Adds

Labels

Blogroll

भगवान गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन !


भगवान गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन। अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन। बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ। बुद्ध कहलाइनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो। उनलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ।
गौतम बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकीनका साथ भन्न नसकिए पनि बीसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल् ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन्।[१] पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको वीचमा रहेको मानिएको छ।[२] तथापि गौतम बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको सीमाभित्र पर्ने रूपन्देही जिल्लाको लुम्बिनी भन्ने ठाउँमा भएको थियो भन्ने कुरामा दुईमत छैन।[३] उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए। तर पनि उनी सदा संसारमा व्याप्त दु:खको कारण र त्यसको निवारण के होला भनी चिन्तित रहन्थे। यही दु:ख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे। अन्तत: कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे। बोधगया भन्ने ठाउँमा एक बृक्षको मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यक सम्वोधि प्राप्त भयो र उनी सम्यक सम्बुद्ध कहलाइए। त्यसपछि शेष ४५ वर्षसम्म उनी भारतवर्षका विभिन्न ठाउं पुगी दु:ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे।


बुद्धको जन्म भएको शीला, लुम्बिनी[४].


रानी मायादेवी कुमार सिध्दार्थलाई जन्म दिदै
सिद्धार्थ गौतमका बाबु सुद्धोदन तत्कालिन तिलौराकोट राज्यमा शाक्य बंशका राजा थिए। यिनकी आमाको नाम मायादेवी थियो। भनिन्छ रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि आरामका लागि बसिन्। त्यहीँ उनलाई पुष्करिणी सरोवरको किनारमा एउटा रूखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको थियो।
बाल्यकाल र विबाह
सामान्य राजकुमारको झैं यिनको पनि उमेर पुगेपछि यशोधरा नामकी युवती सँग विवाह भएको थियो। यशोधराबाट राहुल नामका एक पुत्रको पनि जन्म भएको थियो। गौतम बुद्ध युवा छँदै बिरूढक नामका एक राजासित यिनले युद्ध पनि लडेको इतिहासले बताउँछ।
बैराग्यता र प्रयाण
बाल्यकालदेखि नै गम्भीर स्वभावका सिद्धार्थ गौतमलाई हरेक कुराले चिन्तनशील बनाउँथ्यो। दैनिकीकै क्रममा उनले बुढो, रोगी मानिसलाई देखे। उनले मानिस मरेको पनि देखे। यसबाट उनमा बैराग्य पैदा भयो। मानिस के कारणले रोगी हुन्छ? के कारणले बुढो हुन्छ? र के कारणले मर्छ? भन्ने प्रश्नले उनलाई बैरागी बनायो। यीनै प्रश्नको समाधान खोज्न बाबूको उत्तराधिकारमा आउने आफ्नो राज्यको समेत पर्वाह नगरी २९ बर्षको उमेर्मा उनी एकदिन राती सुटुक्क दरवार छोडेर निस्किए।
तपस्या र बुद्धत्त्व
बैराग्यका कारण विभिन्न ठाउँमा भौंतारिँदै सिद्धार्थ गौतम भारतको बोधगया पुगेर त्यहाँ तपस्या गरेको इतिहासले देखाउँछ।
बुद्धका शिक्षा
बुद्धत्त्व प्राप्त गरिसकेपछि बैशाख शुक्ल पूर्णिमाको दिन भगवान् गौतम बुद्धले पहिलोपटक भारतको सारनाथमा उपदेश दिएका थिए। यो ठाउँ हाल भारतको बनारस क्षेत्रमा पर्दछ।
बुद्धले आफ्ना शिक्षालाई धम्म-विनय भन्ने नाम दिए। विनय भन्नाले भिक्षुहरूका लागि बनाईएको नियमहरूको संग्रह बुझिन्छ भन्ने धम्म भन्नाले दु:खमुक्तिका लागि भिक्षु र गृहस्थ सबैका लागि बुद्धले दिएका शिक्षा भन्ने बुझिन्छ। बुद्धका लगभग सारा शिक्षा र उपदेशलाई त्रिपिटकको रूपमा संग्रहित गरिएको छ जसमा बुद्धका ८२,००० र उनका प्रमुख शिष्यहरूका २००० गरी ८४,००० सुत्र संग्रहित छ्न्।
बुद्धले दु:खमुक्तिसँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरूलाई महत्व दिदैंनथे। उनी भन्दथे, "भिक्षुहरू म दुई कुरा मात्र सिकाउंछु: दु:ख र दु:खमुक्तिको उपाय।" बुद्धको प्रयोगत्मक् शिक्षालाई ३ किसिमले वर्गिकरण गर्ने चलन छ: शील, समधि र पज्ञा। शीलको जगमा रहेर ध्यानद्वारा समधि पुष्ट गर्दै पज्ञा उत्पन्न् गराउन सकेमा नै दु:खमुक्तिको अवस्था निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो। शील, समधि र पज्ञाको मार्गमा पुष्ट हुने क्रममा चार आर्यसत्यलाई पूर्णरूपले बुझ्दै जान सकिन्छ। चार आर्यसत्यहरू यस प्रकार छन्:
1.    दु:ख सत्य: दु:ख छ भन्ने कुरा र यसको अवस्थाको बोध
2.    दु:खको कारण सत्य: दु:खको कारण आसक्ति र अन्तत: अविद्या हो भन्ने बोध
3.    दु:खको निवारण सत्य: दु:खको अन्त्य छ भन्ने कुरा र यसको साक्षात्कार
4.    दु:खको निवारणको मार्ग सत्य: दु:खको निवारण गर्ने आर्य अष्टांगिक मार्गको बोध र यसको पालना। आर्य अष्टांगिक मार्गलाई शील, समधि र पज्ञाको रूपमा पनि वर्गिकरण गर्ने गरिन्छ।
धार्मिक सिद्धान्त
1.    बुद्धम् शरणम् गच्छामि = ज्ञानको शरणमा जान्छु।
2.    धम्मम् शरणम् गच्छामि = धर्मको शरणमा जान्छु।
3.    संघम् शरणम् गच्छामि = संघको शरणमा जान्छु।

उमेरको बारेमा (युवती /महिला वा आइमाई) अंग्रेजीमा भनिने चर्चित वाक्यांशहरु


उमेरको बारेमा (युवती /महिला वा आइमाई) अंग्रेजीमा भनिने चर्चित वाक्यांशहरु :
Between the ages of 18-21 a woman is like Africa or Australia. She is half discovered, half wild and naturally beautiful with bush land around the fertile deltas.

 Between the ages of 21-30 a woman is like America or Japan. Completely discovered, very well developed and open to trade especially with countries with cash or cars.

Between the ages of 30-35, she is like India or Spain. Very hot, relaxed and convinced of its own beauty.

Between the ages of 35-40 a woman is like France or Argentina .she may have been half destroyed during the war but can still be a warm and desirable place to visit.

The ages of 40-50 she is like Yugoslavia or Iraq. She lost the war and is haunted by past mistakes. Massive reconstruction is now necessary.

 Between the ages of 50-60 she is like Russia or Canada. Very wide, quite and the borders are practically no patrolled  but the frigid climate keeps people away.

Between the ages of 60-70 a woman is like England or Mongolia. With a glorious and all conquering past but alas no future
After 70, they become Albania or Afghanistan. Everyone knows where it is, but no one wants to go there.

आज २०७० जेष्ठ ११ बुद्ध जयन्ती

आज २०७० जेष्ठ ११ बुद्ध जयन्ती, भगवान गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन। अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन। बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ। बुद्ध कहलाइनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो। उनलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ।
गौतम बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकीनका साथ भन्न नसकिए पनि बीसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल् ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन्।[१] पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको वीचमा रहेको मानिएको छ।[२] तथापि गौतम बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको सीमाभित्र पर्ने रूपन्देही जिल्लाको लुम्बिनी भन्ने ठाउँमा भएको थियो भन्ने कुरामा दुईमत छैन।[३] उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए। तर पनि उनी सदा संसारमा व्याप्त दु:खको कारण र त्यसको निवारण के होला भनी चिन्तित रहन्थे। यही दु:ख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे। अन्तत: कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे। बोधगया भन्ने ठाउँमा एक बृक्षको मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यक सम्वोधि प्राप्त भयो र उनी सम्यक सम्बुद्ध कहलाइए। त्यसपछि शेष ४५ वर्षसम्म उनी भारतवर्षका विभिन्न ठाउं पुगी दु:ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे।
सिद्धार्थ गौतमका बाबु सुद्धोदन तत्कालिन तिलौराकोट राज्यमा शाक्य बंशका राजा थिए। यिनकी आमाको नाम मायादेवी थियो। भनिन्छ रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि आरामका लागि बसिन्। त्यहीँ उनलाई पुष्करिणी सरोवरको किनारमा एउटा रूखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको थियो।
बाल्यकाल र विबाह 
सामान्य राजकुमारको झैं यिनको पनि उमेर पुगेपछि यशोधरा नामकी युवती सँग विवाह भएको थियो। यशोधराबाट राहुल नामका एक पुत्रको पनि जन्म भएको थियो। गौतम बुद्ध युवा छँदै बिरूढक नामका एक राजासित यिनले युद्ध पनि लडेको इतिहासले बताउँछ।
बैराग्यता र प्रयाण 
बाल्यकालदेखि नै गम्भीर स्वभावका सिद्धार्थ गौतमलाई हरेक कुराले चिन्तनशील बनाउँथ्यो। दैनिकीकै क्रममा उनले बुढो, रोगी मानिसलाई देखे। उनले मानिस मरेको पनि देखे। यसबाट उनमा बैराग्य पैदा भयो। मानिस के कारणले रोगी हुन्छ? के कारणले बुढो हुन्छ? र के कारणले मर्छ? भन्ने प्रश्नले उनलाई बैरागी बनायो। यीनै प्रश्नको समाधान खोज्न बाबूको उत्तराधिकारमा आउने आफ्नो राज्यको समेत पर्वाह नगरी २९ बर्षको उमेर्मा उनी एकदिन राती सुटुक्क दरवार छोडेर निस्किए।

तपस्या र बुद्धत्त्व 
बैराग्यका कारण विभिन्न ठाउँमा भौंतारिँदै सिद्धार्थ गौतम भारतको बोधगया पुगेर त्यहाँ तपस्या गरेको इतिहासले देखाउँछ।
बुद्धका शिक्षा 

बुद्धत्त्व प्राप्त गरिसकेपछि बैशाख शुक्ल पूर्णिमाको दिन भगवान् गौतम बुद्धले पहिलोपटक भारतको सारनाथमा उपदेश दिएका थिए। यो ठाउँ हाल भारतको बनारस क्षेत्रमा पर्दछ।
बुद्धले आफ्ना शिक्षालाई धम्म-विनय भन्ने नाम दिए। विनय भन्नाले भिक्षुहरूका लागि बनाईएको नियमहरूको संग्रह बुझिन्छ भन्ने धम्म भन्नाले दु:खमुक्तिका लागि भिक्षु र गृहस्थ सबैका लागि बुद्धले दिएका शिक्षा भन्ने बुझिन्छ। बुद्धका लगभग सारा शिक्षा र उपदेशलाई त्रिपिटकको रूपमा संग्रहित गरिएको छ जसमा बुद्धका ८२,००० र उनका प्रमुख शिष्यहरूका २००० गरी ८४,००० सुत्र संग्रहित छ्न्।
बुद्धले दु:खमुक्तिसँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरूलाई महत्व दिदैंनथे। उनी भन्दथे, "भिक्षुहरू म दुई कुरा मात्र सिकाउंछु: दु:ख र दु:खमुक्तिको उपाय।" बुद्धको प्रयोगत्मक् शिक्षालाई ३ किसिमले वर्गिकरण गर्ने चलन छ: शील, समधि र पज्ञा। शीलको जगमा रहेर ध्यानद्वारा समधि पुष्ट गर्दै पज्ञा उत्पन्न् गराउन सकेमा नै दु:खमुक्तिको अवस्था निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो। शील, समधि र पज्ञाको मार्गमा पुष्ट हुने क्रममा चार आर्यसत्यलाई पूर्णरूपले बुझ्दै जान सकिन्छ। चार आर्यसत्यहरू यस प्रकार छन्:
1.    दु:ख सत्य: दु:ख छ भन्ने कुरा र यसको अवस्थाको बोध
2.    दु:खको कारण सत्य: दु:खको कारण आसक्ति र अन्तत: अविद्या हो भन्ने बोध
3.    दु:खको निवारण सत्य: दु:खको अन्त्य छ भन्ने कुरा र यसको साक्षात्कार
4.    दु:खको निवारणको मार्ग सत्य: दु:खको निवारण गर्ने आर्य अष्टांगिक मार्गको बोध र यसको पालना। आर्य अष्टांगिक मार्गलाई शील, समधि र पज्ञाको रूपमा पनि वर्गिकरण गर्ने गरिन्छ।
धार्मिक सिद्धान्त
1.    बुद्धम् शरणम् गच्छामि = ज्ञानको शरणमा जान्छु।
2.    धम्मम् शरणम् गच्छामि = धर्मको शरणमा जान्छु।
3.    संघम् शरणम् गच्छामि = संघको शरणमा जान्छु।

कस्ले गर्र्यो सदरूल मियाँको निर्मम हत्या ? श्रीमती र छोरीले ८० हजार दिएर हत्या गराए


जेठ, काठमाडौ । नेपालमा मुस्लिम अगुवाको हत्यामा अन्तराष्ट्रिय गिरोहको संलग्नताको आशंका गरिन्छ । पूर्वमन्त्री मिर्जादिल सादवेग, संचार उद्यमी जमिम साह र मुस्लिम नेता फैजान अहमदको हत्या सम्ममा अन्तराष्ट्रिय गिरोहको संलग्नता रहेको पाइएको छ । राष्ट्रियताको पक्षमा खरो कुरा गर्ने पूर्व स्वतन्त्र सभाषद सदरूल मियाँको हत्यामा पनि त्यस्तै अन्तराष्टिय गिरोहको संलग्नता रहेको अनुमान गर्नेहरूको कमी छैन् । तर, मियाँको हत्या राजनीतिक प्रतिसोधका कारण भएको हुनसक्ने अनुमान गरिएको छ । सुरक्षा स्रोतले मियाँको हत्यामा अन्तराष्ट्रिय गिरोहको हत्या नभएको प्रारम्भिक अनुमान गरेको छ । मियाँलाई चिनेका अन्य मुस्लिम अगुवाले पनि सदरूललाई बाह्य सुरक्षा थ्रेट नभएको बताउँछन् । ‘खासकुरो त छानविनपछि आउँला, मियाँलाई चिनेका अर्का मुस्लिम कार्यकर्ता भन्छन्, 'फैजान वा जमिमको जस्तो षडयन्त्र होइन ।’ हत्या राजनीतिक षडयन्त्र ? ०५४ सालमा नेपाली काग्रेसको तर्फबाट कल्याणपुर गाबिस २ मा वडा अध्यक्ष निर्वाचित भएर राजनीति सुरू गरेका मियाँ स्थानिय स्तरमा लोकप्रिय थिए । संविधानसभामा मियाँसँग संगत गरेका सभासद विश्वेन्द्र पासवानले हत्यामा राजनीतिक षडयन्त्र रहेको बताए । सप्तरीमै रहेका पासवानले नेपालीहेडलाइन्सलाई भने, 'हत्या राजनीतिक पूर्वाग्रहले भएको हो ।’ संविधानसभा निर्वाचनमा राष्ट्रिय स्तरका ठूला दललाई पछारेर मियाँ स्वतन्त्र सभासद बनेका थिए । एकीकृत माओवादी, नेपाली कांग्रेस, एमाले तथा तीनवटा मधेशी दललाई पछारेर मियाँ निर्वाचित भएका थिए । मियाँले १० हजार ६ सय ३ मत ल्याएर चुनाव जितेका थिए । उनका निकटतम प्रतिद्वन्दी एमालेका दानलाल चौधरी थिए, उनले ६ हजार ४ सय ७९ मत प्राप्त गरेका थिए । एकीकृत माओवादीकी सरस्वती कुमारी चौधरीले पनि ६ हजार हाराहारी मत ल्याएकी थिइन् । काग्रेसका उम्मेदवार मुक्तिनाथ चौधरी र फोरमका छेदिलाल यालवको जमानत जफत भएको थियो । संविधानसभाको निर्वाचनको तयारी सुरू भएको समयमा मियाँको लोकप्रियताबाट झस्किएका शक्तिले उनको हत्या गरेको आशंका गरिएको छ । अघिल्लो निर्वाचनको नजिता हेर्दा उनका प्रतिद्वन्दी एमाले र माओवादी उम्मेदवार छन् । मियाँको हत्याका सम्बन्धमा केही केहीले भने एमालेकै नेतातर्फ औला समेत ठड्याएका छन् । आफ्नो निकट प्रतिद्धन्दी एमालेका सभाषद् भएका कारण पनि उनीहरूले यस्तो आशंका गर्दै त्यसतर्फ औला ठड्याएका हुन् । प्रहरीले मियाँको हत्याबारे अनुसन्धानको दायरा फराकिलो पार्ने बताएको छ । संविधानसभामा बबन सिंह र मियाँ दुईजना मात्र स्वतन्त्र सभासद थिए । संविधानसभाको संवैधानिक समिति र राष्ट्रिय हित संरक्षण समितिमा उनले काम गरेका थिए । माधवकुमार नेपाल प्रधानमन्त्री बनेको समयमा समितिले प्रधानमन्त्री र परराष्ट्रमन्त्री सुजाता कोइरालासँग छलफल गरेको समयमा सिमा क्षेत्रमा भारतीयबाट नेपालीमाथी भइरहेको दमनबारे बोल्दै गर्दा उनले आशुँ चुवाएका थिए । मियाँको हत्या सम्बन्धमा पूर्वमन्त्री जयप्रकाश गुप्ताको भनाई यस्तो छ... पूर्व सभासद सदरूल मियाको हत्या एक कायरतापूर्ण कार्य हुन् । सबैका प्रिय ऊनी धार्मिक विचारका थिए । उनको आत्माले शांति पाउन् । यस घटनाको गंभिरताका साथ छानविन हुनै पर्दछ । हाल देशकै र खास गरी सप्तरी, सिरहा तिरको खस्कदों सुरक्षाले हामी सबैको जीवनलाइ खतरामा पारेको छ । जो सरकारको विपक्षमा छ वा सरकारको चासो भित्र छैन, उ कुनैपनि बेला मर्न सक्ने स्थितिमा छ । नमारूञ्जेल बाच्ने अवस्था मात्र छ । निर्वाचन पहिलेको यो घटना सामान्य होइन हैं । यसमा विचार हुनै पर्दछ ।

सदरुल मियाँ हक मार्न श्रीमती र छोरीले हत्यारालाई ८० हजार दिए पछि !

hatyaraगत जेठ ६ गते राति सप्तरीका पूर्वसभासद् सदरूल हक मियाँको हत्या भएपछि सिङ्गो सिराहाका बासिन्दा दुःखीसँगै आश्चर्यचकित भएका थिए, कारण मिया सप्तरीमा अत्यन्तै लोकप्रिय थिए । २०६४ सालको संविधानसभाको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारको रूपमा रहेका उनले विजय प्राप्त गर्नु नै उनको लोकप्रियताको पहिलो कसी थियो ।  मिया हत्याको करिब तीन सातापछि प्रहरीले जे कुरा सार्वजनिक गरेको छ, त्यसले सप्तरीबासीलाई थप आश्चर्यमा त पारेको छ नै आक्रोशित पनि बनाएको छ ।पूर्वसभासद सदरुल मियाँ हकलाई उनकै श्रीमती र छोरीले भाडाका अपराधी प्रयोग गरी हत्या गर्न लगाएको खुलेको छ । श्रीमतीसँग आर्थिक विवाद र छोरीले मन पराएको केटोसँग बिहे नगरिदिएपछि उनीहरूले ५ महिनाअघिदेखि योजना बनाई हत्या गराएको प्रहरीले जनाएको छ । हककी श्रीमती ४५ वषर्ीया नुरजहाँ खातुन, माइली छोरी रुबेदा खातुन र उनका प्रेमी मौलबी मोहम्मद जमिरुल शेखले हत्या योजना बनाएको केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी दिनेश आचार्यले बताए । रुबेदाका प्रेमी मौलबी मोहम्मद जमिरुल शेख र हत्या गर्ने अर्का सिराह भगवानपुरका एनुल शेख फरार छन् । एनुल र अब्दुलले पूर्वसभासद हकको हत्या गर्न ८० हजार रुपैयाँको ‘सुपारी’ दिएको बताएका छन्

पत्यकालाई मेट्रो सिटी बनाउन सिफारिस












काठमाडौ, जेष्ठ ५ - नयाँ नगरपालिका गठनको सम्भाव्यता अध्ययन गर्न गठित टोलीले काठमाडौं उपत्यकालाई मेट्रो सिटी बनाउन सुझाव दिएको छ । भौगोलिक रूपमा उपत्यकाभित्र रहेका गाविसहरूलाई नगरपालिकामा रूपान्तरण गर्नुपर्ने सुझावसहित नगर क्षेत्र निर्धारण समितिले ती नगरपालिकाहरूको छाता निकायका रूपमा रहने गरी मेट्रो सिटीको अवधारणा सिफारिस गरेको हो ।  
'जिल्लागत रूपमा स्पष्ट खाका र विवरण नआएका कारणले कार्यदलले नगरपालिकाको संख्या र सीमाबारे बोलेको छैन,' समितिका सदस्य एवं नेपाल नगरपालिका संघका अध्यक्ष डोरमणि पौडेलले भने, 'तर उपत्यकालाई गाविसविहीन बनाउनुपर्छ र सबै नगरपालिकाको छाता निकायका रूपमा मेट्रो सिटी हुनुपर्छ भन्ने अवधारणालाई उपयुक्त ठहर्‍याएको छ ।' राज्य पुनर्संरचनाका क्रममा संघीयताको स्वरूप निर्धारण हुने भएकाले मेट्रो सिटी स्वायत्त वा प्रदेश प्रसाहित हुने भन्ने विषयमा प्रतिवेदन मौन छ ।
दक्षिण एसियाकै उच्च जनसंख्या वृद्धिदर रहेको सहरमा पर्ने काठमाडौं उपत्यकालाई गाविसविहीन बनाउने तयारीसाथ नगरक्षेत्र निर्धारण समितिले मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेको संयोजकत्वमा उपत्यकाको नगरक्षेत्र निर्धारणका लागि छुट्टै कार्यदल गठन गरेको थियो । विभिन्न क्षेत्रका विज्ञसँग समेत परामर्श गरेको कार्यदलले उपत्यकाकै जिविसबाट स्पष्ट निर्णयसहितको प्रतिवेदन नआएका कारण नगरपालिकाको संख्या र सीमा यकीन गर्न नसकेको हो ।
गतसाता विघटन भइसकेको समितिको सचिवालयमा रहेका एक कर्मचारीका अनुसार, उपत्यकाका लागि झन्डै १७ वटा नगरपालिका थप हुने खेस्रा तयार भएको थियो । भक्तपुरमा पानीको स्रोत भएको एक गाविस कुन नगरपालिकामा पार्ने भन्ने विषयमा विवाद थियो भने ललितपुरमा पनि केही ठाउँमा विवाद भएकाले जिविसले स्पष्ट राय समितिमा पठाउन सकेन ।
काठमाडौंमा ९, ललितपुरमा ६ र भक्तपुरमा ४ वटा नगरपालिका थप हुने गृहकार्य भएको थियो । तर संख्याबारे कुनै निर्णय हुन नसकेको पौडेलले बताए । भौगोलिक रूपमा मकवानपुरतिर फर्किएका र उपत्यका बाहिर रहेका ललितपुरका २७ गाविसलाई यथावत् राख्ने यसअघिको योजनाअनुसार नै सिफारिस भएको छ ।
भूगोलविद् पदमचन्द्र पौडेलको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदन गोप्य राखिएको छ । पुनरावलोकनको अधिकारसमेत पाएको मन्त्रालयले निर्णय गरेर मन्त्रिपरिषद्बाट पारित भएमा सिफारिस कार्यान्वयन हुने छ । तर मन्त्रालयमा गतसाता आयोजित कार्यक्रममा स्थानीय विकासमन्त्री विद्याधर मल्लिकले सरकारको मुख्य उद्देश्य निर्वाचन भएकाले दूरगामी महत्त्व राख्ने कुनै पनि निर्णय नहुने बताए । 'निर्वाचनपछि आउने सरकारले यसबारे निर्णय गर्नेछ,' उनले भने ।
समितिका अर्का सदस्यका अनुसार अव्यवस्थित उपत्यकाको एकीकृत विकासका लागि फरक ढंगको संरचना जरुरी देखिएकोे मेट्रो सिटीको अवधारणा आएको थियो । केही विकसित देशमा भएको यस्तो व्यवस्थाले पूर्वाधार र स्रोत साधन वितरणमा सहज भएको कार्यदलले निष्कर्ष निकालेको थियो । मन्त्रालयका अधिकारीसहित उपत्यका विकास प्राधिकरण, जिविसहरू र नगरपालिका संघका प्रतिनिधिहरूले बढ्दो जनघनत्व, स्रोत साधन लगायतका कारणले हालका नगरपालिका वरपरका गाविसहरू निकै ठूलो भएको निष्कर्ष निकाल्दै तिनको विकास निर्माण, पूर्वाधार, प्रकोप नियन्त्रण, फोहोर व्यवस्थापन लगायतका पक्षलाई एकसाथ व्यवस्थापन गर्नुपर्ने निचोड निकालेका थिए ।
सिफारिसअनुसार, मेट्रो सिटीले उपत्यकाका नगरपालिकाहरूको समग्र नीति र योजना तय तथा नियमन गर्ने काम गर्नेछ । मेट्रो सिटीको संस्थागत अवधारणा, स्वरूप र अधिकारक्षेत्रबारे यकीन खुलाइएको छैन । हालको काठमाडौं विकास प्राधिकरणलाई त्यही स्वरूपमा ढाल्ने अवधारणा हुनसक्ने भन्दै अन्य विकल्प खुला राखिएको छ । एक तथ्यांकअनुसार, झन्डै ४० लाख जनसंख्या रहेको काठमाडौं उपत्यका दक्षिण एसियाकै उच्च जनसंख्या वृद्धिदर रहेको सहरी क्षेत्रमा पर्छ । सहरी क्षेत्रको समग्र जनसंख्या वृद्धिदर झन्डै पाँच प्रतिशतको हाराहारीमा छ ।
भूगोल, जनसंख्या, पूर्वाधार एवं आन्तरिक स्रोत लगायतका सूचकलाई आधार मानेर उपत्यकामा नगरपालिका निर्धारण गर्नुपर्ने सुझाव दिइएको समितिका एक सदस्यले बताए । प्रतिवेदनले गाविस समायोजनका क्रममा गाविसको भौगोलिक अवस्था, रहनसहन, संस्कृति, सहरीकरणको प्रभाव एवं अन्य विशेषतालाई आधार मान्नुपर्ने सुझाव दिएको मन्त्रालय स्रोतले बतायो 

कसैले रोकेर चुनाव रोकिन्न : कृष्णबहादुर महरा


उदयपुर, जेठ ४ –  एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराले कुनै दल तथा समूह विशेषले रोकेर संविधान सभाको निर्वाचन नरोकिने बताउनुभएको छ ।

कार्यकर्ता प्रशिक्षणका क्रममा उदयपुरको गाईघाट आइपुगेका नेता महराले चुनावको विरोधमा रहेका दलहरु चुनावमा सहभागि हुने बताउनुभयो ।
चुनावको विरोधमा रहेको नेकपा–माओवादी पनि बन्दुक रोजेर जंगल पस्ने अवस्था नरहेकाले उनीहरु पनि चुनावमा सहभागि हुने महराको भनाइ थियो । चुनावी प्रयोजनका लागि नै चुनावी सरकार गठन भएको र सभासद संख्या, थ्रेस होल्ड, लगायतका विषयहरुमा उच्च स्तरीय राजनैतिक संयन्त्रमा सहमति हुने वित्तिकै चुनावको घोषणा हुने महराले बताउनुभयो । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्ती माओवादी, काग्रेस, एमाले र मधेसी मोर्चाको सहमतिमा भएको भन्दै जनयुद्ध र राजतन्त्रका घटना कोट्याएर कसैप्रती पूर्वाग्रह राख्न नहुने विचार व्यक्त गर्नुभयो । 

यस्तो जागिर पाए के गर्नु हुन्थ्यो तपाई ?


लन्डन (एजेन्सी), जेष्ठ १ - आरामदायक ओछ्यानमा सुतेबापत बेलायतकी एक भाग्यमानी युवतीले मासिक लाखौं रुपैयाँ कमाउँछिन् । बर्घिंग्म सिटी युनिभर्सिटीका छात्रा रोसिन मेडिगन 'लक्जरी बेड टेस्टर' को जागिर खान्छिन् ।

यसअनुरूप हरेक राति उनले नयाँनयाँ लक्जरी बेडमा सुतेर बिहानीपख यसको विशेषता र कमजोरीको विवरण दिनुपर्छ । डिजाइनर बेड निर्माण कम्पनी सिमोन हार्न लिमिटेडले रोसिमलाई यसबापत दैनिक १ हजार डलर तलब दिन्छ ।

उनले यसका लागि एगबेट्सनस्थित कम्पनीको शो रुमको डिजाइनर बेडमा राति दस बजेदेखि बिहान ६ बजेसम्म सुत्नुपर्छ । संसारभरिका पाँचतारे होटललाई वितरण गर्नुअघि बेडको नरमपना र सहजताको अनिवार्य परीक्षण गर्नुपर्ने उक्त कम्पनीले जनाएको छ ।

रोसिमले बेडको गुणस्तर, डिजाइन र कम्र्फटनेसको परीक्षण गर्नुपर्छ । उनले यसका लागि कम्पनीद्वारा गराइएको 'स्लिप सर्भे' को सहयोग लिन्छिन् ।

बलात्कार आरोपी फोरम लोकतान्त्रिकका नेता फरार


मोरङ- एघार वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा उजुरी परेपछि मधेसी जनअधिकार फोरम नेपालका एक स्थानीय नेता पक्राउ पर्ने डरले फरार भएका छन्। फोरम लोकतान्त्रिक पार्टीका रङ्गेली गाउँ कमिटी अध्यक्ष रहेका रङ्गेली– ९ बस्ने ४० वर्षीय राजेश शाहले गाउँमा बिहेबाट फर्कदै गरेकी स्थानीय बालिकालाई वैशाख २८ गते राति १० बजे बलात्कार गर्न खोजेको इलाका प्रहरी कार्यालय रङ्गेलीमा उजुरी परेको छ।

बिहीबार ढिलो गरी प्राप्त उजुरीमाथिको छानबिनमा अध्यक्ष शाहले बलात्कारको प्रयास गरेको बुझिएपछि पक्राउ गर्न जाँदा शाह फरार भएको पाइएको इप्रका रङ्गेलीका निरीक्षक माधव काफ्लेले जानकारी गराए। 


उनले पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि पठाइएको र शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको बताए। यसैगरी आºनै छोरीलाई करणी गरेर फरार रहेका अभियुक्त चेतनारायण श्रेष्ठलाई बिहीबार मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको छ। 

मोरङ पथरी१ बस्दै आएका श्रेष्ठ २०६४ पुसमा आफ्नै छोरीलाई करणी गरेपछि फरार भएका थिए।
 

Siddhapuje photos