पकाउनु केही समयअघि  मासुमा अन्य सामग्रीका साथ कागतीको रस केही बेर म्यारिनेट गर्नाले मासु नरम बनाउँछ । यसले गर्दा मासु चपाउन र पचाउन सरल हुन्छ ।

-  काटेको केही समयमै कालो हुने केरा, स्याउ, एभोकाडोजस्ता फलफूल काटेपछि माथिबाट कागतीको रस छरिदिनाले ती फलफूल केही समयसम्म कालो हुन पाउँदैनन् ।

-   कागतीको बोक्रालाई धूलो बनाई विभिन्न खानामा स्वादको निम्ति प्रयोग गर्न सकिन्छ ।

-  काटेको कागती पकाएको खाना र पेयपदार्थमा सजावट एवम् स्वादको निम्ति प्रयोग गर्न सकिन्छ ।

-   कागतीको अचार, तितौरा बनाएर पनि सेवन गर्न सकिन्छ ।

सरसफाइ र कीटाणु नष्ट गर्न उपयोगी

-  कागतीको रसले भान्सा सफा गर्दा त्यहाँको फोहोर र चिल्लो दागहरु सजिलै हटाउन सकिन्छ ।

-  कागतीको रसमा बेकिङ सोडा मिसाएर प्लास्टिक तथा तामाका भाँडा सफा गर्न र टल्काउन सकिन्छ ।

-   कागतीको रसले भाँडावर्तन वा कुनै पनि वस्तु सफा गर्नाले कीटाणु नष्ट हुन्छन् । साथै यसले सुगन्धित पनि बनाउँछ ।

-   कागती कीराविरुद्ध प्रयोग गरिने प्रकृतिले दिएको कीटनाशक वस्तु पनि हो, जसले लामखुट्टे र झिँगा भगाउन मद्दत गर्छ ।

-    बारुला तथा मौरीको टोकाइमा कागतीको रस दल्नाले दुखाइ कम हुन्छ ।

- दमका रोगीहरुका निम्ति पनि कागती फाइदाजनक छ ।

-  दाँत दुखेको र कीराले खाएको अवस्थामा दाँतमा कागतीको रस राख्नाले दुखाइ कम हुन्छ ।

कागतीमा पाइने पोषक तत्त्वहरु

भिटामिन ँबी’, थायमिन, राइबोफ्लाबिन, भिटामिन ँसी’, क्याल्सियम, फोस्फोरस, कार्बोहाइड्रेड, प्रोटिन,क्यालोरी, पोटासियम, म्याग्नेसियम आदि ।

प्रसूतिगृहमा पाँच महिला 'आईभीएफ' बाट गर्भवती

प्रसूतिगृहमा पाँच महिला 'आईभीएफ' बाट गर्भवती

काठमाडौ, असार ११ - परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीको निःसन्तान उपचार केन्द्रमा सातजना महिला सोमबार सन्तानका लागि 'इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ),' अर्थात टेस्टट्युब बेबी प्रक्रियामा सहभागी भएका छन् । विशेषज्ञहरूले उनीहरूको शरीरबाट डिम्ब (ओभम) निकालेका छन् । मुलुकको सरकारी अस्पतालबाट आईभीएफ सेवा लिन थालेका निःसन्तान महिलाहरूको यो तेस्रो टोली हो । आईभीएफ प्रविधिबाट महिलालाई कृत्रिम गर्भाधान गरिन्छ ।  'हामीले सोमबार सन्तानको आशा राख्ने महिलाहरूबाट डिम्ब झिकेका छौं,' अस्पताल निर्देशक शिला बर्माले भनिन्, ती महिलामा 'मंगलबार भ्रूण स्थानान्तरण प्रक्रिया सुरु हुन्छ ।' आईभीएफ प्रविधिमा महिलाको डिम्ब र पुरुषको शुक्रकीटलाई प्रयोगशालामा एउटा थालमा राखिन्छ । जहाँ निषेचन -फर्टिलाइजेसन) हुन्छ । निषेचित भ्रूणलाई करिब ४८ घन्टापछि महिलाको गर्भाशयमा प्रतिस्थापन गरिन्छ । भ्रूण प्रतिस्थापनपछि सामान्य शिशुसरह नौ महिना आमाको गर्भमै राखी शिशुको जन्म हुन्छ । डिम्ब र शुक्रकीट प्राकृतिक रूपमा निषेचित नभई प्रयोगशालामा उपयोग गरिने सिसाको थालमा हुने भएकाले यो प्रविधिअन्तर्गत जन्मिएकालाई 'टेस्टट्युब बेबी' समेत भन्ने गरिन्छ ।
हालसम्म अस्पतालबाट पाँचजनाले यस प्रविधिबाट गर्भधारण गरिसकेको उल्लेख गर्दै बर्मा भन्छिन्, 'मुलुकमा डिम्ब नलीको खराबी लगायतका समस्या भएका अधिकांश महिलाहरू यो सेवाबाट सन्तान सुख प्राप्त गर्न सक्छन् ।' यो सेवा लिने पहिलो टोलीका एक महिलाको गर्भमा जुम्ल्याहा बच्चा छन् । २५ देखि ४० वर्षमाथि सम्मका महिलाले यो सेवा लिएका छन् । यस प्रविधिबाट सन्तानको चाहना राख्नेलाई अस्पतालले एकपटकको सेवा शुल्क १ लाख ५० हजार रुपैयाँ लिइरहेको छ । अस्पतालका चिकित्सकहरूको दाबीअनुसार यो निजी क्षेत्रको दाँजोमा तेब्बर कम शुल्क हो । यो सेवा लिनका लागि करिब २५ जनाले पालो पर्खिरहेको बर्मा बताउँछिन् । 
दुई वर्षदेखि सन्तान पाउने प्रयास जारी राखे पनि गर्भधारण गर्न नसकिरहेका, डिम्ब नली बन्द भएका महिला हुन् या शुक्रकीटको गणना अत्यन्त कम भएका पुरुष लगायतकालाई आईभीएफ प्रक्रियाबाट सन्तान प्राप्तिको सल्लाह दिने गरिएको बर्माले बताइन् । हाल मुलुकमा बाँझोपनको समस्या बढिरहेको बर्मा बताउँछिन् । बाँझोपना प्रजनन प्रणालीको एउटा रोग हो, जसले महिलामा गर्भधारणमा विकृति आउँछ । मुलुकमा पहिलोपटक २० फागुन ०६१ मा ओम अस्पतालको आईभीएफ सेन्टरबाट बावु राजेन्द्र तामाङ र आमा सन्ध्याबाट पहिलो टेस्टट्युब बेबीको जन्म भएको थियो । 

पाँच आदत जसले तपाइँलाइ बर्बाद पार्न सक्छ





हाम्रा यस्ता केही बानीव्यहोरा वा दैनिक गर्ने काम हुन्छन् जसले हामीलाई पत्तो नदिइकनै डुबाइरहेका हुन्छन् । ती आदतले हामीलाई बिगार्छ भन्ने कुराको जानकारी हामीलाई भैरहेको हुन्न । हामीलाई थाहा छ हानिकारक खानेकुरा खानु, धूमपान गर्नु, नङ टोक्ने बानी तथा ढिलो सम्म नसुत्ने बानी हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ । तर हामीले उतिसारो ध्यान नदिएका र घाटायोग्य नठानेका केही सामान्य बानीव्यहोरा समेत हाम्रो लागि निकै हानिकारक सावित हुन्छन् । जस्तै ः

१. झुटो बोल्नु : झुट भलै सानो होस् वा उतिसारो गम्भीर नहोस् तर त्यो व्यक्तिको मानसिक स्वास्थ्यका लागि समेत निकै हानिकारक हुने अध्ययनले देखाएको छ । झुटो बोलेको कुरा भलै अर्कोले थाहा नपाओस् तर झुटो बोल्ने व्यक्तिलाई मानसिक रुपमा आफुले बोलेको झुटले असर गर्छ । झुटो बोल्ने बानीले व्यक्तिलाई तनाबमा फसाउँछ । झुटो बोलेपछि व्यक्तिमा तनाव पैदा हुन्छ, टाउको दुख्छ, घाँटी दुख्छ र थकाइ लाग्छ ।

२. खाजा खाने छुट्टीमा पनि काम गरिरहनु : तपाइँ जति नै सुकै व्यस्त किन नहुनोस् तर तपाइँले आफ्नो स्वास्थ्यका लागि कार्यालय वा कार्यस्थलको समयमा खाजाको छुट्टीमा आराम गर्नैपर्छ । खाजा छुट्टीमा समेत कार्यालयको कुर्सीमै बसिरहने र त्यहीँ खाजा मगाएर खाने बानीले तपाइँलाई नराम्रो असर गर्छ । विज्ञहरुका अनुसार खाजा छुट्टीमा समेत कार्यकक्षमै बस्ने बानीले व्यक्तिमा तनाव बढाउँछ । हतारमा खाने बानीले खञ्चुवा बनाउने मात्र होइन रोग प्रतिरोधी क्षमता घटाएर रोगको जोखिम बढाउँछ । अध्ययनले के देखाएको छ भने तपाइँ कार्यालयको कार्यकक्षमा ट्वाइलेटमा भन्दा ४ सय गुणा बढी किटाणु हुन्छन् ।

३. घरायासी काम नगर्ने : घरको काम छुँदै नछुने बानीले पनि व्यक्तिलाई रोगी बनाइरहेको हुन्छ । खाना पकाउने, घर सफा गर्ने, लुगा धुने जस्ता घरधन्दा चाहे महिला होस् वा पुरुष दुबैले गर्नैपर्ने हुन्छ आफ्नो स्वास्थ्य ठीक राख्छ । अध्ययनले त के देखाएको छ भने समय समयमा कार्यालयमा विदा लिएर घर बस्ने र घरायासी काम गर्ने गरेमा व्यक्तिको स्वास्थ्य निकै राम्रो हुन्छ । यसले सरीरमा स्टे्रस हर्मोनको मात्रा घटाउने, आनन्द महसुस गराउने फाइदा प्रदान गर्छ ।

४. एटिएमको अत्यधिक प्रयोग : बैंकबाट पैसा निकाल्ने एटिएम मेसिनको बढि प्रयोगपनि स्वास्थ्यको लागि अति हानिकारक हुन्छ । कसरी ? अचम्म लाग्नसक्छ । तर यो कुरा के साँचो हो भने एटिएम काउन्टर किटाणुको घर नै हो भन्दा फरक पर्दैन । अध्ययन अनुसार एटिएम मेसिन सार्वजनिक सौचालय भन्दा पनि फोहोर हुन्छन् । एटिएम मेसिनको अंक दबाउने कि बोर्डमा यति धेरै किटाणु हुन्छन् की त्यति किटाणु सार्वजनिक सौचालयमा मात्र हुन्छन् । त्यसैले एटिएम मेसिनबाट पैसा निकालेपछि घरमा आएर राम्ररी सावुन पानीले हात धोइएन भने ती किटाणुले नराम्रो असर पूराउने सम्भावना हुन्छ ।

५. साथीलाई ढाँटिरहने र साथीसँगीबाट तर्किने : हुनत मान्छेको मानसिक शान्ति तथा स्वास्थ्यका लागि एकान्तवास आवश्यक हुन्छ । तर मान्छेकेा शारीरिक तथा सामाजिक स्वास्थ्यका लागि साथीसँगीहरुको संगत उत्तिकै महत्वपूर्ण हुन्छ । साथीसंगी सँग नमिल्ने, जमघटमा नजान विभिन्न बहानाबाजी गर्ने तथा एकलकाटे बन्ने प्रवृत्तिले व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमा नराम्रो असर पार्छ । दरिलो सामाजिक सम्बन्धले व्यक्तिको मस्तिष्कलाई स्वस्थ राख्छ, डिप्रेसनको समस्या कम गर्छ, तनाव घटाउँछ र आफ्नो तन्दुरुस्तीको ख्याल गर्न व्यक्तिलाई उत्प्रेरित गर्छ ।

कागती पर्योग गर्नुको फाइदा

9685_lemon_jpeg

कागती निकै हितकारी फल हो । यो अमिलो भएपनि खानमा निकै मिठो हुनेमात्र होइन गुनिलो पनि हुन्छ । कागतीमा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका रोगबाट हामीलाई सुरक्षा गरिरहेको हुन्छ । कागतीका केही गुन निम्न छन् :
कागतीमा भिटामिन सी, मिनिरल जस्तै क्याल्सियम, म्याग्नेसियम तथा फोस्फोरसका साथै प्रोटिन र कार्बोहाइड्रेट पनि पाइन्छ । यदि तपाइँलाई वाकवाकी लागिरहेको छ, पेट पोल्ने तथा कब्जियत जस्ता समस्या छन् भने एक गिलास मनतातो पानीमा कागतीको रस मिलाएर खानुहोस् । कागतीको रसले एकप्रकारको औषधिको काम गर्छ जसले पित्तको उर्त्र्सजन सन्तुलन गर्ने, रगत सफा गर्ने तथा सरीरबाट जिवाणु तथा विषाक्त पदार्थलाई बाहिर फ्याँक्न सहयोग गर्छ ।

एक्कासी बाडुल्की लाग्नथाल्यो वा हिक्का आयो भने एक गिलास पानीमा कागतीको रस मिसाएर पिउनुहोस् । कागतीको रस नियमित सेवनले मुत्रथैली तथा मुत्रप्रणालीको संक्रमण पनि रोक्दछ । कागतीको नियमित सेवनले घाँटी दुख्ने तथा टनसिल्स जस्ता समस्या पनि कम गर्छ ।
चिसो तथा रुघा लागेको छ भने मनतातो पानीमा एक चम्चा कागतीको रस र एक चम्चा मह मिलाएर पिउनुहोस् । दमका रोग्ाीले पनि मनतातो पानीमा कागतीको रस मिलाएर खाँदा फाइदा हुन्छ ।
कागतीमा विभिन्न २२ प्रकारका क्यान्सर प्रतिरोधी तत्व पनि पाइन्छन् । यी तत्वले विभिन्न खालका क्यान्सरको जोखिम पनि कम गर्छ । त्यस्ौले कागतीको नियमित सेवनले क्यान्सरको खतरालाई पनि न्यून गर्छ ।
कागतीले हाम्रो रोग प्रतिरोधी क्षमता बढाउँछ । कागतीको सेवनले तनाव घटाउन पनि सहयोग गर्छ ।
गिँजाबाट रगत बग्ने समस्या छ वा मुख गन्हाउने समस्या छ भनेपनि कागतीको नियमित सेवन आवश्यक हुन्छ ।
अनुहारमा डण्डीफोर आएर दिक्क हुनुभएको छ भनेपनि कागतीको रस तपाइँको लागि उपयोगी बन्दछ । कागतीको रसमा थोरै ग्लिसरिन मिलाएर अनुहारमा लगाउँदा डण्डीफोर हट्ने मात्र होइन अनुहारमा भएका विभिन्न दाग तथा धब्बा पनि हट्छन् ।
तरकारी पखाल्दा खाली पानीमात्र नभै कागतीको रस मिसाएको पानीले तरकारी पखाल्ने गर्नुहोस् । यसो गर्दा तरकारीमा प्रयोग गरिएका विभिन्न खाले विषादीको असर कम हुन्छ ।
यद्यपि कागतीको बढि सेवनले अमिलोका कारण पेटलाई असर गर्नसक्छ । साथै दाँतको इनामेल खराब गर्ने र अल्सर रोगीले पनि कागतीको बढि सेवन गर्नु उतिसारो राम्रो मानिँदैन । तथापि सन्तुलित रुपमा नियमित रुपमा कागती खाएमा स्वस्थ रहन मद्दत पुग्छ ।


दुई मनसुन प्रणाली एकसाथ नेपालमा

दुई मनसुन प्रणाली एकसाथ नेपालमा 
 बंगालको खाडी र 'अरेबियन सी'मा विकासित मनसुन प्रणाली एकैपटक नेपाल भित्रिएकाले मध्य र सुदूर पश्चिममा अत्यधिक वर्षा भएको मौसमविदले बताएका छन्।'सामान्यतया मनसुनको थालनी पूर्वबाट हुन्छ, तर अहिले पश्चिमबाट पनि भएकाले भारी वर्षा भएको हो,' मौसम पूर्वानुमान महाशाखाका मौसमविद शिव नेपालले भने, 'दुईवटा मौसम प्रणाली एकैचोटी नेपाल भित्रिएको छ।उनले सुदूर र मध्य पश्चिमका धनगढी, डडेलधुरा र आसपासका जिल्ला, नेपालगन्जमा सोमबार राति र मंगलबार दिनभर भारी वर्षा हुने बताए। 'पश्चिमी मनसुन प्रणाली धेरै बलियो देखिन्छ, अझै मध्य र सुदूरमा भारी वर्षा हुन्छ', नेपालले भने, 'पूर्वलगायत अन्य क्षेत्रमा त्यति वर्षा भएको देखिँदैन।'   
उनका अनुसार पूर्वबाट भित्रिएको मनसुनभन्दा अरेबियन सीमा विकास भएको मनसुन प्रणाली बढी शक्तिशाली भयो। त्यसले मध्य र सुदूर क्षेत्रमा अत्यधिक वर्षा गरायो।  'अरेबियन सीमा विकास भएको मौसम प्रणाली मनसुन सुरु भएपछि विस्तारै आउने गर्थ्यो, तर यसपटक पूर्वको मनसुनसँगै आयो,' नेपालले भने, 'पूर्वी मनसुन सुरु भएको केही दिनपछि मात्र पश्चिमी प्रणाली नेपाल भित्रिन्थ्यो। तर यसपटक सँगसँगै भयो।'  सुदूर पश्चिमका दार्चुला, बैतडी, बझाङ, बाजुरा, डडेलधुरालगायत जिल्लामा विगत तीन/चार दिनदेखि नियमित वर्षा भइरहेको छ। यीमध्ये महाशाखाको मौसम केन्द्र डडेलधुरामा मात्र छ। आइतबार साँझ पौने ६ बजेदेखि सोमबार साँझ पौने ६ बजेसम्म डडेलधुरामा १ सय ५७ दशमलव ५ मिलिमिटर वर्षा भएको छ। 'यो अत्यधिक हो, सुदूरपश्चिमका अन्य पहाडी जिल्लाको अवस्था पनि लगभग यस्तै हुनुपर्छ,' उनले भने। डडेलधुरासँग जोडिएको डोटीको दिपायलमा १५४ दशमलव ७ मिलिमिटर र धनगढीमा १०७ दमशलव ४ मिलिमिटर वर्षा भएको छ। यसपटकको पाँच दिन ढिलो गरी गत शुक्रबार साँझ पूर्वबाट मनसुन नेपाल भित्रिएको हो। बंगालको खाडीमा विकासित यो मनसुन नेपाल भित्रिएपछि मध्य र सुदूर पुग्न कम्तीमा पाँच दिन लाग्छ। 'पूर्वबाट भित्रिएको मनसुन नपुग्दै पश्चिममा भारी वर्षा भयो', नेपालले भने।
उनका  अनुसार अरेबियन सीमा विकास भएको मनसुन भारत महाराष्ट्रको वेस्टर्न घाट, मध्य भारत हँुदै पश्चिमबाट नेपाल भित्रिएको हो। त्यो पश्चिमका पहाडी क्षेत्रमा गएर ठोक्किएकाले त्यहाँ भारी वर्षा भएको हो। मध्य र सुदूरबाहेक गत २४ घन्टामा भारी वर्षा हुने स्थानमा भैरहवा पर्छ। त्यहाँ १४२ दशमलव ७ मिलिमिटर वर्षा भएको छ।   मौसमविदका अनुसार पूर्वको मनसुन प्रणाली बंगाल खाडीमा विकास हुन्छ। त्यहाँको समुद्र सतह तातेर निस्किने पानीयुक्त वाफ वायुमण्डलको माथिल्लो भागमा पुग्छ। त्यो चिसिएर पानी बन्छ र त्यसलाई न्यूनचापीय क्षेत्रले आफूतिर तान्छ। त्यो क्षेत्र मनसुन रहने समय १२० दिन कहिले भारत तर्फ (दक्षिण) र कहिले नेपालतर्फ (उत्तर) सरिरहन्छ। यता आयो भने यता राम्रो वर्षा हुन्छ, उता गयो भने उतै। 'न्यूनचापीय क्षेत्र जति सक्रिय भयो त्यति राम्रो मनसुन हुन्छ,' अर्यालले भने।

कञ्चनपुर - तीन दिनदेखि परिरहेको अविरल वर्षासँगै महाकाली नदीमा आएको भीषण बाढीका कारण दार्चुला सदरमुकाम खलङ्गाका हालसम्म ७२ घर बगेका छन्। सर्वसाधारणका ५९ र सरकारी १३ गरी ७२ घर बगेका हुन्। घर बगेपछि दुई हजार पाँच सय व्यक्ति पूर्णरुपमा घरवारविहीन भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले बताए।
बाग्लुङ- वर्षाको समयमा कम पानी पर्ने मुस्ताङमा भिषण वर्षापछि धनजनको क्षति भएको छ। वर्षासँगै आएको भेलले बगाएर धादिङ घर भइ मुस्ताङमा ज्यालादारी गर्ने नाम नखुलेका एक जना बेपत्ता भएका छन्। कागवेनी-९ तिरी खोलामा आएको भेलले दुई घर र २६ गोठ बगाएको मुस्ताङका प्रहरी निरीक्षक चुरा बहादुर कार्कीले बताए। गोठ बगाउँदा २४ गाई र ८ गधा मरेको प्रारम्भिक विवरण आएको आएको उनले बताए। 'दुई घर बगाएको भएपनि मानवीय क्षति भएको छैन,' उनले भने, ' आठ घरमा बाढीले असर पुगेकोछ।'
वैतडीमा पाँच वेपत्ता
बैतडीको सिद्धेश्वर गाविस-९ स्थित एक घरमा सोमबार राति पहिरो जाँदा एकै घरका पाँच जना पुरीएका छन् । रामसिंह ऐरको घरमा पहिरो जाँदा उनी सहित पुरै पाँज जनाको परिवार पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव निरीक्षक मदनसिंह धामीले जानकारी दिनुभयो । पुरिएका मध्ये २ जनाको शव निकालि सकिएको र बाँकीको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
अछाममा पहिरोले बगाउँदा दुईको मृत्य
अछामको कुन्तीबण्डाली गाविस ३ मिस्तुर भन्ने गाउँमा पहिरोले बगाउँदा २ जनाको मृत्यु भएको छ । पहिरोले घर पुर्दा स्थानीय अनिशा बोगटी र उनकी छोरीको मृत्यु भएको हो । पहिरोमा परेर स्थानीय मिनबहादुर बोगटी सहित छोराहरु मुकेश र रोहित घाइते भएका छन् । यसैबीच, घटनाको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय अछामका इनिस्पेक्टर सुर्य थापाको नेतृत्वमा २० जनाको उद्धार टोलि घटना स्थल तर्फ गईसकेको अछाम प्रहरीले जनाएको छ ।
डोटीमा एक बेपत्ता
अविरल वर्षाका कारण डोटीको गगुडा गाविस को रौवा खोलामा आएको बाढीले बगाउदा एक जना बेपत्ता भएका छन् भने दुइ जना बाँच्न सफल भएका छन् । रोपाई गर्न गएका बेला खोला तर्ने क्रममा सोमबार साँझ ५ बजे गगुडा गाबिस वडानं ३ पलाडी बस्ने ४१ बषिर्य देबि बोगटीलाई खोलाले बगाएको हो । बोगटी को खोजि कार्य जारी रहेको स्थानिय गणेश बोगटीले जानकारी दिनु भयो । यसैगरी लगातार बर्षका कारण ग्रामीण सडकखण्डहरु अवरुद्ध भएका छन् । चार दिन देखि लगातार पानी परेपछि ग्रामीण सडकहरु हिलाम्य हुँदा यातायात अवरुद्ध भएको छ ।
गण्डक क्षेत्रमा त्रास बढ्दो
यसैबीच लगातारको बर्षाले नारायणी नदीको सतह बढ्दा नवलपरासी गण्डक क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । गएको असोजमा १२ नम्बर ठोकरको धेरैजसो भाग बगाएपछि नदीको पानी वस्तीमा आउने संभावना बढेको भन्दै स्थानीय वासिन्दा डराएका हुन् । नदीमा आएको बाढीले हिउँदमा बाँध बगाएपछि डर थपिएको स्थानीय प्रेमचन्द्र गुप्ताले बताउनुभयो । एक सय ६३ मिटर लामो ठोकरको एक सय १० मिटर गएको वर्ष नै बगाएको थियो । दुई दिनदेखि परेको बर्षाका कारण नदीको बहाव हृवात्तै बढेर दुई लाख २५ हजार क्यूसेक पानी पुगेको छ । बाढीको अनुपात बढ्दै जाँदा १२ नम्बर ठोकरको करिब १२ मिटर भाग बगाइसकेको गुप्ताले बताउनुभयो ।
बुटबलका विद्यालय बन्द
निरन्तर वर्षा भएपछि रुपन्देहीका निजी तथा आवासीय विद्यालयहरुमा बिदा दिइएको छ । निरन्तरको वर्षाले विद्यार्थीहरुको आवतजावत र पढाइमा समेत प्रत्यक्ष प्रभाव पारेको जनाउदै निजी तथा आवासिय विद्यालय अर्गनाजेशन नेपाल (प्याब्ससन) रुपन्देहीले आजदेखि चार दिन विद्यालयमा बिदा दिने निर्णय गरेको हो । वर्षे बिदामा समायोजन गर्नेगरी आजदेखि शुक्रबारसम्म मातहतका विद्यालयमा बिदा दिने निर्णय गरिएको प्याब्सन रुपन्देहीका अध्यक्ष कृष्ण खनालले जानकारी दिए । रुपन्देहीमा प्याब्सन अन्र्तगत झण्डै दुई सय विद्यालय बन्द छन् । निरन्तरको वर्षाका कारण रुपन्देहीका विभिन्न स्थानहरु डुबानमा परेका छन् 
लगातार परेको वर्षाको कारण देश भरिको जनजीवन प्रभावित बनेको छ । बाढीरपहिरोको कारण देशभर  २० जनाको ३० मृत्यु छ ।  मंगलबारमात्रै लगातारको वर्षापछि पहिरो जाँदा कालिकोटमा १९ जना बेपत्ता भएका छन् भने बैतडीमा एकै परिवारका ५ र दैलेखमा एकै परिवारका ७ जनाको ज्यान गुमेको छ। त्यस्तै, मुस्ताङ, रौतहट र डोटीमा एकएक जनाको ज्यान गुमेको छ। सोमबार पनि महाकालीको बाढीले दार्चुला, कञ्चनपुर र रुपन्देहीमा चारजनाको मृत्यु भएको थियो। 

बाढी पहिरोले कहाँ के भयो त ?

बाढीपहिरोले धौलागिरीमा ५१ घरगोठमा क्षति

आषाढ ४, अबिरल बर्षाका कारण आएको बाढी पहिरोले धौलागिरी अञ्चलमा ५१ घर गोठमा क्षति पुगेको छ । हिमालपारीको जिल्ला मुस्ताङ्गमा ३४ घरगोठ, म्याग्दीमा १३, बागलुङमा ३  र पर्वतमा १ घर बाढी र पहिरोले क्षति पुर्‍याएको छ ।
मुस्ताङको कागबेनी गाविस ९ तिरीमा खहरेमा आएको बाढीले ८ वटा घर र २६ वटा गोठ, मार्फामा २ वटा घर बगाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । बाढीमा परी १४ वटा गाई, ८ खच्चड, ३ कुखुरा मरेका छन् । त्यस्तै १५ लाख पर्ने सिञ्चाई मेसिन, ३ वटा मोटरसाइकल, ३ सय मुरी अन्नपात पनि बगाएको प्रहरी निरिक्षक चुराबहादुर कार्कीले जानकारी दिनुभयो ।
यस्तै म्याग्दीको भकिम्ली ९ तोराखेतमा मंगलबार पहिरोका कारण १३ घर भत्किएको प्रहरीले जनाएको छ । यस्तै बागलुङको दुधिलाभाटीमा पहिरोले ३ वटा घर पुरेको छ । वडा नंबर २ चाउकेका तुलबहादुर श्रीस, फमबहादुर श्रीस र तोमबहादुर श्रीसको घर पुरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पर्वतको भोर्ले ७ की औमाया गुरुङ्गको घर पुरेको छ ।

मालढुङ्गाबेनी सडक अवरुद्ध
चारदिनदेखिको वर्षाले म्याग्दीको सदरमुकाम बेनी जाने मालढुङ्गाबेनी सडक अबरुद्ध पारेको छ । पाङ गाविसको डमुवा खोलामा आएको बाढीका कारण विहानैदेखि पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गाबेनी सडक अबरुद्ध बनेको हो ।
सडक अबरुद्ध हुदा म्याग्दीबाट छुटेका लामो तथा छोटो दुरीका सवारी साधनहरु खनियाँघाटमा अलपत्र परेका छन् भने अन्यत्रबाट म्याग्दीका लागि आएका सवारीका साधनहरु मालढुङ्गामा अलपत्र परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । वर्षा रोकिएलगत्तै डोजर लगाएर सडक खुलाउन पहल गरिने प्रहरीको भनाई छ ।

स्टिमर सेवा अनिश्चितकालका लागि बन्द
कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि कालीगण्डकीको जलासयमा सञ्चालित स्टिमर सेवा अनिश्चितकालका लागि बन्द भएको छ । पर्वतको सेतीबेणीदेखि कालीगण्डकी ए जलविद्युत केन्द्रको मिर्मीसम्म करिब ७ किलोमिटरमा सञ्चालित स्टिमर सेवा बन्द गरिएको हो । स्टिमर सेवा बन्द हुँदा पर्वत, स्याङ्गजा, गुल्मी र बाग्लुङका बासिन्दाहरु प्रभाबित भएका छन ।
नदीमा पानीको बहाव धेरै भएकाले कालीगण्डकी ए जलविद्युत् गृहको बाँधका सबै ढोकाहरु खोलिएका छन । बाँधका ढोका खोलिएपछि स्टिमरको सुरक्षाका  लागि सेवा नै बन्द गरिएको शिला शालीग्राम कालीगण्डकी जल यातायात व्यवसायी समितिका अध्यक्ष चन्द्रबहादुर रानाले बताउनुभयो ।
बन्द भएको जल यातायात सेवा पानीको बहाब घटेपछि भदौको अन्यपछि मात्रै सञ्चालनमा ल्याउन सकिने अध्यक्ष रानाले बताउनुभयो । स्टिमर बन्द भएपछि स्याङजा, पर्वत, बागलुङ र गुल्मीका दुई दर्जनभन्दा बढी गाविसका स्थानीयबासिन्दा प्रभावित भएका छन् । कालीगण्डकीको मिर्मीदेखि सेतीवेणीसम्मका लागि सानाठूला गरी १० वटा स्टिमर सञ्चालनमा आएका थिए ।

बाढीले बर्दियाका ६ सय घर डुबानमा
 लगातारको वर्षाले कर्णाली नदीमा पानीको सतह बढेपछि बर्दियाको राजापुर क्षेत्रका धेरैजसो गाविस डुबानमा परेका छन् । नदीमा पानीको सतह बढेर राजापुर, भीम्मापुर, दौलतपुर, पाताभार, खैरीचन्दनपुर लगायतका गाविसका करिब ६ सय घर डुबानमा परेको प्रहरीले जनाएको छ ।
नदीमा पानीको सतह नाप्न राखिएको मापन यन्त्रमा ११ गेज पुगेपछि गाँउबस्तीमा बाढी आउँछ । १२ गेज पुगे लगत्तै राजापुर क्षेत्रका धेरैजसो गाउँहरु डुबानमा पर्छन् । सोमबार राती कर्णाली नदीमा पानीको सतह १०।८० रहेको र मंगलबार विहानैदेखि बढ्दै गएर अहिले १४ पुगेपछि खतरा बढेको राजापुर बजारका सूर्य केसीले जानकारी दिनुभयो । चारैतिर पानी भएकाले उद्दारमा कठिनाइ भएको छ । दौलतपुर गाविसको टिउनीबाट नदी गाँउतिर सोझिएपछि गाउँ जलमग्न भएको छ । सदरमुकाम गुलरीयाबाट प्रमुख जिल्ला अधिकारीसंगै गएको प्रहरी र सशस्त्र प्रहरीको उद्दार टोली बाटोमा नै रोकिएको छ । कोठीयाघाटमा सञ्चालित स्टीममरको सहायताबाट पारी जान नसकिने भएकाले हेलिकप्टर मगाइएको छ ।

माटोसँगै खस्यो

धादिङको गजुरी२ मा त्रिशूली नदी अतिक्रमण गरी निर्माण सुरु गरिएका घरटहराका लागि माटो खसाल्ने क्रममा शनिबार दुर्घटनामा परेको ट्रिपर ।

पारसको फोटो राख्दै हिमानीले भनिन-’दुःख सुख नै जिन्दगी हो’

himani_20100901083616

३ असार, काठमाण्डौ । पूर्व युवराज पारसकी पत्नी हिमानी शाहप्रति साहनुभूति राख्ने धेरै छन् । हिमानी र पारसवीचको खटपटका उनीहरुको सम्बन्धबारे धेरैलाई चासो पनि छ ।

पारस बैंककमा बेहोस अबस्थामा रहँदा हिमानीले आफनो फेसबुक पेजमा पोष्ट गरेको एउटा तस्वीरमा पनि उनका प्रसंसक र सुभेच्छुकको न्यानो माया देख्न सकिन्छ ।

पारसले हात समातेर डोर्‍याइरहेको तस्वीर फेसबुकमा फोष्ट गर्दै लेखेकी छिन-’सुख र दुःख संगै अगाडी बढ्छ र जीवन पुरा हुन्छ । म बिरामी हुँदाको एक झलक’

सो तस्वीरलाई २२ हजार १ सय ८७ जनाले मन पराएका छन भने ९ सय जनाले आफ्नो प्रतिक्रिया दिएका छन् । तस्वीरलाई बर्णन गर्दै फेसबुक फ्यानहरुले दिएका घतलाग्दा प्रतिक्रिया सोमबारको नयाँ पत्रिका दैनिकले छापेको छ ।

तस्वीरसँग भाव मिल्ने गीतका अंशहरु लेख्दै धेरै सुभेच्छुकले पारसलाई आफ्नो मान्छे आफ्नै हुन्छ भन्दै हिमानीलाई ख्याल गर्न पारसलाई आग्रह गरेका छन् । अबको जीवन सुखमय होस भन्दै सवैजसो टिप्पणीकर्ताले पारस र हिमानीलाई शुभकामना दिएका छन् ।

मान्छेहरुको रमाइलो गर्ने आआफ्नो तरिका (भिडियो सहित )





रोल्पा-रुकुम तिर नाचिने पैसरु नाच (भिडियो)









परिक्षामा असफल हुदैमा निराश हुनु पर्दैन...

यस वर्षको प्रवेशिका परीक्षा ( एसएलसी) मा विगत सात वर्षमै सबैभन्दा कम विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमी भक्तपुरले मंगलबार सार्वजनिक गरेको २०६९ सालको एसएलसी परीक्षाको नतिजामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका हुन् ।
पनिकाले सार्वजनिक गरेको नतिजाअनुसार यस वर्ष ४१ दशमलव ५७ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । यो प्रतिशत गत वर्षको भन्दा ५ दशमलव ५९ प्रतिशतले कम हो । गत वर्ष ४७ दशमलव १६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । परीक्षामा नियमित र एक्जाम्टेडतर्फ गरी ५ लाख ४७ हजार १ सय ६५ ले आवेदन फाराम भरेकोमा ५ लाख ११ हजार १ सय ६५ परीक्षार्थी सहभागी भएका थिए । दुवै गरी १ लाख ७६ हजार २ सय ५३ परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ १ लाख ६७ हजार ९ सय ३५ र एक्जाम्टेडतर्फ ८ हजार ३ सय १८ परीक्षार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण प्रतिशत छात्रको ४६ दशमलव ७८ र छात्राको ३६ दशमलव १५ रहेको छ । परीक्षाको नतिजाअनुसार नियमिततर्फ १६ हजार ९ सय २४ ले विशिष्ट श्रेणी हासिल गरेका छन् ।