Adds

Labels

Blogroll

सरसफाई अर्थात् खुल्ला दिशामुक्त अभियान

 
सरसफाई अभियान आमा समूह 
 
नेपालमा सरसफाइ प्रबर्द्धनको व्यवस्थित शुरुवात सन् १९८० पछि मात्र भएको हो, आधारभूत सरसफाइको सुविधा नेपालमा सन् १९८० मा २% थियो, सन् १९९० मा ६% सन् २००० मा २६% सन् २०१० मा ४३% अहिले करीब ६०% प्रतिसत पुगेको अनुमान गरिन्छ नेपाल सरकारले सन् २०१७ सम्म सत प्रतिसत घरमा चर्पीको सुविधा पुर्याउने राष्ट्रिय लक्ष्य लिएको छ गुरुयोजना अनुसार सन् २०१२/१३ ६०% मा, सन् २०१४/१५ ८०% मा तथा सन् २०१६/१७ सम्म १००% आधारभूत सरसफाई सुविधा अर्थात् चर्पी बन्ने छन्
अतिथिहरु लाई स्वागत कार्यक्रम 
नेपालको पहिलो खुला दिशामुक्त जिल्ला कास्की हो जुन २०६८ असार १० गते भयो त्यस्तै गरि २०६८ असोज ६ चितवन ले पनि आफुलाई खुल्ला दिशामुक्त घोषणा गरेको थियो
खुल्ला दिशामुक्त घोषणा 
सन् २०१५ भित्र रोल्पा जिल्ला लाई खुल्ला दिशामुक्त घोषणा गर्ने लक्ष्य छ, जिल्लामा पहिलो पटक कोटगाउ गा.वि.स लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो अहिले सम्म कोटगाउ, राङकोट, जुँगार, खुङग्री, घोडागाउ, जिनाबाङ, जंकोट, हवामा, राङसी र भाबाङ विविध कार्यक्रम बीच खुल्ला दिशामुक्त क्षेत्र घोषित गरिसकिएको छ सिद्धपुजे भाबाङ रोल्पा     

0 comments

Post a Comment